×

NMB BANK
NIC ASIA

जनकपुरधाम, १ वैशाख- एकिकृत बालक्लब जनकपुरका विद्यार्थी विद्यापति ठाकुरले जिल्ला प्रहरी कार्यालय धनुषामा बालविवाह रोक्नका लागि उजुरी दर्ता गराए । जनकपुर मुजेलियास्थित निम्न माध्यमिक विद्यालय सोहनीमा कक्षा आठमा अध्ययनरत १४ वर्षीय छात्रा खुश्बु कुमारी यादवको विवाह रोक्न माग गर्दै ठाकुरले उजुरी दर्ता गराएका हुन्। 

Muktinath Bank

खुस्बुको यही बैशाख ३ गते बालविवाह गर्न लागिएको भन्दै विद्यापति ठाकुरले प्रहरीसमक्ष उजुरी दर्ता गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुवा महेन्द्र यादबले जबर्जस्ती आफ्नो बिबाह गराउन लागेको भन्दै खुश्बुले विवाह रोक्का गराइदिन माग गर्दै विद्यालयको उजुरी पेटिकामा उजुरी खसालेकी थिइन् । जसलाई ठाकुरले प्रहरी समक्ष पु¥याएका हुन् । 
ठाकुरले प्रहरीसमक्ष निवेदन दर्ता गराएपछि  जिल्ला प्रहरी कार्यालय धनुषाले महिला सञ्जाल समेत प्रयोग गरी उचित आबश्यक कारबाही गर्न निर्देश जारी गरेको छ । 


Advertisment
Nabil box
Kumari

त्यस अघि महिला तथा बालबालिका कार्यालय धनुषाले समेत १९ चैत २०७४ मा जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेर १४ वर्षीय बालिका खुश्बु कुमारी यादवको बालबिबाह हुन लागेको यस कार्यालयको हेल्पलाइनमा जानकारी आएको हुँदा उक्त बालबिबाह रोक्नका लागि आबश्यक कारबाही गर्न भन्दै पत्राचार गर्यो । त्यस निवेदनमा समेत जिल्ला प्रहरीले तोक आदेश गर्दै घटना भए नभएको एकिन गरी हुन लागेको भए सम्बद्ध संस्थाहरू सँग समन्वय गरी रोकथाम तथा कानूनी कारबाही गर्ने भन्दै निर्देशन जारी गर्यो ।

Vianet communication
Laxmi Bank

त्यसपछि जिल्ला प्रहरीको महिला तथा बालबालिका सेबा केन्द्रले वडा प्रहरी कार्यालय मुजेलियालाई १९ चैतमा बालबिबाह रोकथाम गरि दिन हुन भन्दै पत्राचार गर्यो । बास्तबिकता बुझी आबश्यक कारबाही गरी सोको जानकारी समेत गराउन अनुरोध गरियो ।

त्यसपछि घटना बारे बुझ्नका लागि वडा प्रहरी कार्यालय मुजेलियाले सम्बन्धित पक्षहरूलाई कार्यालयमा बोलाएर बास्तबिक तथ्य बुझ्ने कोशिश गर्यो । विद्यालयका प्रधानाध्यापक महेन्द्र यादव, बालिका खुश्बु कुमारी यादव, बालिकाका पिता महेन्द्र यादव र बेहुला समेतलाई बोलायो । 

लोकान्तरका प्रतिनिधिले सोधपुछ गर्दा बैशाख ३ गते खुस्बुको विवाह हुने तय भएको र विवाहका लागि दुबै पक्षले आबश्यक लेनदेन तथा कुराको छिनोफानो समेत गरिसकेको पत्ता लाग्यो । 

उजुरीमा भनिएजस्तै बालिका खुश्बुको उमेर १४ बर्ष नभएर १६ वर्ष २ महिना पुगेको भन्ने व्यहोरा ८ बैशाख २०६७ मा जारी गरिएको जनकपुर नगरपालिकाको जन्म दर्ता प्रमाणपत्रबाट देखियो । 

बिहे हुन गईरहेको हल्ला विद्यालयमा चलेको र एक जना शिक्षिकाले बुवाले जबर्जस्ती बिबाह गराइदिन लगेको भन्दै पत्र लेख्न सल्लाह दिएपछि आफूले उजुरी दिएको खुस्बुले बताइन् । 

खुस्बुका ५ जना दिदी बहिनी र एक भाइ छन् जसमध्ये दुई जना दिदीको विवाह भइसकेको छ । 
वैैदेशिक रोजगारीमा गरेर परिवारको पालनपोषण गर्दै आएको खुस्बुका बुवाले छोरीहरु धेरै जना भएका कारण चाडो चाडो विवाह गर्नुपरेको र खुस्बुको विवाहको लागि छिनोफानो गरि विवाहको लागि आवश्यक तयारी गरिसकेको बताए । 

‘यस पटक यो छोरीको बिहे नगराए लगातार तीन छोरीहरूको बिहे गराउन समस्या हुन्छ, खुस्बुका बुवाले भने,‘आफू कमाउंदै गरेको अबस्थामा छोरीको बिहे गर्न पाए सजिलो हुन्छ ।’

किशोर किशोरी अवस्थामा नै सानै उमेरमा प्रेम गरेर भागी बिहे गर्ने अबस्थामा आमाबुवाको समेत इज्जत प्रतिष्ठा गुम्ने अबस्था आफ्नो पनि नआओस् भनेर बिहे गराउनु आबश्यक रहेको उनले बताए ।

विद्यालयको उजुरी पेटिकामा विवाह रोकाइदिन माग गर्दै निवेद पेश गर्ने खुश्बु अहिले भने विवाह गर्न आफू तयार रहेको बताउँछिन् । धेरै दिदीवहिनी भएको र आफूले विवाह नगर्दा परिवारका अन्य सदस्यको अवस्था दयनीय हुने भएकाले आफू विवाह गर्न तयार रेहेको खुस्बुले बताइन् । 

उनले आफूलाई विवाह नगर्न उकासेको आरोप लगाउँदै आफ्नै कक्षाका अरुले विवाह गर्दा भने कसैले चासो नदिएको आरोप लगाइन् । 

‘मेरै बिद्यालयमा मेरै क्लासमा पढिरहेकी दुई जना छात्राहरूको बिहे भईसकेर अहिले पनि पढ्न आइरहेको अबस्थामा मेरै बिरुद्ध किन सबैले उजुरी गरेका छन् ? यत्रो बालबिबाह भईरहेको छ, म बिरुद्ध मात्र किन सबैले उजुरी दिए ?’ खुश्बुले भनिन्, ‘मेरो भाइ बहिनी समेत आमा बुवाको पालन पोषणको ग्यारेन्टी कसैले गर्छ भने मात्र बिहे गर्दिन । मेरो परिवारको लाचारी मैले बुझेको छु । त्यसैले बिहे गर्न मलाई कसैले नरोकोस् ।’  

परिवारमा समस्या

खुश्बु जस्तै तराई मधेशमा धेरैको सानै उमेरमा बालबिबाह हुने बिकृति देखिएको छ । धनुषा प्रहरीले उक्त विवाह गर्न नमिल्ने बताए पनि खुश्बुको बिवाह बैशाख ३ गते हुने सम्भावना प्रबल छ । किन भने खुश्बुको आमा बुवासंगै स्थानीयवासी पनि खुश्बुको बिहे होस्, भन्ने चाहन्छन् । बुवा लाचार छन्, बढी पढाउन सक्दैनन्, अरु छोरा छोरीको पनि भविष्य हेर्नु छ, भन्दै मुजेलियाका समाज खुश्बुको बुवाका साथ छन् ।

एका तर्फ एकीकृत बाल क्लब जसरी पनि गैरकानूनी बालविवाह रोकिनु पर्छ भनेर लागेका छन् भने अर्को तर्फ समाज खश्बुको विवाह गर्न लागिपरेका छन् । 

बालक्लबका अध्यक्ष दिवाकर उप्रेतीले बालिका खुश्बुलाई सम्झाउने, काउन्सलिङ गर्ने प्रयास गरे । तिम्रो अगाडिको पढाइ समेतको हामीले ग्यारेन्टी गर्छौं, आफ्नै बालक्लबमार्फत तिमीलाई छात्रवृति दिलाउछौँ, अहिले बिबाह गर्ने तिम्रो उमेर भएको छैनपछि तिमीलाई नै समस्या हुन्छ, भोलि बिहे त प्रहरीले रोक्छ नै, तिम्रो आमा बुवा, बेहुलासमेत जेल जानु पर्नेसम्मको स्थिति आउँछ भन्दै उप्रेतीले खुश्बुलाई सम्झाउने प्रयास गरे पनि तर पनि खुश्बु भने विवाह गर्ने अडानमा छिन् । उनी आफू जसरी पनि विवाह गर्ने अडानमा छिन् । 

