कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
बुटवल, ३० चैत-साहित्यलाई सामाजिक यथार्थ र जीवनलाई बोध गराउने सशक्त माध्यमको रूपमा लिइन्छ । साहित्यले समाजलाई मार्गनिर्देश गरेको हुन्छ । साहित्यप्रति जनचासो बढ्दै गएको छ । नेपाली साहित्यमा मोफसलको स्थान पनि महत्त्वपूर्ण छ । राजधानी र पूर्वपछि साहित्य सिर्जनामा मोफसलले योगदान पुर्याउँदै आएको छ।
२०६० को दशकपछि बुटवल–भैरहवा (हाल प्रदेश पाँचको राजधानी) क्षेत्रमा नियमित साहित्यिक कार्यक्रमहरू चलिरहेका छन् । पछिल्लो १५ वर्षको अवधिमा मोफसल साहित्य र कलाको उर्बर केन्द्रका रूपमा विकास भएको छ ।
जसले गर्दा यहाँ पुराना साहित्यकार स्थापित भएका छन्, भने नयाँ साहित्यिकारहरूको जन्म भइरहेको छ । तर जुन उचाईमा यहाँको साहित्य पुग्नुपर्ने हो, त्यहाँ पुग्न नसकेको केही साहित्यकारहरू गुनासो गर्छन् ।
मोफसलबाट साहित्य सिर्जनामा कलम चलाएर राष्ट्रिय स्तरमा चर्चामा आइरहेका छन् । ती साहित्यकारहरू हुन् प्राज्ञ बुँद राना, वनमाली निराकार, रूद्र ज्ञवाली, डा. मुरारी पराजुली, कपिल लामिछाने, जंगबहादुर शाह, ऋषिराम भुसाल, गिरी शिरिष मगर, दलबहादुर गुरूङ, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, डा. हिरण्य ज्ञवाली, दिल शहानी, रामचन्द्र भट्टराई, अजम्बरध्वज खाती, शान्तराम गिरी, गंगा अभिलाशी आदि । यी नामहरूलाई मोफसलका ताराका रूपमा लिइन्छ ।
युवा साहित्यकार दलबहादुर गुरूङ राज्यले साहित्यलाई समाजको ऐनाका रूपमा लिन नसक्दा चम्किएको मोफसलले चाहेजस्तो अझै प्रगति हुन नसकेको बताउँछन् । उनले भने, ‘विश्वका अन्य देशहरूमा साहित्कारलाई प्रवद्धर्न गर्न राज्यले ठूलो लगानी गर्छ । तर हाम्रो सरकारले साहित्यलाई गहनाको रूपमा मात्र प्रयोग गर्न खोज्छ ।’
२०२५ देखिको औपचारिक नेपाली कथा, कविताको लेखन, ओझिलो अनुभव र निरन्तर साहित्य यात्राका साहित्यकार हुन् वनमाली निराकार । उनका पत्रैपत्र र विवसका कथा संग्रह राष्ट्रिय स्तरमा चर्चामा छन् । त्यस्तै बुद्ध रानाको रातो मलाई प्यारो, डा. मुरारी पराजुलीको हाँसेर उस्का ओठहरूले, दलबहादुर गुरूङका आस्थाका स्वरहरू गजल संग्रह, हात्ती करायो लगायतले विभिन्न कृतिहरू प्रकाशित गरिसकेका छन् । त्यस्तै कथाकार रूद्र ज्ञवालीको पात्रहरू पनि चर्चित कथा संग्रह हो ।
यहाँ साहित्यको विकास गर्न विभिन्न प्रष्तिठानहरू पनि खुलेका छन् । बुटवल साहित्यि कला प्रतिष्ठान, लुम्बिनी वाङ्मय प्रतिष्ठान, बुटवल कला साहित्य परिष्द, साहित्यि संगम बुटवल, सृजनशील साहित्य समाज र सिद्धार्थ साहित्य परिषद् भैरहवा, पाठक मञ्च गठन भएका छन् ।
साहित्यकार डा. मुरारी पराजुली रूपन्देहीले साहित्यिमा आफ्नो छुट्टै पहिचान बनाएको बताउँछन् । उनले भने, ‘नेपाली साहित्यिमा मोफसलले छुट्टै पहिचान बनाएका साहित्यिकारहरू यहाँ (रूपन्देही)मा छन् । यहाँ हरेक साहित्यिका विधामा लेख्ने साहित्यकारहरू क्रियाशील छन् । यहाँ युवा पुस्ता पनि साहित्यमा सक्रिय रूपमा लागेका छन् । रूपन्देहीमा राणा शासन सुरू हुने समयदेखि साहित्यको क्षेत्रमा कलम चलाउने गरेको साहित्यकारहरू बताउँछन् ।
प्राध्यापक तथा साहित्कार ऋषिराम भुसाल भाषा साहित्यको क्षेत्रमा लडिरहने साहित्यकारहरूलाई राज्यले संरक्षण गनुपर्ने बताउँछन् । साहित्य बनावटी हुँदैनन यर्थाथ धरातलमा गएर लेखिन्छन् । साहित्य आफू बलेर अरूलाई उज्यालो बनाउने विधा हो । यसलाई राज्यले संरक्षण गनुपर्छ ।’
छन्दवादी कविता, गजल, कविता र मुक्तकमा धेरै अगाडि रहे पनि आख्यान र समीक्षामा कमजोर रहेको पाइन्छ । युवा लेखक रामचन्द्र श्रेष्ठले उतारचढावकाबीच यस क्षेत्रको साहित्यले ठूलो फड्को मारेको बताउँछन् ।
अघिल्ला पुस्तामा नाम चलेर पनि चर्चामा आउन नसकेको साहित्यकारलाई नयाँ पुस्ताले चिनाउन सकेमा मोफसलको नेपाली साहित्यमा थप फड्को मार्ने आशा गरिएको छ । यसरी साहित्य क्षेत्रमा आउनेहरुमा कर्मचारी प्राध्यापन क्षेत्रमा लागेका ब्यक्तिहरुको बाहुल्यता देखिन्छ ।
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...