हिरो बने हास्यकलाकार मनोज गजुरेल

बैशाख ३, २०७५

काठमाडौं, ३ वैशाख-हास्य कलाकार मनोज गजुरेल नायकको रूपमा देखा पर्ने भएका छन् । उनको मुख्य भूमिका रहने चलचित्र ‘सयकडा दश’को छायाङ्कन आज सोमबारदेखि राजधानीमा शुरु भएको छ । 

बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरबाट चलचित्रको छायाङ्कन शुरु भएको हो । सोही अवसरमा अभिनेता राजाराम पौडेलले माला लगाएर गजुरेललाई चलचित्र अभिनयमा स्वागत गरे ।

निर्देशक रामशरण पाठक रहेको चलचित्रमा अमृत ढुंगाना, करुणा श्रेष्ठले अनस्क्रिन रोमान्स गर्दैछन् ।

रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायतको पनि अभिनय रहेको छ ।  

रामेश्वर कार्कीको छायाङ्कन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत छ । गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र संदेश पाठकसँग टीमअप गर्दैछन् । 

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् ।

काठमाडौं र पोखरामा सुट गरिने फिल्मको सेड्युल झन्डै एक महिनाको हुने जानकारी निर्देशक पाठकले दिए ।

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस