नयाँ वर्षमा शुरु भयो दराजको नेपालीपन योजना, ८१ प्रतिशतसम्म छुट

नेपालको नम्बर एक अनलाइन मार्केट प्लेस दराज डटकम डट एनपीले नयाँ वर्षको उपलक्ष्यमा नेपालीपन नामको छुट योजना सुरु गरेको छ । अनलाइन मार्केट प्लेसबाट सामान खरिद गर्ने सेवाग्राहीलाई लक्षितगर्दै दराजले नेपाली उत्पादनको खरिदमा ८१ प्रतिशत सम्मको छुट दिने योजना ल्याएको हो ।
अनलाइन माध्यमबाट वस्तु तथाउत्पादनको बिक्रीबितरणमा नेपालकै अग्रणी मार्केट प्लेस दराजले ‘स्वदेशी सामानमा रमाऔं, नयाँवर्ष मनाऔं’भन्ने नाराका साथ ५ दिने छुट योजना सञ्चालन गरेको हो । बैशाख १ देखि ५ गतेसम्म सञ्चालनहुने छुट योजनाअन्तरगतदराज डटकम डट एनपीबाट अधिक सस्तो मूल्यमानेपालीउत्पादनखरिद गर्न पाइनेछ । लत्ता कपडा, व्याग, जुत्ताचप्पललगायतकानेपालीउत्पादनको खरिदमा दराजले ८१ प्रतिशतसम्मको छुट दिनेछ ।
नेपाली ब्राण्डहरु गोल्ड स्टार, कपास, सोनामगियर, सबा नेपाल, शिखर, क्यालिबर लगायतका नेपाली ब्राण्डका उत्पादनको खरिदमाउल्लेखित छुट उपलब्धहुनेछ । छुट योजना सुरु भए पछिका पहिलो २ सय जनाले कम्तीमा १ हजार रुपैंयाको सामानखरिद गर्दा २५० रुपैंया थप छुट पाउने छन् । यसकालागि दराजको अनलाइनमार्केट प्लेसबाट सामानखरिद गर्दा भ्ब्च्ीथ्द्दछण्भौचर कोड प्रयोग गर्नु पर्ने हुन्छ । त्यसै गरी बैशाख २ देखि ५ गतेसम्मकम्तीमा २ हजार रुपैंयाको सामानखरिद गर्नेहरुले ल्भ्एब्ीद्दछण्भौचर कोड प्रयोग गरी २५० रुपैंया छुट पाउने छन् ।
दराजले नेपालीउत्पादनको प्रवद्र्धन गर्नका लागिअनलाइनमार्केट प्लेसमायस्तो छुट योजना सञ्चालन गरेको हो । यसबाट नेपालीउपभोक्ता नेपाली ब्राण्डको प्रयोगमाअभ्यस्तहुने विश्वास दराजले लिएको छ ।
नेपालका १९ प्रमुखशहरहरुमा सेवाप्रदानगर्दै आएको दराजले वस्तु तथा सेवाकाखरिदकर्ता र बिक्रीकर्ताको भेट गराउने गरेको छ ।
मार्केट प्लेसबाट खरिद गरेको सामानचित्तनबुझेको खण्डमा एक सातासम्ममाफिर्ता गर्न सकिने व्यवस्था दराजले गरेको छ । पछिल्लो पटकमात्र बनेपा र धनगढीमा पनिआफ्नो सेवा सुरु गरेको दराज डट कम डट एनपीको दराजनामको मोबाइलएप्लिकेशनबाट पनि सामानकिन्न सकिन्छ ।थपजानकारीकालागिदराज डट कम डट एनपी भिजिट गर्न सकिन्छ ।
थप समाचार
- एमाले–माओवादीका कार्यकर्ता नै मनोज पुनका सहयाेगी, रुपन्देहीबाट ५ जना पक्राउ
- बुटवल उपमहानगरपालिकाले बनायो २६ कानून, राजपत्रमा प्रकाशित
- तीनधारामा लुकेर बसेका थिए मनाङे, श्रीमतीको मोबाइल नम्बरले प्रहरीलाई सजिलो
- जब राजामामाको पार्थिव शरीरलाई सांसदले काँध थापे...
- सिण्डिकेट खारेजीले यात्रुहरू खुशी, कर्णालीमा आन्दोलनको प्रभाव नपर्ने संकेत
- बिपी राजमार्गमा टिप्पर आतंक, मन्त्रीकै गाडीलाई ठक्कर
ताजा समाचार
अन्तर्वार्ता
दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्फा भुसाल [भिडियो अन्तर्वार्ता] पूरा पढ्नुहोस
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस