×

NMB BANK
NIC ASIA

सेलेब्रेटीहरूको २०७५ सालका योजना- करिश्मालाई एसइईको पिर, भर्जिन किताब लेख्ने सरस्वतीको तयारी

बैशाख १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ वर्ष हरेकका लागि ठूलो उत्सव हो । नयाँ खुसी, उमंगका साथ नयाँ वर्ष आउने गर्छ । हामी अनेक वाचाहरू गर्छौं, अनेक सपना सजाउँछौँ । बितेको वर्षमा भएका गल्तीहरू नदोहो-याउने प्रण गर्छौ। विभिन्न योजनाहरू बन्छन्, बनाइन्छन् ।

Sagarmatha Cement
Muktinath Bank

बिग्रेका सम्बन्धलाई पनि नयाँ वर्षका अवसरमा सुमधुर बनाउने प्रयास गरिन्छ । सम्बन्धलाई अझ मजबुत बनाउने अवसरका रूपमा पनि नयाँ वर्षलाई लिइन्छ । असफल र अधुरा कामको समीक्षा गर्दै नयाँ जोस र जाँगरका साथ काम गर्नका लागि नयाँ वर्षले प्रेरित गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, पुरानो वर्ष कसरी बित्यो र नयाँ वर्ष कसरी अर्थपूर्ण बनाइँदै छ त ? लेखक/सेलेब्रेटीहरूको ०७४ कस्तो रह्यो र नयाँ वर्ष २०७५ का योजना के छन् ? नयाँ पत्रिकाका लागि शिवराज योगी र नवीन प्यासीले गरेको कुराकानी :


Advertisment
Nabil box
Kumari

स्टेडियममा समर्पित सीताराम कट्टेल (धुर्मुस)/कलाकार

Vianet communication
Laxmi Bank

वर्ष २०७४ मेरा लागि मात्र होइन, सिंगो देशका लागि सुखद र उत्साहपूर्ण रह्यो । यो वर्ष, लामो समयदेखि अलमलमा परेको राजनीतिले निकास पाएको वर्ष हो । स्थानीय निर्वाचन, प्रदेश सभा र संघीय संसद्को निर्वाचन यही वर्षमा सम्पन्न भयो । प्रदेशसभा र प्रदेश सरकार बने । मुलुक नयाँ संरचनामा अघि बढेको छ । यो हामीलाई राष्ट्रिय रूपमै मिलेको सफलता हो ।

व्यक्तिगत सवालमा पनि वर्ष २०७४ म र कुञ्जना घिमिरे (सुन्तली)का लागि पनि निकै सफल वर्ष बन्यो । हामीले यो वर्ष रौतहटमा एकीकृत नमुना सन्तपुर बस्ती र महोत्तरीमा एकीकृत नमुना मुसहर बस्ती बसाल्न सक्यौँ । कलाकारितामा पनि अभिनय र विभिन्न कार्यक्रममा सहभागी बन्न पायौँ ।

नयाँ वर्ष २०७५ सबैका लागि सुखद बन्ने विश्वास त गर्नैप-यो । राजनीतिक संक्रमण सकिएकाले अब देश समृद्धिको यात्रामा हिँड्ने विश्वास र आशा छ ।

मुलुकभित्र सम्भावना, रोजगार, स्रोतको सदुपयोग हुने अपेक्षा नयाँ वर्षसँग गरेको छु । मेरो (कुञ्जनासहित) योजना भनेको २०७५ मा लर्ड बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम निर्माणमा समर्पित हुने हो ।

सम्भवतः त्यसले आकार पाउनेछ । हामी विभिन्न संघ/संस्थाका दूत छौँ, कलाकारिता त त्योमार्फत जनचेतनामूलक कार्यक्रम गरेर पनि दर्शकसँगै हुनेछौँ ।

० नयाँ उपन्यासको ड्राफ्ट : बुद्धिसागर/साहित्यकार

मेरो लागि ०७४ सुखद रह्यो । घरको एकतला थपेँ । सिर्जनाको हिसाबमा फिल्मको स्क्रिप्ट लेखिसकेँ । ‘कर्णाली ब्लुज’बारे उस्तै प्रतिक्रिया पाएँ । पछिल्लो चरणमा ‘फिरफिरे’को राम्रो प्रतिक्रिया पाएको छु । किताबको प्रतिक्रिया प्रायः ढिलो आउने गर्छ ।

सिर्जनाकै हिसाबमा त ०७५ मा केही आउलाजस्तो लाग्दैन । तर, कर्णाली ब्लुजको अंग्रेजी संस्करण आउँदै छ । कभर फेरेर फिरफिरे आउँदै छ । सायद नयाँ उपन्यासको पहिलो ड्राफ्ट सकाउँछु कि ! घरायसी काम छ । र, केही यात्रा गर्छु ।

० फिल्म उद्योगमा जान्छु : निकिता चन्डक/पूर्वमिस नेपाल

समग्रमा ०७४ निकै राम्रो बित्यो । यो वर्षले नै जीवनको ट्र्याक परिवर्तन गरिदियो । मिस नेपाल बन्छु भन्ने सपना नै थिएन । त्यही भएर पनि ०७४ मेरो लागि जीवनकै विशेष वर्ष रह्यो । म कलेज ड्रपआउट हो । ०७४ मा अलिकति डिप्रेसनमा पनि थिएँ । मिस नेपालले त्यो कुराको फुलफिल गरिदियो ।

२०७५ का लागि मैले केही योजना बनाएकी छु । मुभीमा काम गर्ने रहर छ । त्यसका लागि मिहिनेत र अध्ययन गरिरहेकी छु । अर्को कुरा, मैले आफँैलाई एक्सप्लोर गर्नु छ । आफैँलाई बनाउनु पनि छ । आफूसँग भएको विशेष क्षमताबारे थाहा पाउनु छ । नेपाली फिल्म इन्डस्ट्रीभन्दा बाहिर छु । अब नजिक रहेर काम गर्ने योजना छ ।

० नयाँ उपन्यास ल्याउँछु : अमर न्यौपाने/साहित्यकार

०७४ मेरालागि सामान्य रह्यो । चैत अन्तिममा किताब बजारमा ल्याउने कुरा थियो, तर, आएन । यो वर्ष लेखनको हिसाबले राम्रो रह्यो । बेलायत भ्रमण गरेँ । त्यहाँ अन्तर्राष्ट्रिय नेपाली वाङ्मय (अनेवा) नक्षत्र पुरस्कार पाएँ ।

०७५ मा मेरो किताब आउँदै छ । प्रकाशकसँग कुरा भइरहेको छ । सायद, दुईतीन महिनाभित्रमा आउँछ होला । अरू किताबमा पनि काम गरिरहेको छु । ०७५ मा त्यसले मूर्त रूप पाउन सक्छ । पहिले धेरै योजना बनाइन्थ्यो । हरकुरा योजनाभन्दा विपरीत भइदिँदो रहेछ ।

मैलै योजना बनाउनै छाडेँ । अब त उमेरले ४० टेक्न आँटियो । पहिले द्वन्द्वात्मक भौतिकवादका कारण निकै ऊर्जाका साथ योजनाहरू बन्ने गथ्र्यो । अहिले भने गीतालाई विश्वास गर्ने भएको छु । कर्म गर, फलको आशा नगर ।

० यो वर्ष पनि दोधारमै : चन्द्रवीर तुम्बापो/कवि

२०७४ साल पनि मेरो अन्य वर्षजस्तै गयो । म प्रायः योजना, संकल्प र अठोटविहीन वर्षहरू बाँच्दै आएको छु । यो वर्ष पनि उसैगरी बितेर गयो चियामा, दारुमा । साथीहरूले पढेर, चिन्तन गरेर लेखेर बिताए होलान् । तर, मेरोचाहिँ विरोधमा, असन्तुष्टिमा, गालीमा र एकप्रकारले कुरा काटेर गयो । केही कविता लेखियो ।

पूरा हुन नसकेका कविता छन्, सायद ०७५ सालमा पूरा गर्छु होला वा गर्दिनँ पनि होला । उस्तै हो, ७५ सालमा पनि कुनै योजना छैन । आफ्ना कवितासँग उति सन्तुष्ट पनि छैन । हरदम मेरो पर्खाइ हुन्छ कि कोही कविबाट धित मर्ने कविता आओस् ।

मेरा प्रियजनहरूको अनुरोध र दबाब पनि छ कि, मेरो कविता संग्रह आओस् र बिहे पनि होस् । बिहेबारे त सोच नै छैन । तर, मेरा झुर कविताहरूको कचेट बोकेर आऊँ या नआऊँ ! दोसाँधमा उभिएको छु । सायद ७५ साल पनि यो राज्यको विभेदकारी नीतिलाई विरोध गरेर बित्नेछ । र, क्षतिपूर्तिस्वरूप केही कविता लेखेर बित्छ होला ।

० एसइईको तयारी गर्छु : करिश्मा मानन्धर/अभिनेत्री

०७४ मेरो लागि त्यति राम्रो, सहज थिएन । तर, मलाई चुनौतीहरू मन पर्छन् । र, लिन्छु । यो वर्ष मैले चुनाव सामना गर्नुप-यो । त्यो मेरो लागि नयाँ अनुभव थियो । पार्टी पनि नयाँ थियो । नौ कक्षाको परीक्षा पनि थियो । त्यति सजिलो थिएन । तर, मैले राम्रोसँग परीक्षा दिएँ । विभिन्न कुराहरू सिक्न पाएँ । नयाँ कुरा बुझ्न र देख्न पाएँ । कलाकार भएकाले पनि निकै व्यस्त भएँ ।

०७५ मा बाँकी रहेका काम पूरा गर्नेछु । म यो वर्ष फरक प्रकारले जिउन चाहन्छु । मेरो एसइई आउँदै छ । त्यसको तयारी गर्छु । सबैले मेरो हेल्थलाई लिएर प्रशंसा गर्छन्, तर निकै केयरलेस छु । मेरो हेल्थका लागि पनि ध्यान दिनु छ ।

राजनीतिक यात्राका लागि ०७४ छुट्टै थियो । अवसरको खोजीमा आएका साथीहरू बाहिर निस्किएका छन् । अब पार्टीलाई मजबुत बनाउन लागि पर्नेछु । आशावादी छु, हरेक बिहान मेरो जिन्दगीमा केही हुनेवाला छ भनेर सकारात्मक भएर हिँड्ने गर्छु ।

०७५ पनि त्यसरी नै बित्नेछ । अहिले सिनेमाले राम्रै मार्ग लिएजस्तो लाग्छ । ०७५ मा नेपाली फिल्म हेर्ने दर्शक बढून् भन्ने चाहन्छु । एकै किसिमका फिल्म मात्र नबनून् भन्ने सदीक्षा छ ।

० अन्तर्रााष्ट्रिय मूर्तिकला प्रदर्शनी : धनु याखा/नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,मूर्तिकला विभाग प्रमुख

२०७४ अरू वर्षभन्दा विशेष रह्यो र कष्टकर पनि । निकै महत्वपूर्ण काम भए । कोरियामा ३२ नेपाली कलाकार र ५० भन्दा बढी कोरियन कलाकार मिलेर अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शन ग-यौँ ।

कला र संस्कृतिले देश विकासमा भूमिका खेल्छ भन्ने लाग्छ । त्यही उद्देश्य लिएर युरोपियन राष्ट्र लिथुआनियामा पनि पाँचजना नेपाली कलाकार मिलेर चित्रकला प्रदर्शनी ग-यौंँ ।

०७५ मा यहाँ अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी गर्ने योजना छ । यसको आन्तरिक तयारीमा जुटेका छौँ । अन्तर्रााष्ट्रिय मूर्तिकला प्रदर्शनी गर्ने योजना पनि छ । कला र संस्कृतिको माध्यमबाट पर्यटन क्षेत्रमा योगदान दिने योजना छ ।

० आख्यान र अन्तर्राष्ट्रिय देश दर्शन : रामलाल जोशी/साहित्यकार

२०७४ साल विशेष रह्यो । साहित्य क्षेत्रमा यो वर्ष पनि राम्रा कृति आए । व्यक्तिगत रूपमा म साहित्यिक गतिविधिमै संलग्न भइरहेँ । सुदूर र कर्णालीको भाषाजस्तै त्यहाँको संस्कृतिलाई स्थापित गर्न भारतको काँगडादेखि देशका विभिन्न सहर हुँदै नेपालीभाषी रहेको भारतको दार्जिलिङसम्म साहित्यिक सांस्कृतिक देशदर्शन मेरै नेतृत्वमा भयो ।

२०७५ मा नयाँ उपन्यास पस्किने तयारीमा छु । पाण्डुलिपी तयार भइसकेको छ । त्यो छिट्टै आउँछ । नयाँ वर्षमा काली–कर्णालीको संस्कृति समेटेर टोलीसहित अन्तर्राष्ट्रिय साहित्यिक, सांस्कृतिक यात्रा गर्ने योजनामा छु ।

० नथियाजस्तै नयाँ भर्जिन किताब : सरस्वती प्रतीक्षा/साहित्यकार

वर्ष ०७४ उपलब्धिमूलक रह्यो । धेरै वर्षपछि ‘नथिया’मार्फत एउटा सपना साकार भएजस्तो लाग्छ । किताब विमोचन भएको पहिलो बिहान दुई/तीनजना पाठकले सुन्दर प्रतिक्रिया दिनुभयो । त्यो मेरा लागि स्मरणीय रह्यो । किताबको कामले गर्दा व्यक्तिगत जीवन पनि ध्वस्त भयो ।

नयाँ ०७५ मा वैशाखदेखि नथियासँग पूर्वतिर यात्रा हुनेछ । त्यसलगत्तै भदौमा नयाँ किताबका लागि स्थलगत अध्ययनमा लाग्छु । केही ठाउँमा यात्रा गर्छु । पाठकको अपेक्षा बढेको छ । राम्रो किताब दिनुपर्ने चुनौती छ । म नथियाजस्तै भर्जिन विषयवस्तुमा नयाँ किताब लेख्छु ।

  नयाँ कथापाइआउँछ : राजव/साहित्यकार

समग्रमा ०७४ राम्रै रह्यो । घुमफिर धेरै भयो । मंसिरदेखि ६ महिना नेपालमै रहेँ । लेखनको कुरा गर्दा नयाँ उपन्यासको दोस्रो ड्राफ्ट सकाएँ । पुराना साथीभाइसँग खुब रमाइलो गरेँ ।

०७५ मा उपन्यासको ड्राफ्ट पूरा गर्छु । मेरो नयाँ कथा संग्रह ‘पाइ’ नयाँ वर्षमा आउँदै छ । ‘एटलान्टिक स्ट्रिट’ उपन्यासको पुनर्संस्करण आउँदै छ । अमेरिका गएपछि केही ठाउँमा घुम्छु होला । जति पनि तनाब छन् त्यो कम होस् भन्ने म चाहन्छु । देशको अवस्था सुध्रियोस् भन्ने कामना गर्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x