सिरियासँग सम्बन्ध राख्ने रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

बैशाख ३, २०७५

काठमाडौं, ३ वैशाख–अमेरिकाले रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । सिरियासँग सम्बन्ध राख्ने सबै रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

प्रतिबन्धका बारेमा थप जानकारी सोमबार दिइने अमेरिकाले जनाएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले सिरियामा रसायनिक हतियार प्रयोग हुन नदिन अमेरिका प्रतिबद्ध रहेको समेत बताएको बीबीसीले जनाएको छ । 


ADVERTISEMENT

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सिरियामाथि पश्चिमी देशले थप क्षेप्यास्त्र प्रहार गरे अन्तर्राष्ट्रियस्तरमा अस्तव्यस्तता निम्त्याउने चेतावनी दिएका छन् ।
 

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस