दिल्लीमा ठाकुरको भेटघाट स्थगित, अस्पताल बसाई लम्बियो

बैशाख ३, २०७५

नयाँदिल्ली, ३ बैशाख  — नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार नयाँदिल्ली आएका राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको अस्पताल बसाइ लम्बिएको छ । यही कारण यसअघि तय भएको उनको राजनीतिक भेटघाट स्थगित गरिएको छ ।

नेता ठाकुरको शुक्रबार गुडगावस्थित मेदान्त अस्पतालमा एन्जियोग्राफी गरिएको राजपा महासचिव तथा सांसद चन्दा चौधरीले जानकारी दिइन् ।


ADVERTISEMENT


बुधबार नियमित स्वास्थ्य परीक्षण गराएका ठाकुरलाई चिकित्सकले मुटुको भल्बमा अवरोध रहेको आशंका गर्दै तत्काल एन्जियोग्राफी गर्नुपर्ने सल्लाह दिएका थिए । एन्जियोग्राफी गर्नुअघि चिकित्सकले एक दिन मात्र अस्पताल बस्नुपर्ने बताए पनि शारीरिक कमजोरी र पिसाबमा समस्या देखिएपछि उनको अस्पताल बसाइ लम्बिएको हो । चौधरीका अनुसार सफल एन्जियोग्राफीपछि उनलाई सघन उपचार कक्षमा राखिएको छ, कान्तिपुरमा खबर छ ।

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार