सलमान र शाहरुख मध्ये को हो भारतीय फिल्मको राजा ? यस्ता छन् तथ्य

बैशाख २, २०७५

शाहरुख खान तथा सलमान खानको सम्बन्ध खासै जम्ने गरेको छैन । 

दुई मध्ये एक नम्बरको कोहो कसलाई फ्यानहरुले धेरै पच्छ्याउँछन् भन्ने प्रश्न सधै उठिरहन्छ । 


फिल्म र सामाजिक सञ्जालमा को बलिउडका राजा हुन् त ?

फिल्मको कुरा गर्ने हो भने बक्स अफिसमा सलमानको उपस्थिति बलियो छ । हरेक वर्ष जसो उनको व्लकवास्टर फिल्म आउने गरेको छ । साल २०१० मा उनको करियरको ग्राफमा निकै परिवर्तन आयो । २०१० मा दवंगमा चुलबुल पाण्डेको भूमिका गरेका उनी बक्स अफिसमा राज गर्न सफल भए । 

२०११ मा सलमानको फिल्म रेडि तथा बडिगार्ड मानिसले निकै मन पराए । २०१२ मा उनको फिल्म एक था टाइगर उनको लागि माइलस्टोन सावित भएको थियो । फिल्मले जबरजस्त कलेकशन गरेको थियो । यस वर्ष दबंग २ पनि आयो जसले राम्रो कमाइ गरेको थियो । 

२०१३ भने उनका लागि त्यति राम्रो भएन तर २०१४ मा आएको किकलाई पनि उनका फ्याले मन पराए । 

२०१५ मा बजरंगी भाइजान, २०१६ मा सुल्तान तथा २०१७ मा टाइगर जिन्दा है दर्शकलाई दिएर उनले राम्रो कमाइ गरे । 

उता शाहरुख खान भने २०१३ पछि निराश छन् । उनले २०१३ मा चेन्नाई एक्सप्रेसपछि बनेका फिल्मले उनलाई त्यति धेरै सफलता दिलाउन सकेन । 

त्यसपछि आएका ह्याप्पि न्यू इयर, दिलवाले, फ्यान, रईस, जब हैरी मेट सेजलले राम्रै गरेपनि धेरै जम्न भने सकेन । 

बक्स अफिसबाट हेर्दा भने अहिले शाहरुख भन्दा सलमान निकै चम्किएका छन् र उनी नै बलिउडका राजा हुन् । 

सामाजिक सञ्जालका फलोइङको कुरा गर्ने हो भने सलमान शाहरुखलाई मात दिँदै अगाडि बढेका छन् । 

फेसबुक, ट्विटर तथा इन्स्टाग्रामको दुई प्लेटफर्ममा सलमानको फ्यान शाहरुखको भन्दा धेरै छन् । 

फेसबुकमा सलमानको ३ करोड भन्दा धेरै मानिस फलो गरिरहेका छन् । उता शाहरुखको फ्यान फलोइङ २ करोड आसपास रहेको छ  । ट्विटरमा भने सलमान भन्दा शाहरुख खान अगाडि रहेका छन् । उनको फलोअर ३.४८ करोड हुँदा सलमाने ट्विट फलोअर ३.२८ रहेको छ । 

बैशाख २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस