सिरिया तर्फ अघि बढ्दै रुसी जहाज, तेस्रो विश्व युद्धको खतरा ?

बैशाख ३, २०७५

सिरिया संकटका कारण तेस्रो विश्वयुद्धको खतरा उत्पन्न भएका छ । सिरिया सरकारको तीन महत्वपूर्ण स्थानमा अमेरिकाको गठवन्धन सेनाले आक्रमण गरेर ध्वस्त पारेको छ । अमेरिकाले आक्रमण नरोके बबाल हुने रुसी राष्ट्रपति भ्लादमिर पुटिनले चेनावनी दिएका छन् । जसका कारण विश्वनै सिरियाको पक्षमा र विपक्षमा ध्रुविकृत हुने खतरा बढेको छ । 

अमेरिका, फ्रान्स, बेलायत लगायतका देशले सिरियाले रासायनिक हतियार उत्पादन र प्रयोग गरिरहेको आरोप लगाउँदै आएको छ र त्यसलाई ध्वस्त पार्न भन्दै बमबारी गरिरहेको छ । उता रुस र सिरियाले भने अमेरिकी कारवाहीको निन्दा गरिहेको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसको युद्धक पानी जहाज सिरिया तर्फ अघि बढि रहेका छन् । 

डेलीमेलमा छापिएको एक रिपोर्टका अनुसार सोमबार सिरियाको बाटोमा दुई रुसी युद्धक जहाज सैनिक गाडीका साथमा जाँदै थिए । जसमा ट्यांक, सैनिक ट्रक तथा हतियारयुक्त नाउ थिए । एक जहाँजलाई टर्कीको नजिक बास्फोरेसमा देखिएको थियो । 

सिरिया विवादको कारण

२०११ मा जब अबरका कयौं देशमा जस्मिन क्रान्ति शुरु भएको थियो त्यति बेला सिरियामा पनि यसको शुरुवात भएको थियो । तर सात साल पछिपनि सिरियामा राष्ट्रपति बशर अल असदको सेना र विद्रोहीबीच युद्ध जारी छ । 

५ लाख भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् भने कयौं मानिस छिमेकी देशमा शरणका लागि गएका छन् । सिरियाका कयौं शहर खण्डहरु भएका छन् । 

अमेरिका, फ्रान्स, बेलायतले साथ मिलेर सिरियामाथि हवाई हमला गरेका छन् । साउदी अबर तथा टर्की अमेरिकाको समर्थन गरिरहेका छन् । अर्कोतर्फ इरान र चीनले अमेरिकाको कारवाहीलाई अरु देशको आन्तरिक मामलामाथिको हस्तक्षेप बताएका छन् । इरान यस लडाइमा रुस र सिरियाको साथमा उभिएको छ । 

अस्ट्रेलिया तथा क्यानडा यसपटकको कारवाहीमा सहभागी नभएपनि यसअघिको कारवाहीमा भने उनीहरुले अमेरिकालाई साथ दिएका थिए । 

साउदी अरब असद सरकार तथा इरानी हस्तक्षेपको विरोधमा छ र उसमाथि सिरियाका विद्रोहीलाई हतियार दिएको आरोप लागेको छ । 

विध्वंस र उजाडिदै गएको जिन्दगीका बीच आज सिरिया विश्वको लडाइको केन्द्र बनेको छ । विश्वको तमाम शक्ति बमबारीको केन्द्र सिरियालाई बनाइरहेका छन् । संयुक्त राष्ट्र संघ लगायतका सस्था शान्ति स्थापना गर्न, युद्ध रोक्न तथा मानिसको मृत्यु, धनमालको क्षति रोक्न असफल भइरहेका छन् ।
 

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस