×

NMB BANK
NIC ASIA

काठमाडौं महानगरको ११ नम्बर वडाका बासिन्दालाई नर्भिकमा २० प्रतिशत छुट

बैशाख १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमााडौं, १ वैशाख- नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले काठमाडौं– ११ का नागरिकको उपचारमा २० प्रतिशत सहुलियत दिने घोषणा गरेको छ । 

Muktinath Bank

अस्पतालले २५ वर्ष पूरा गरेको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह र वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारबीच उपचार सहुलियत सम्झौता भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त सम्झौताअनुसार अस्पताल रहेको सो वडाका नागरिकले नर्भिकमा उपचार गराउदाँ २० प्रतिशत छुट पाउने छन् । त्यसका लागि कार्डको व्यवस्था गरी सेवा उपलब्ध गराइने बताइएको छ । 


Advertisment
Nabil box
Kumari

अस्पतालले आफ्नो २५औँ वार्षिकोत्सवकै अवसरमा सगरमाथा आरोह गर्न लागेका पत्रकार महिला टोलीलाई २५ लाखको चेकसहित नर्भिकको झण्डासमेत हस्तान्तरण गरेको छ । 

Vianet communication
Laxmi Bank

कार्यक्रममा नेपाली काँग्रेस नेता तथा सांसद प्रकाशमान सिंहले नर्भिक अस्पतालले नेपालको स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको प्रशंसा गरे । 

उनले भने, “२०७४ साल नेपालको लागि महत्वपूर्ण रह्यो, लामो समयपछि तिनै तहका निवार्चन भई जनप्रतिनिधि चुनिएर स्थायित्व कायम हुनु ठूलो उपलब्धि हो ।” 

सबै राजनीतिक खराब र पैसा कमाउने सोचका मात्र नहुने भन्दै उनले नयाँ वर्षमा गलत विचारलाई परिवर्तन गर्नुपर्ने बताए ।

कलाकार तथा नर्भिक अस्पतालका सद्भावना दूत हरिवंश आचार्यले नर्भिकले नेपालमै अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्दै आएको उल्लेख गरे ।

“नर्भिकले धेरै नेपालीलाई उपचारका लागि विदेश जानबाट रोकेको छ, मेरो निजी जिन्दगीमा पनि वसन्त चौधरी र नर्भिकले लगाएको गुण आजसम्म र्तिन सकेको छैन ।” 

वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले नर्भिकले वडावासीका लागि उपचार सहुलियतको व्यवस्था गरेकोमा कृतज्ञता व्यक्त गरे ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष वसन्त चौधरीले २५ वर्षअघि २५ श्ययाबाट शुरु भएको नर्सिङ होम आज विभिन्न विशेषज्ञ सेवा, अत्याधुनिक उपकरणसहित विश्वसनीय अस्पतालको रुपमा परिचत भएको उल्लेख गरे । 

उनले नर्भिकले ज्येष्ठ नागरिकका लागि आन्तरिक र बाह्य सेवामा १० प्रतिशत सहुलियत दिई छुट्टै डेक्सको व्यवस्था गरिने जानकारी दिए । २५ वर्षकै अवसरमा सम्पूर्ण कर्मचारीलाई एक महिना बराबरको तलब बोनसस्वरुप उपलब्ध गरिने अध्यक्ष चौधरीले बताए ।

सगरमाथा आरोहण टोलीकी प्रमुख रोजिता बजाचार्यले नर्भिकले स्वास्थ्य सेवाको सगरमाथा आरोहण गरिसकेको बताउँदै आफ्नो टोलीले नर्भिकको झण्डा सगरमाथाको शिखरमा फहराएर आउने वाचा गरे ।

पत्रकार महिलाको पाँच सदस्यीय टोली सगरमाथा आरोहणको अन्तिम तयारीमा छ । त्यसैका लागि वैशाख ३ गते टोली लुक्ला प्रस्थान गर्न लागेको टोलीका सदस्य तथा राससकर्मी रोसा बस्नेतले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x