×

NMB BANK
NIC ASIA

पर्यटन विकासका लागि एमालेले बुझायाे सरकारलाई १६५ सुझाव

बैशाख २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २ वैशाख– पर्यटन क्षेत्रको समग्र विकास, प्रवद्र्धन तथा आगामी रणनीतिका लागि नेकपा (एमाले) पर्यटन प्रवर्द्धन विभाग र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सरकारलाई आफ्ना मागसहित सुझाव पेश गरेको छ । 

विभागका इन्चार्ज सूर्य थापाको नेतृत्वमा गएको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई भेटी सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नका लागि राष्ट्रियस्तरका २४ र प्रदेश तहका १४२ वटासहित १६५ वटा सुझाव र माग बुझाएको हो । 

दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालय स्थापनाको आवश्यक प्रक्रिया अविलम्ब अघि बढाउनुपर्ने, पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिन पर्यटनमैत्री नीति निर्माण गरिनुपर्ने माग गरिएको छ । 

यस्तै, काठमाडौँको ठमेल, पोखराको लेकसाइड, चितवनको सौराहा र लुम्बिनीमा २४ घण्टा नै पर्यटकीय गतिविधि खुला गरिनुपर्ने तथा काठमाडौँलाई धुलो र प्रदूषणमुक्त बनाउन प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ । 

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल–निजगढको निर्माण कार्य शीघ्र अघि बढाई निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडो पूरा गरेर भारत र चीनका विभिन्न शहरमा सिधै हवाई उडानको व्यवस्था मिलाउन सुझाव पत्रमा भनिएको छ । 

साथै, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई प्रभावकारी तुल्याई उपयुक्त नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धनलाई जोड दिई सम्पदा पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने सुझाइएको छ । 

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा खुला गरी अन्तर्राष्ट्रिय उडान व्यवस्थापनलाई सहजीकरण गरिनुपर्ने मागपत्रमा जनाइएको छ । 

मागसहितको सुझावपत्र ग्रहण गर्दै पर्यटनमन्त्री अधिकारीले प्राप्त सुझावलाई अध्ययन गरी कार्ययोजना बनाएर पेश गर्न सम्बन्धित महाशाखालाई आजै निर्देशन दिने बताए। 

कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रले दिएको योगदानलाई कम्तीमा २५ प्रतिशत पु¥याउन र पर्यटनमा व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार लागिपरेको भन्दै यो लक्ष्यमा पुग्न निजी क्षेत्रको सक्रिय साझेदारी अपरिहार्य भएको उनको भनाइ थियो । 

पर्यटनमन्त्री अधिकारीले न्यूनतम पर्यटकीय पूर्वाधार विस्तारमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै पर्यटन प्रवद्र्धनका लागि प्रदेश र स्थानीय सरकारसँग साझेदारी गरिने उल्लेख गरे । 

उनले सम्पदा पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र आगामी आर्थिक वर्षभित्र ८० प्रतिशत सम्पदा पुनःनिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । 

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई पूर्ण क्षमताका साथ सञ्चालन गरिने र त्यसमा केही कमजोरी देखिए कारबाहीको दायरामा ल्याइने अठोट व्यक्त गरे । सबै प्रदेशमा सरोकार भएका विज्ञसँग छलफल गरी सुझाव ल्याइएको एमाले केन्द्रीय सदस्यसमेत रहेका पर्यटन प्रवर्द्धन  विभागका इन्चार्ज सूर्य थापाले जानकारी दिए । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x