गैरकानूनी तरिकाले बाल बिबाह नगरौं भन्दै धनुषा प्रहरीले खुश्बुका बुवा महेन्द्र यादवलाई समेत पत्राचार गरि सकेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंह भन्छन्, ‘खुश्बुको उमेर नपुगेर बालिका नै रहेका कारण गैरकानूनी बालविवाह हामी हुन दिंदैनौं । त्यसको बिषयमा बालिकाका बुवालाई समेत हामीले सचेत गराइसकेका छौं ।’

बालक्लबका अध्यक्ष उप्रेती भन्छन्, ‘यो गैरकानूनी बालबिबाह हुनुहुन्न भनेर हामीले पनि संकल्प नै लिएका छौं । २ गते देखिनै हामी उनीहरूको घरमा पुगेर बिबाह रोक्नका निम्ति प्रयास गर्नेछौं ।’ 

तर स्थानीयले भने कानूनले मात्र समाज नचल्ने तर्क गर्छन्, ‘’कानून आफ्नो ठाउँमा छ, तर समाज ब्यबहारले चल्छ  र, ब्यबहारिक कुरा हेरेर पनि खुश्बुको बिबाह हुन दिनु पर्ने अबस्था छ ’ खुश्बुका समाजले त्यसो भनिरहँदा पनि अब प्रहरीमै पनि औपचारिक रूपले उजुरी परिसकेपछि र, जिल्ला महिला तथा बालबालिका कार्यालय समेत संलग्न भई सकेपछि खुश्बुको गैर कानूनी बालबिबाह हुन्छ वा हुँदैन भन्ने कुराको उत्तर बैशाख ३ गते आउनेछ ।

बालबिबाह गैरकानूनी

नेपालको कानूनमा बाल बिबाहलाई गैरकानूनी भनिएको छ । बालबिबाह कसैले गरे गराए, त्यस बिरुद्ध कैद र दण्डको समेत कानूनमा ब्यबस्था गरिएको छ । नेपालको कानून अनुसार दश बर्ष नपुगेकी बालिकाको बिबाह गरे गराएको अबस्थामा ६ महिना देखि ३ बर्ष सम्मम कैद र १ हजार देखि १० हजार रुपियाँ सम्मको जरिवानाको ब्यबस्था गरिएको छ । त्यसै गरी दश बर्ष देखि माथि र १४ बर्ष नपुगेकी बालिकाको खण्डमा ३ महिना देखि १ बर्ष सम्म कैद र ५ हजार रुपियाँ सम्म जरिबाना,१४ देखि १८ बर्ष नपुगेकी बालिकाको बिबाहको खण्डमा ६ महिना सम्मको कैद वा दस हजार रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ब्यबस्था गरिएको छ ।

कानूनमा यस्ता प्राबधानहरू भए पनि मधेशमा बाल बिबाह भने रोकिएको छैन । अचम्मको कुरा त के छ भने बाल बिबाह रोक्नका लागि कयौं गैरसरकारी संस्थाहरूले त्यसकै नाममा करोडौं खर्च गरेका छन् तर समाजमा त्यसको खाशाई प्रभाव भने परेको छैन । 

खुश्बु एउटा उदाहरण मात्र हुन् । तराइ मधेशमा खास गरेर बिपन्न परिबारहरूमा बाल बिबाह बढ्दै गएको छ । दाइजोका कारण पढ्ने उमेरमै छोरीको बिहे गर्ने मधेशमा एक किसिमको संस्कृति नै बनेको छ । अर्को तर्फ सानै उमेरमा केटा केटीहरू भागेर बिहे गर्ने समेत ठुलो बिकृति बन्दै गएको छ । आर्थिक बर्ष २०७३र०७४ मा मात्रै ९५ जना किशोर किशोरी भागेको भनेर जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा मुद्दा दर्ता भएकोमा ३ जनालाई पक्राउ गरेर अभिभावक मातहत पठाएको,३७ थान मुद्दामा मिलापत्र गराएको र ५५ थान मुद्दाका किशोर किशोरीहरू भागेकै अबस्थामा रहेको महिला सेलको तथ्यांक छ ।त्यसै गरी आर्थिक बर्ष २०७२र०७३ मा ६९ जना किशोर किशोरी भागेको भनेर जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा मुद्दा दर्ता भएकोमा १ जनालाई पक्राउ गरेर अभिभावक मातहत पठाएको,२३ थान मुद्दामा मिलापत्र गराएको र ४५ थान मुद्दाका किशोर किशोरीहरू भागेकै अबस्थामा रहेको महिला सेलको तथ्यांक छ ।

