×

NMB BANK
NIC ASIA

खेत बाँझै राखेर काठमाडौंमा पानी ल्याइँदै, तर पनि खुसी छन् मेलम्चीबासी

बैशाख १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मेलम्ची, १ वैशाख – “काठमाडौँका जनतालाई पानी खुवाउनु हाम्रो सौभाग्य हो र यो गौरबको विषय पनि हो” करेसाको मेलम्ची खोलामा बगेको कलकल पानीतर्फ नजर तेस्याउँदै गहकिलो भावमा स्थानीय चन्द्रबहादुर थापाले भने । 
मेलम्चीको पानी पिउने उत्कृष्ट अभिलासामा रहेका काठमाडौँ उपत्यकावासी जति लालाहित छन्, उत्तिकै गर्व गर्छन् पानी पठाउन पाएकोमा मेलम्चीवासी । 

पुर्खादेखिको सांस्कृतिक रहनसहन र जीवनयापनसँग जोडिएको प्रकृतिको अनुपम उपहार मेलम्ची खोलाको कञ्चन पानी राजधानीका जनतालाई पठाउन पाएकोमा उनीहरु निकै गर्व गर्छन्, सँगै जीवनमा महत्वपूर्ण वस्तुको अभाव पनि महसुस भइरहेको ठान्छन् । 

“मेलम्ची खानेपानी आयोजनाको सुरुङ छिचोलिनु (‘ब्रेक थु्र’) हुनु एउटा गौरबको विषय हो यसमा काठमाडौँका जनता खुशीको क्षणमा छन् सिन्धुपाल्चोक र मेलम्चीका हामीसबै नागरिक पनि खुशी भएका छौँ, वास्तवमा काठमाडौँवासीलाई पानी खुवाउने शौभाग्य निकै गौरवको विषय बनिरहेको छ,” उनले भने । 

सुरुङको पहिलो चरणको काम सकिए पनि बाँकी महत्वपूर्ण कामलाई सफलतापूर्वक सम्पन्न गर्न निकै लामो समय लाग्ने हुँदा सबैले सजकताका साथ जतिसक्दो चाँडो काठमाडौँ पानी पठाउनुपर्ने थापाले बताए । 

काठमाडौँमा पानी गइसकेपछि यहाँ पर्ने वातावरीण प्रभाव, सिँचाइमा असर, स्थानीय घट्टदेखि माछापालन व्यवसायलगायत विषयको वातावरणीय र पर्यावरणीय असरको न्यूनीकरणका लागि सरकारले राजश्वको रुपमा केही सुविधा दिनुपर्ने स्थानीयको धारणा छ । 

इन्द्रावती गाउँपालिका–७ का इच्छाराम सापकोटा लामो समयदेखिको सरकारी आयोजना पूरा भएकोमा खुशी छन्, तर काठमाडौँ पानी पठाएपछि खेतीपाती गर्न समस्या हुने होकी भन्ने चिन्ताले सताएको छ । स्थानीय हरि तिमल्सिना पनि काठमाडौँका जनताले पानी पिउन पाउनु निकै ठूलो धर्म ठान्छन् । पानी काठमाडौँ लागिदा प्रभावित क्षेत्रको उचित व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ । 

“खोला आसपासका खेती बाँजो हुनेभयो, खोलासँग जोडिएका पेशा व्यवसाय पलायनको अवस्था आउने हुनसक्छ, त्यसैले खोलाको यथोचित व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्छ,” उनले भने । 

सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मेलम्ची आयोजनालाई बेहुली अन्माउने तयारीमा रहेको संज्ञा दिँदै बेहुलालाई बेउलीप्रति हेर्ने दृष्टिकोण कस्तो रहन्छ त्यसको प्रतीक्षामा रहेको टिप्पणी गरे । 

खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको सुरुङ खन्ने महत्वपूर्ण चरण सकिएको र दशैँअघि राजधानीवासीले पानी उपयोग गर्न पाइने बताइन् । उनले आयोजनाको बाँकी कामलाई समन्वयका साथ थप प्रभावकारी बनाइने उल्लेख गरिन् । 

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७ दशमलव ४ किमी सुरुङखण्डको मध्यभागको गत चैत २९ गते ब्रेक थु्र भएसँगै झण्डै दुई दशकपछि मेलम्चीको पानी पिउने काकाकुल काठमाडौँको सपना अब चाँडै साकार हुँदैछ । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु’ भएको घोषणा गरेका थिए । 

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार २७ दशमलव ५ किलोमिटरको सुरुङमध्येको काठमाडौँको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा चार किलोमिटर सुरुङको मात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३ दशमलव ५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी रहेको छ । 

उनले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरूप काम अगाडि बढेमा अबको चार महिनाभित्र (आउँदो भदौसम्म) मा सुन्दरीजलमा पानी खसाल्ने बताए । 

आयोजनाको मुख्य लगानीकर्ता एशियाली विकास बैंक (एडिबी) का दक्षिण एशिया महानिर्देशक हुन किमले नेपालको सबैभन्दा लामो सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सुरुङ खन्ने काम पूरा हुनु आयोजनाको इतिहासमा ज्यादै महत्वको कोशेढुंगा भएकाे बताए । 

उनले आयोजनाबाट चाँडै नै काठमाडौँ उपत्यकाका बासिन्दाले ब्याहोरिरहेको खानेपानी समस्या कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्दै आयोजना सफल कार्यान्वयनका लागि नेपाल सरकारले देखाएको दृढ प्रतिबद्धताको सराहना गरे । 

हेल्मो गाउँपालिका समितिका अध्यक्ष उपेन्द्र तामाङले सुरुङ सम्पन्न भए पनि मेलम्ची आयोजनाले स्थानीय प्रभावित जनतासँग समन्वय नगरेको भन्दै पानी काठमाडौँ लैजान कठिनाइ हुने बताए । 

उनले स्थानीय जनताको अधिकार र मागलाई सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराए । मुख्य सुरुङ २६ र अडिट एक दशमलव पाँच गरी जम्मा २७ दशमलव ५ किलोमिटरको सुरुङबाट मेलम्ची खानेपानी आयोजनाले करीब १३ लाख उपत्यकाका बासिन्दालाई अरु बढी विश्वसनीय र उच्च गुणस्तरीय खानेपानी आपूर्ति गर्ने योजना लिएको छ । उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी उपलब्ध गराइनेछ । 

करीब रु २७ अर्बको लागतमा निर्माणाधिन उक्त आयोजनामा एशियाली विकास बैंकको झण्डै ८० प्रतिशत लगानीे छ । 

Muktinath Bank

– सिवी अधिकारी ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x