प्रिमियर लिग : पाँच खेल बाँकी हुँदै म्यानचेस्टर सिटी बन्यो विजेता

काठमाडौं, ३ वैशाख– इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । खेल बाँकी रहेपनि अंक तालिकाका आधारमा सिटीको विजय पक्का भएको हो । 

लिग अन्तर्गत आइतबारराति भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोमसँग पराजित भएपछि पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी पाँच खेल बाँकी हुँदै उपाधि विजेता बनेको हो ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड पाँच खेल बाँकी हुँदा म्यानचेस्टर सिटी भन्दा १६ अंकले पछि रहेको छ । अब बाँकी खेलमा सिटी पराजित र युनाइटेड विजयी भए पनि उपाधि सिटीकै पोल्टामा हुनेछ ।
म्यानचेस्टर सिटीले पछिल्लो सात सिजनमा तेस्रो पटक लिगको उपाधि जितेको हो । 
 

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस