×

NMB BANK
NIC ASIA

साउदीमा १७ नेपाली उद्धारको पर्खाइमा, एयरपोर्टबाटै गायब बनाइदिने म्यानपावर सञ्चालकको धम्की !

बैशाख ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ वैशाख- साउदी अरेबियाको 'अल औदा' कम्पनीमा मजदूरी गर्न गएका १७ नेपाली कामदार विगत आठ महिनादेखि अलपत्र परेका छन् ।

Muktinath Bank

काठमाडौँस्थित 'मसरिक इन्टरनेशनल ओभरसिज'मार्फत करीब तीन वर्षअघि उनीहरू साउदी पुगेका थिए । कम्पनी र कामदारबीच भएको दुईवर्षे श्रम सम्झौता सकिए पनि कम्पनीले पासपोर्ट नदिएपछि उनीहरू घर फर्किन पाएका छैनन् । विगत ८ महिनादेखि उद्धारको पर्खाइमा बसिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूलाई पठाउने म्यानपावर सञ्चालकलाई उद्धारका लागि पहल गर्न बारम्बार फोन गर्दा सञ्चालकले एयरपोर्टबाटै गायब बनाइदिने धम्की दिएको वैदेशिक रोजगार विभागमा भेटिएका पीडित सोनाम लामाका दाइ ज्ञानबहादुर लामाले लोकान्तरलाई बताए । उनका अनुसार भाइ सोनाम अन्य १६ जनासंगै २०७२ सालको जेठमा मजदूरीका लागि साउदी पुगेका थिए । दुईवर्षे सम्झौता अवधिभित्र पनि उनीहरूले नेपालबाट तोकेर पठाएको तलब र अन्य सुविधा पाएका थिएनन् । सम्झौता अवधि सकिएपछि उनीहरूलाई पासपोर्ट नदिएर कम्पनीले अलपत्र पारेको हो । खर्चको अभावले उनीहरू भोकै बस्न बाध्य छन् ।


Advertisment
Nabil box
Kumari

अर्का पीडित बुद्धि गुरुङकी श्रीमती टीकाकुमारी गुरुङ तीन वर्षकी छोरी लिएर वैदेशिक रोजगार विभागको कार्यालय धाइरहेकी छन् । उनका अनुसार दुई वर्षसम्म श्रीमानले महिनाको दश/बाह्र हजार पठाउने भए पनि विगत ८ महिनादेखि एक पैसा पनि पठाएका छैनन् । उल्टै उता श्रीमान् अलपत्र परेको खबरले उनी मर्माहत छिन् ।

Vianet communication
Laxmi Bank

‘अखिल नेपाल वैदेशिक रोजगारपीडित तथा परामर्श संघ’ले पनि उद्दारको लागि निरन्तर पहल गरिरहेको बताएको छ । अलपत्र परेका १७ जनालाई पठाउने म्यानपावर कम्पनिमा ताला लगाउनुपरे पनि आफू पछि नहट्ने महासचिव पर्वतराज निरौलाले बताए ।

पीडितका आफन्तले उद्धारका लागि वैदेशिक रोजगार विभागबाट वैशाख तीन गते नै कुनै निर्णय हुनुपर्ने, म्यानपावर सञ्चालकलाई बोलाएर स्पष्टिकरण लिइनुपर्ने जस्ता मागहरू राखेर वैदेशिक रोजगार विभाग राहत तथा उद्धार शाखाका निर्देशक शशिकुमार लम्सालको कार्यकक्ष घेरेका थिए ।

निर्देशक लम्सालले म्यानपावर सञ्चालकलाई अबको १५ दिनभित्र उद्धार गरेर पीडितहरूलाई नेपाल नझिकाए म्यानपावरको इजाजत खारेज गरिदिने बताएका छन् ।

साउदीस्थित नेपाली दूतावासले पनि उद्धारका लागि कुनै पहल नगरेको पीडितका आफन्तको आरोप छ । साउदीको कानुनअनुसार श्रम सम्झौता सकिएको ७२ घण्टाभित्र कामदारहरूलाई फिर्ता पठाइसक्नु पर्ने हुन्छ, तर सो कम्पनीले एकैचोटी त्यति कामदार घर पठाउन धेरै खर्च लाग्ने भन्दै आफ्नो व्यवस्था आफैँ गर भनेर त्यहाँकै कानुनको उल्लङ्घन गरिरहेको जस्तो देखिन्छ ।

सम्झौताअवधि सकिएपछि कम्पनीले सञ्चयकोषमा रहेको रकम र जहाजको टिकट दिएर कामदार फर्काउनुपर्छ ।

यो विषयमा म्यानपावर सञ्चालक अर्जुन तामाङसंग सम्पर्क गर्दा, साउदीस्थित अल औदा कम्पनीले आफू र कामदारहरूलाई धोका दिएको बताए । सम्झौता अवधि सकिएर पासपोर्ट नपाएका कामदारहरूको उद्धारका लागि आफू पनि लागेको र आफ्नै पहलमा वैदेशिक रोजगार विभागमार्फत् सम्बन्धित देशको दूतावासलाई त्यहाँको अवस्था बुझ्न र पासपोर्ट फिर्ता गराउन कानूनी पहल थाल्न दबाब दिएको कुरा तामाङ बताउँछन् ।

पीडितहरूलाई एयरपोर्टबाटै गायब गरिदिने धम्की आफूले नदिएको उनको प्रष्टोक्ति छ । तर पीडितका एक आफन्तले धम्की दिएको अडियो क्लिप लोकान्तरकर्मीलाई सुनाएका थिए ।

आवाज तामाङको भए नभएको भने पुष्टि भएको छैन ।

उद्धारको पर्खाइमा रहेका नेपालीहरू:

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x