संगठन सुदृढीकरणका लागि कांग्रेसले शुरु गर्‍यो ५० दिने अभियान

बैशाख २, २०७५

गुल्मी, २ वैशाख– नेपाली कांग्रेस गुल्मीले जिल्लाका सबै वडामा पुग्ने अभियान शुरु गरेको छ । नयाँ वर्षको अवसर पारेर शुरु भएको अभियान अन्तर्गत पार्टीका नेताहरु प्रतिनिधिका रुपमा जिल्लाका ९३ वटै वडामा पुग्ने नेपाली कांग्रेस गुल्मीले जनाएको छ । 

५० दिनसम्म चल्ने अभियान अन्तगर्त तेश्रो हप्ता अर्थात वैशाख १५ देखि २१ गतेसम्म नेताहरु हरेक वडाका दलित बस्तीमै बास बस्नेछन् । यो क्रममा दलित समुदायकै घरमा बस्ने उनीहरुसँगै खाने र उनीहरुलाई काम गर्न सघाउने बताइएको छ । 


ADVERTISEMENT

स्थानीयवासीका समस्याको पहिचान तथा समस्या समाधानका लागि पहल गर्नु तथा पार्टीको संगठन सुदृढीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको गुल्मी कांग्रेसले जनाएको छ । अभियानको नाम ‘नेपाली कांग्रेस गुल्मीको आह्वान गाउँ जाउँ गाउँमै रमाउँ’ पचास दिने महाअभियान राखिएको छ ।
 

बैशाख २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस