×

NMB BANK
NIC ASIA

गर्मीमा गगल्स : फेसन मात्र होइन, स्वास्थ्यको दृष्टिले पनि महत्वपूर्ण

बैशाख २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ वैशाख– गर्मीमा सनग्लासको आवश्यकता बढी महसुस हुन्छ । यसले लुक्समा राम्रो देखिनुका साथै आँखाको सुरक्षा पनि गर्दछ ।

Sagarmatha Cement
Muktinath Bank

जाडोको तुलनामा गर्मीमा पराबैजनी किरण तीन गुणा बढी हुन्छन् । चर्को घाममा हुने अल्ट्राभायोलेट किरणले आँखामा असर पुर्याउँछ । विना सनग्लास घाममा निस्कँदा आँखा पोल्ने, आँशु आउने, रिङगटा लाग्नेजस्ता समस्या हुन्छन् । त्यसैले गर्मीमा गगल्स फेसन मात्र होइन, आँखाको स्वास्थ्यको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । किन चाहिन्छ सनग्लास ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


कर्नियालाई सुरक्षित राख्छ
चर्को घाममा  त्यत्तिकै निस्कँदा पराबैजनी किरणले आँखामा बन्ने टियर सेल अर्थात् आँसुको कोशिका टुट्न सक्छ र यो कर्नियाका लागि हानिकारक हुन सक्छ । अर्थात् पराबैजनी किरणले रेटिनामा असर पुर्याएजस्तै कर्नियामा पनि असर पुर्याउँछ । 


Advertisment
Nabil box
Kumari

बेसल सेल कार्सिनोमा हुनबाट रोक्छ
घाममा सनग्लास नलगाउनाले बेसल सेल कार्सिनोमा नामक समस्या हुन सक्छ । यो छालाको क्यान्सरको सबैभन्दा आम समस्या हो । आँखा घामको किरणसंग सम्पर्क आउँदा यस्तो हुन सक्छ । बेसल सेल कार्सिनोमा आँखाको परेलाको छालाको  क्यान्सर हो । 

Vianet communication
Laxmi Bank

रेटिनालाई बचाउँछ
सनग्लासले सूर्यबाट निस्कने घातक पराबैजनी किरणबाट आँखाको रेटिनालाई बचाउँछ । घामको किरणले आँखामा असर पर्नासाथ धुलोको कणले रेटिनामा हुने क्षतिबाट बचाँउछ । यसैले घामबाट बाहिर निस्कँदा सनग्लास लगाउन नभुलौं । 

कन्जेक्टिभालाई सुरक्षित राख्छ
आँखाको तल्लो र माथिल्लो परेलाको बाहिरी पत्रलाई कन्जेक्टिभा भनिन्छ । यो आँखाको निकै संवेदनशिल भाग हो । जब यो सूर्यको किरणको सम्पर्कमा आउँछ, चिलाउन थाल्छ । यसलाई भाइरल, ब्याक्टेरियल वा एलर्जिक कन्जेक्टिभाइटिस पनि भनिन्छ । यसैले बाहिर निस्कदा सनग्लास लगाउन नभुल्नुहोला । 

मोतियाविन्दुको जोखिमबाट बचाउँछ
मोतियाविन्दु आँखाको आम रोग हो । बढी उमेर भएका व्यक्तिलाई यो रोग लाग्छ । सूर्यको परावैजनी किरणका कारण पनि यस्तो हुन सक्छ । मोतियाविन्दु हुँदा आँखा धमिलो हुन्छ,  जसबाट देख्न कठिनाई हुन्छ । यसैले सनग्लास लगाउनु आवश्यक हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x