आईपीएल : पञ्जावसँग चेन्नई चार रनले पराजित

काठमाडौं, ३ वैशाख– इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलअन्तर्गत गएराति भएको खेलमा किङ्स इलेवन पञ्चाव विजयी भएको छ । पञ्जावले चेन्नई सुपर किङ्सलाई ४ रनले हराएको हो ।
खेलमा १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नईलाई १ सय ९३ रनमा समेट्दै पञ्जाव विजयी भयो । मोहालीमा भएको खेलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले नटआउट ७९ र अम्बाती रायडुले ४९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
४४ बलमा ७९ रन बनाउने क्रममा धोनीले ६ चौका र ५ छक्का प्रहार गरेका थिए । पहिले ब्याटिङ गरेको पञ्जावले क्रिस गेलको ६३ रनको मद्दतमा १ सय ९७ रन बनाएको थियो । गेलले ३३ बलमा ७ चौका र ४ छक्कासहित ६३ रन बनाए । यस्तै, लोकेश राहुलले ३७ र मयांक अग्रवालले ३० रन बनाएका थिए ।
तीनमध्ये २ खेल जितेको पञ्जाव अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । तीनमध्ये २ खेल नै जिते पनि रन औसतका आधारमा चेन्नई तेश्रो स्थानमा छ ।
बैशाख ३, २०७५ मा प्रकाशितथप समाचार
- गेलको विस्फोटक व्याटिङले हैदराबादको अपराजित यात्रामा पूर्णविराम
- विस्फोटक व्याटिङ गरेका गेल भन्छन्- 'सहवागसँग कुरा गर्छु'
- राजस्थानमाथि कोलकाताको शानदार जित, पाँच खेलबाट ६ अंक बटुल्दै शीर्ष स्थानमा
- नेपाल क्रिकेट संघको विशेष साधारणसभा शुरु
- सन्दीपलाई खेलाउने मूडमा दिल्ली, क्रिस गेलको टीमविरुद्ध डेब्यु गर्ने सम्भावना !
- केविनको आत्मघाती गोलले चेल्सीको जित सहज
ताजा समाचार
अन्तर्वार्ता
दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्फा भुसाल [भिडियो अन्तर्वार्ता] पूरा पढ्नुहोस
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस