रारा तालमा प्रधानमन्त्रीको र्‍याफ्टिङ (फोटोफिचर)

बैशाख १, २०७५

राराताल, १ बैशाख– कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न मुगुको रारा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रारामा र्‍याफ्टिङ गरेका छन् । ओलीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, संविधानसभाका पूर्व अध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङ लगायतले रारामा र्‍याफ्टिङ गरेका हुन् । 

शुक्रवार कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री ओलीको उपस्थितिमा राराको किनारमा बसेको थियो  भने प्रधानमन्त्री ओलीले नयाँ वर्षको उपलक्षयमा राराको किनाराबाट देशवासीको नाममा समेत सम्बोधन गरेका थिए । 


ADVERTISEMENT

बैशाख १, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस