कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काठमाडौं, २ वैशाख– सरकारी हिसाब मिलान हुन नसकेको बेरुजु ५ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ ।
महालेखा परीक्षकको कार्यालयको ५५ औं प्रतिवेदनअनुसार २०७३/०७४ मा सरकारको अनियमित खर्च तीन खर्ब ९६ अर्ब थियो । योे बेरुजु आर्थिक वर्ष २०७२/०७३ को भन्दा २६ दशमलव २० प्रतिशत बढी हो ।
सरकारले चालु आवमा ५२ खर्ब सात अर्ब ७३ करोडको लेखापरीक्षण गरेको थियो । योमध्ये ४६ खर्ब ८७ अर्ब सरकारी निकायको र पाँच खर्ब १९ अर्ब संस्थाको हो ।
यो अवधिमा स्थानीय निकायको बेरुजु सवा १४ अर्ब देखिएको छ । महालेखापरीक्षकको ५५ औं प्रतिवेदनअनुसार स्थानीय तहको एक खर्ब ८० अर्ब ३१ करोडको लेखा परीक्षणबाट यो अंकको बेरुजु निस्किएको हो । यो बेरुजुमध्ये अनियमित गरेको बेरुजु सात अर्ब ४७ करोड छ । असुली गर्नुपर्ने बेरुजु ६ अर्ब आठ करोड रुपैयाँ छ ।
लेखा परीक्षणबाट सरकारी कार्यालयको बेरुजु दुई खर्ब १३ अर्ब ६७ करोड छ । एक खर्ब ६१ अर्ब १६ करोड राजस्व बक्यौता छ । यो करमध्ये एक खर्ब ३२ अर्ब २३ करोड मूल्य अभिवृद्धि कर असुल हुन सकेको छैन । जिल्ला समन्वय समिति, अन्य संस्था र समितिको बेरुजु ६२ अर्ब ६१ करोड पुगेको छ । लेखापरीक्षणले शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान २० अर्ब ५८ करोड छ ।
अर्थमन्त्रालयमा १६ अर्ब बढी बेरुजु
गत आर्थिक वर्ष २०७३/०७४ मा अर्थमन्त्रालयमा १६ अर्ब १६ करोड ३९ लाख महालेखापरीक्षकको कार्यालय ३९ हजार बेरुजु देखिएको छ ।
अनुत्पादशील क्षेत्रमा कर्जा लगानी भएको, बजेट तर्जुमा यथार्थपरक गर्न नसकेको, स्रोत सुनिश्चितताअन्तर्गत पटके बजेट निकासा गरेको, सीमा नाघेर रकामान्तर गरेको वर्षान्तमा खर्च गरेको, सार्वजनिक संस्थानको कार्यसम्पादन व्यवस्था कमजोर रहदा अर्थमन्त्रालयमा अत्यधिक बेरुजु देखा परेको महालेखा परीक्षकको कार्यालयको ५५ औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अर्थमन्त्रालयमा आर्थिक सुचकांक सकारात्मक नदेखिएको, राजस्व प्रक्षेपण यथार्थपरक नभएको, छुट र बक्यौता बढेको, योगदानमा आधारित निबृत्तिभरण व्यवस्था लागु नभएको, वैदेशिक सहायता बजेट प्रणालीबाहिरबाट परिचालित भएको र सहायताको लेखापरीक्षण नगराएको लगायतका कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बेरुजुमा डुबेको देश
देशको अर्थतन्त्रको बागडोर सम्हालेको अर्थमन्त्रालयले अनियमितामा चुर्लुम्म डुबेको छ ।
प्रतिवेदनअनुसार अधिकांश सरकारी निकाय बेरुजुमा देखिएका छन् । राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, न्याय परिषद्, कानून तथा संसदीय व्यवस्था मन्त्रालय र विज्ञान प्रविधिमन्त्रालयमा भने उल्लेख्य बेरुजु नदेखिएको उल्लेख छ । यो बाहेक सबै सरकारी निकायहरुमा बेरुजुले देखिएको प्रतिवेदनले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...