×

NMB BANK
NIC ASIA

लिभिङ टुगेदरको दुःखद परिणाम : केटी अर्कैसँग ‘सल्किए पछि’ ढुङ्गाले हानेर हत्या

बैशाख ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ वैशाख– पर्साको ठोरी घर भएका बिजय तामाङ्ग विगत २ वर्षदेखि राजधानीमा मजदुरी गर्दै आइरहेका थिए । काठमाडौंको धापासीमा डेरा गरेर बस्दै आएका उनको ७ महिना अगाडि एक युवतीसँग भेट भयो । 

Sagarmatha Cement
Muktinath Bank

युवती थिइन् स्थायी घर गोरखा भएकी पूर्णिमा बिक । उमेर ३० वर्ष पार गरिसकेकी पूर्णिमा श्रीमान्सँग सम्बन्ध बिग्रिए पछि काठमाडौं आएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घर बनाउने मजदुरका रुपमा काम गर्ने उनीहरुबीच दैनिकजसो भेटघाट हुन थाल्यो । भेटघाट बाल्किएपछि दुवैजनाले सँगै बस्ने निर्णय गरे । 


Advertisment
Nabil box
Kumari

राति सँगै (लिभिङ टुगेदरमा) बस्ने उनीहरुले दिउँसो काम गर्दा भने फरक फरक ठाउँमा जानु पर्थ्यो । यस्तोमा पूर्णिमाको भेटघाट आफूसँग काम गर्ने अन्य पुरुषसँग पनि हुन थाल्यो । जबदेखि उनले अन्य पुरुष साथीसँग संगत बढाइन्, बिजयको कोठामा आउजाउ कम गर्न थालिन् । 

Vianet communication
Laxmi Bank

विवाह नभए पनि बिजय उनीसँग आफ्नो श्रीमतीको जस्तै व्यवहार गर्थे । दुवैजना साँझ सँगै रक्सी पिउँथे । पूर्णिमाले कोठामा नआएको दिन झगडा हुन्थ्यो । साँझ रक्सी पिएपछि झगडा गर्ने उनीहरु विहान हुँदा मिलिसकेका हुन्थे । 

तर नयाँ वर्षको दोस्रो दिन (वैशाख २ गते) भने पूर्णिमाका लागि अन्तिम भयो ।  दिउँसाभरि काम गरेर साँझ घर फर्किने बेला पूर्णिमा र बिजयले झापासी नजिकैको एक भट्टीमा रक्सी पिए । रक्सी पिएपछि झगडा हुने उनीहरुको क्रम त्यो दिन पनि दोहोरियो ।

रक्सी पिएर पूर्णिमा आफ्ना अन्य साथीसँगै जान खोज्दै थिइन् भने बिजयले जसरी पनि कोठामा लैजान उनलाई डोर्याउँदै थिए । धापासी हाइटमा पुग्दा भने बिजयले पूर्णिमामाथि ढुङ्गाले हिर्काए । 

रिसको झोकमा पूर्णिमालाई ढुङ्गाले हिर्काएपछि बिजय आफ्नो कोठातर्फ लागे । कोठामा गएर खाना पकाइ खाएर सुते । तर उनले हानेको ढुङ्गो लागेर ढलेकी पूर्णिमाको भने आधा घण्टामै मृत्यु भइसकेको थियो । 

आइतवार राति ९ः३० बजेतिर पूर्णिमा मृत अवस्थामा फेला परेकी थिइन् ।  

प्रहरीले पूर्णिमाको हत्यामा संलग्न बिजयलाई सोमवार विहान उनकै कोठाबाट पक्राउ गरेको छ । 

लिभिङ टुगेदरको दुःखद परिणाम

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल यो घटनालाई लिभिङ टुगेदरको दुःखद परिणाम ठान्छन् । 

‘एक–अर्काबारे राम्ररी नजानेका, नबुझेका पुरुष–महिला ७ महिनादेखि सँगै बसिरहेका थिए । उनीहरुको यस्तो बसाइ नै अपराधको कारक हो,’ एसएसपी पोखरेल भन्छन् । 

पछिल्लो समय काठमाडौंमा भएका हत्या तथा बलात्कारका घटनामा पनि लिभिङ टुगेदरको परम्परा कारकको रुपमा देखिएको उनको भनाइ छ । 

‘केही समय मिलेर सँगै बस्ने । कुरा बिग्रिन थाल्यो भने एक–अर्कामाथि हिंसा गर्ने समस्या बिकराल बन्दै गएको छ,’ एसएसपी पोखरेल भन्छन्, ‘पछिल्लो काठमाडौंमा बलात्कार र हत्याका घटना बढ्दै जानुमा लिभिङ टुगेदर पनि एक जटिल कारणका रुपमा देखिएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x