सानै उमेरमा बिहे नगराउने हो भने छोरी सानै उमेरमा प्रेम गरेर अन्तरजातीय बिबाह गरी भाग्ने र आफ्नो खान्दानको इज्जत प्रतिष्ठा समेत लुटिने डरका कारण पनि हुने खाने समृद्ध परिबारहरूमा समेत बाल बिबाह बढ्दै गएको छ । तराइ मधेशमा धेरै पहिले बाल बिबाह हुने गरेको भए पनि भाग्ने क्रम भने अत्यन्तै न्यून हुन्थ्यो ।

बालक्लबको बालबिबाह बिरुद्ध अभियान

जनकपुरका बिभिन्न विद्यालयहरूमा पढ्ने बालबालिकाहरूले बाल क्लब गठन गरेका छन् । यसै बर्ष एसईईको जांच दिएर बसिरहेका दिवाकर उप्रेती त्यसका अध्यक्ष हुन् । जनकपुरको सबै वडाहरूमा त्यसको शाखा समेत बिस्तार गरेका छन् । बालबालिकाको हक अधिकारका लागि स्थापना गरिएको उक्त बालक्लबले भने पछिल्लो समयमा बाल बिबाह बिरुद्ध अभियान नै चलाएका छन् । सबै जसो विद्यालयका विद्यार्थीहरूमध्ये केही विद्यार्थीहरू उक्त क्लबका सदस्य हुन् । बिद्यालय पढिरहेका विद्यार्थीको बिहे हुने कुरा भयो की उनीहरूले आफ्ना सदस्यहरू मार्फत जानकारी प्राप्त गर्ने गर्छन् । 

केही बालबिबाह हामीले प्रहरी प्रशासन मार्फत रोकाउन सफल समेत भएको बालक्लबका अध्यक्ष उप्रेतीले भने, ‘यद्यपि कतिपयमा हामीले धेरै कोशिश गर्दा पनि बाल बिबाह रोकाउन असफल भएका छौं । तर, पनि जनकपुरमा कसैको पनि बाल बिबाह नहोस भन्ने सोचेर हामी क्लबका साथीहरू लागि परेका छौं ।’

दुई बर्ष अघि जनकपुरका एक जना १४ बर्षिय बालिकाको धनुषाकै ढल्केवरका महेश महतो सँग बालबिबाह हुन गईरहेको भन्दै हाम्रो क्लबमा निबेदन पर्यो । हामीले प्रहरी संग समन्वय गरेर त्यो बिबाह रोकायौं । बालक्लबका अध्यक्ष उप्रेती भन्छन्, ‘त्यहाँ पनि यसरी नै केटीको आमा बुवाले मानिरहेका थिएनन्, तर, केटा पक्षलाई जेल जानु पर्ने स्थिति आउन सक्छ भनेर सम्झाए पछि बिहे रोकिएको थियो । त्यसमा पनि लेनदेन, खानपिन सबै भई सकेको थियो ।’


त्यसै गरी तीन महिना अघि मात्र जनकपुरकै कुर्थामा एक जना १६ बर्षकी बालिकाको जनकपुर ७ मा बालबिबाह हुन गईरहेको क्लबमा निबेदन आए पछि हामीले महिला सेल मार्फत बाल बिबाह रोकाउन उजुरी दियौं, तर हाम्रो एसईईको जांच भएकाले त्यो बिबाह हुन गयो भन्दै उप्रेती भन्छन्, ‘बाल बिबाह बदर गराउन तीन महिना सम्मको म्याद हुन्छ, अब हामी त्यस तर्फ पनि प्रक्रिया अगाडी बढाउछौँ ।’ बाल बिबाह समाजको बिकृति भएकाले त्यो बिकृति अन्त्य अरु कसिले गर्न नसके पनि हामी बालबालिकाहरू आफैं लाग्नु पर्छ भन्दै त्यस बिरुद्ध हामीले अभियान चलाएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x