ओली-प्रचण्ड भेटपछि एमालेले बोलायो स्थायी समितिको आकस्मिक बैठक

बैशाख ३, २०७५

काठमाडौं ३ वैशाख– विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र माओवादी केन्द्रसँगको पार्टी एकताबारे निर्णय गर्न नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे स्थायी कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग सोमवार बिहान भेटवार्ता गरेपछि एमालेले स्थायी कमिटीको बैठक बोलाएको हो । 

बैठकमा पार्टी एकता लगायत समसामयिक बिषयमा छलफल हुनेछ । 
 

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस