×

NMB BANK
NIC ASIA

काठमाडौं, ३ वैशाख–विगत १ वर्षयता प्रहरीले छिटफुट मात्रामा गाँजा र चरेस फेला पारे पनि ठूलो मात्रामा बरामद गरेको थिएन । गाँजा खेती हुने क्षेत्रमा नै विशेष निगरानी बढाएपछि तस्करी कम भएको प्रहरी अनुमान थियो । 

Muktinath Bank

तर प्रहरीको अनुमान विपरीत नयाँ वर्षकै दिन (वैशाख १ गते) ठूलो मात्रामा चरेस बनाउन तयार पारिएको गाँजा (चिप्पड) बरामद भयो, त्यो पनि इन्धन बोक्ने ट्याङ्ककरबाट । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल आयल निगमको थानकोटस्थित डिपोमा इन्धन झारेर ना ४ ख ५३६८ नम्बरको ट्याङ्ककर पुनः इन्धन ल्याउन भन्दै थानकोटबाट नागढुङ्गाको ओरालो झर्यो । तर काठमाडौंको चन्द्रागिरी–२ झ्याप्ले खोला पुग्नेवित्तीकै सडक किनारमा रोकियो ।


Advertisment
Nabil box
Kumari

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोलाई सूचना आइपुगेको थियो, तेल बोक्ने ट्याङ्ककरमा गाँजा तस्करी हुँदैछ । सोही सूचनाको आधारमा ब्यूरोको टोली झ्याप्ले खोलामा पुगिसकेको थियो । 

Vianet communication
Laxmi Bank

ट्याङ्ककरमा गाँजा लोड हुन शुरु मात्रै भएको थियो, व्यूरोबाट खटिएको प्रहरी टोलीले ट्याङ्कर चालक र अर्का एक व्यक्तिलाई नियन्त्रणमा लियो । 

ट्याङ्ककरको अगाडिको भागमा राखेर त्रिभुवन राजपथको बाटो भएर सर्लाहीको मलंगवा हुँदै भारततर्फ गाँजा तस्करी गर्ने योजना थियो । तर लोड गर्न नपाउँदै गाँजा कारोबारी इमानसिंह स्याङ्बो पक्राउ परिहाले । प्रहरीले ट्याक्टरबाट डोरिले बाँधिएका १७ पोका गाँजा बरामद गरिएको जनाएको छ । जसको कूल तौल १६० किलो रहेको छ । 

इमानसिंहसँगै ट्याङ्ककर चालक सोमबहादुर थोकरलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना मकवानपुरका स्थायी बासिन्दा हुन् ।    

फेरि सल्बलाए गाँजा तस्कर

गत वर्ष (२०७३) पुस अन्तिमतिर लागू औषध नियन्त्रण व्यूरोले नै मकवानपुरमा विशेष कार्यक्रम गरी ‘गाँजा मुक्त’ अभियानले सार्थकता पाएको घोषणा गरेको थियो । त्यतिबेला व्यूरोको नेतृत्व तत्कालीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयबहादुर चन्दले गरेका थिए । 

व्यूरोको घोषणापछि गाँजा खेती हुने भनेर कहलिएका मकवानपुरका गाउँमा गाँजा खेती हुन पनि छाड्यो । तर गाँजा कारोबारीहरूले भने खेतीका लागि नयाँ ठाउँ रोजेका छन् । 

प्रहरीका अनुसार वैशाख १ गते बरामद गरिएको गाँजा मकवानपुरको कैलाश गाउँपालिका अन्तर्गत पर्ने पुरानो गाउँ र आखिटार भन्ने ठाउँमा उत्पादन र संकलन गरिएको हो । 

‘गाँजा कारोबारीले अहिले ठाउँ फेर्दै गाँजाको खेती गर्न थालेको देखिन्छ,’ लागू औषध नियन्त्रण ब्यूरोका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रेम शाहीले भने, ‘कारोबारीहरूले गाँजा खेतीमा लगानी गर्नेदेखि स्थानीयलाई खेती गर्न उक्साउनेसम्मका कार्य गर्दै आएका छन् ।’

५ हजारमा किन्ने १५ हजारमा बेच्ने !

प्रहरीका अनुसार गाँजाको कारोबारमा ३ तहका तस्करहरू सक्रिय छन् । पहिलो तहका तस्करहरू गाँजा खेतीमा लगानी गर्ने, स्थानीय किसानबाट गाँजा संकलन गर्ने तथा किसानहरुलाई गाँजा खेती गर्न उक्साउने खालका हुन्छन् । 

पहिलो तहका तस्करले किसानबाट गाँजा खेती गरेर आफूभन्दा माथिल्लो तहका तस्करसँग बिक्री गर्छन् । पहिलो तहका तस्करले किसानबाट प्रतिकिलो ५ हजारमा गाँजा खरिद गर्ने गर्छन् । उनीहरुले दोस्रो तहका तस्करलाई बिक्री गर्दा प्रतिकिलो १५ हजार रुपैयाँमा बिक्री गर्छन् । 

दोस्रो तहका तस्करले गाँजालाई चरेस उत्पादन गर्नका लागि ‘कम्प्रेस्ड’ (विशेष प्रकारले प्रशोधन गर्ने) काम गर्छन् । उनीहरूको राष्ट्रिय रुपमा विशेष सञ्जाल नै रहेको प्रहरी स्रोत बताउँछ । गाँजा कम्प्रेस्ड भइसकेपछि दोस्रो तहका तस्करले तेस्रो तहका तस्करलाई सम्पर्क गर्छन् । तेस्रो तहका तस्करहरूको अन्तर्राष्ट्रिय स्तरसम्म सम्पर्क र सञ्जाल हुन्छ । 

तेस्रो तहका तस्करकै योजनामा गाँजा नेपालबाट बाहिर तस्करी हुन्छ । तेस्रो तहका तस्करले नै कुन बाटो भएर कहाँ पठाउने भन्ने योजना बनाउँछन् । तर काम भने दोस्रो तहका तस्करले नै गर्नुपर्ने हुन्छ । 

वैशाख १ गते पक्राउ परेका इमानसिंह स्याङ्बो दोस्रो तहका तस्कर भएको प्रहरीको भनाइ छ । प्रहरीले तेस्रो तहका तस्करको खोजी भइरहेको जनाएको छ । 

इन्धन बोक्ने ट्याङ्ककरमा गाँजा तस्करी हुने गरेको भन्ने घटना पहिलोपटक सार्वजनिक भएको व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठूले राईले बताए । 

घटनामा ट्याङ्कर धनीको पनि संलग्नता रहेकोबारे छानबीन भइरहेको राईको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x