×

NMB BANK
NIC ASIA

अजय देवगणबारे तपाईंले थाहा नपाएका २० तथ्य

बैशाख १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडमा अभिनेता अजय देवगणको आफ्नै स्थान छ । अभिनयका साथै फिल्म निर्माण र निर्देशनमा समेत सक्रिय उनी एक्सन, लभ तथा कमेडी जुनसुकै विधामा पनि उत्तिकै फिट छन् । अप्रिल २ मा ४९ वर्ष पुगेका उनै अजयबारे भारतीय अनलाइनले विविध रोचक तथ्य प्रस्तुत गरेका छन् ।

Muktinath Bank

१. अजयलाई घरमा राजु भनेर बोलाइन्छ । उनले बिकम पास गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२. अजयका बाबु वीरु देवगण चर्चित द्वन्द्व निर्देशक हुन् । उनले अजयलाई फिल्ममा ल्याउनका लागि निर्देशक महेश भट्टकोमा लगेका थिए । महेशले अजयको आँखामा ‘बहुत कुछ’ लुकेको बताएका थिए । जसकारण वीरु उत्साहित भएका थिए ।


Advertisment
Nabil box
Kumari

३. अजय जब हिरो बने, फिल्मकर्मी तथा दर्शकसमेतले उनको अनुहार देखेर खिल्ली उडाउँथे । कतिपयले यस्तो पनि हिरो भनेर उनलाई हतोत्साहित गर्थे । अमिताभ बच्चनले भने अजयलाई ‘ब्ल्याक हर्स’ भनेर उनलाई उत्साहित पारेका थिए ।

Vianet communication
Laxmi Bank

४. अजयको पहिलो फिल्म ‘फूल और काँटे’ यश चोपडाको ‘लम्हे’सँगै जुधेको थियो । लम्हेमा अनिल कपुर, श्रीदेवीजस्ता सुपरस्टार थिए । तर, पनि अजयको फूल और काँटेले लम्हेलाई टक्कर दियो । फूल और काँटे सुपरहिट भएको थियो ।

५. अजयको खास नाम विशाल हो । त्यतिवेला कलेजका साथीहरूबीच विशेषगरी तीनवटा ग्याङ चर्चित थियो । दारा सिंहका छोरा बिन्दुको बिन्दु ग्याङ, धर्मेन्द्रका छोरा बबी देओलको बबी ग्याङ र अजयको विशाल ग्याङ ।

६. अजय लामो अन्तर्वार्ता दिन पटक्कै मन पराउँदैनन् । धेरै बोल्ने बानी नभएकाले उनले दिक्क मान्ने गरेका हुन् ।

७. फिल्ममा गाउन र डान्स गर्न भनेपछि अजय हिच्किचाउँछन् । नाच्न नआउने भएकाले उनी सकभर गीत नपरे हुन्थ्यो भन्ने चाहन्छन् ।

८. अजयको परिवार देवी दुर्गा माताका उपासक हुन् । उनीहरू हरेक वर्ष देवी दुर्गालाई पछ्यौरा चढाउन अजमेरकी दगराह पुग्ने गर्दछन् ।

९. आमाले अजयलाई खतरनाक स्टन्ट नगर्न सुझाब दिएकी छिन् । अजयले पनि त्यस्ता स्टन्ट गर्दा निकै होसियारी अपनाउने वाचा गरेका छन् ।

१०. अजय आफ्नो शाहरुखसँग कुनै समस्या नभएको बताउने गर्दछन् । त्यसकारण नै उनले आफ्नी पत्नी काजोललाई शाहरुखसँग फिल्म खेल्ने अनुमति दिने गरेका छन् । त्यति मात्रै होइन, आफ्ना प्रिय निर्देशक रोहितलाई शाहरुखसँग काम गर्न दिएका छन् । केही वर्षअघि भने अजय र शाहरुखको फिल्म जुधेका थिए । अजयको सन अफ सरदार र शाहरुखको जब तक है जान एकै दिन रिलिज भएका थिए ।

११. अजय फिल्मी पार्टीमा सहभागी हुन मन पराउँदैनन् । काम सकिनेबित्तिकै उनी घर पुगिहाल्छन् । उनी पार्टीमा भन्दा घरमा छोराछोरीसँग रमाउन मन पराउँछन् ।

१२. कलेज लाइफमा हुँदा अजय साथीहरूको दुईवटा बाइकमा दुई खुट्टा राखेर घुम्ने गर्दथे । त्यही कुरा फूल और काँटेमा पनि समावेश गरिएको छ । पछि उनले दुई कार, दुई घोडामा दुई खुट्टा हालेका दृश्य पनि फिल्ममा देखिए ।

१३. इस्क, प्यार तो होना हि था, हलचल, गुन्डाराजलगायत फिल्ममा अजय र काजोलले सँगै काम गरे । सोही क्रममा उनीहरू नजिकिएका थिए । अन्तर्मुखी स्वभावका अजय र बहिर्मुखी स्वभावकी काजोलबीच कसरी कुरा मिल्यो भन्नेमा उनीहरूलाई नजिकबाट चिन्नेहरू नै अचम्मित छन् ।

१४. अजयले सन् १९८५ मा बालकलाकारका रूपमा प्यारी बहिना फिल्ममा अभिनय गरेका थिए ।

१५. अजयले सन् २००८ मा यु मी और हम र सन् २०१६ मा शिवाय गरी दुईवटा फिल्म निर्देशन गरेका छन् ।

१६. अजयका थुप्रै फिल्म सय करोड क्लबमा सामेल भएका छन् ।

१७. अजयलाई बच्चाबच्चीप्रति विशेष लगाव छ । उनले बालबच्चासम्बन्धी दुई फिल्म, राजु चाचा र टुनपुरका सुपरहिरो निर्माण गरे । तर, ती दुवै फिल्म फ्लप भए ।

१८. जख्म (सन् १९९८) र द लिजेन्ड अफ भगत सिंह (सन् २००२ ) बाट अजयले सर्वाेत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका छन् ।

१९. प्रकाश झा, राजकुमार सन्तोषी र रोहित शेट्टीका प्रिय हिरो हुन्, अजय । उनीहरूका थुप्रै फिल्ममा अजयले अभिनय गरेका छन् ।

२०. बलिउडमा अजयको सञ्जय दत्त र सलमान खानसँग विशेष मित्रता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x