×

NMB BANK
NIC ASIA

आजदेखि चल्दैछ बुटवलमा डोजर, सडक मिचेर बनेका ३ सय ११ घर भत्काइने

बैशाख ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ४ वैशाख– लामो समयदेखि रोकिएको बुटवल बजार क्षेत्रको सडक विस्तार कार्य अगाडि बढेको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले आज(मंगलबार)देखि सडकभित्र पर्ने भौतिक संरचनाहरूमा डोजर चलाएर भत्काउने तयारी गरेको हो । 

Muktinath Bank

त्यसको तयारी स्वरुप सोमबार बुटवल मिलनचोकस्थित हेभी इक्प्युमेन्ट रहेको कार्यालयको पर्खाल भत्काएर शुरू गरेको छ । आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले मंगलबार बिहान १० बजेदेखि बुटवल राजमार्ग चौराहाबाट ८२ फूटभित्र परेका संरचनाहरू हटाउन सुरू गर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘विभागीय मेसिनको प्रयोग गरिन घरहरु हटाउन शुरू गछौं । अबरोध गर्न खोज सुरक्षाकर्मीहरू पनि तत्कालै आउनेछन् ।’


Advertisment
Nabil box
Kumari

बुटवलको मुख्य बजार क्षेत्र राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.७ किलोमिटर सडकमा ३ सय ११ घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् । त्यसका लागि आयोजनाले १५ दिने सूचना जारी गरिसकेको थियो । सूचनाको मिति सोमबार सकिएको छ । यहाँ व्यवसायिक सटरहरू र अस्पतालहरू पनि सडक संरचनाभित्र परेका छन् ।  

Vianet communication
Laxmi Bank

घरधनीहरूलाई बढी क्षति नहोस् भनेर सम्यमता अपनाउँदा पनि घरधनीले अटेर गरे डोजर चलाएर हटाउनुको विकल्प नभएको श्रेष्ठको भनाइ छ । 

विगत ३ वर्षदेखि सात/आठ पटक ८२ फुटभित्र परेका संरचनाहरू हटाउन सूचना जारी गरिएको थियो  । 

आयोजनाले अहिले सडकका दायाँबायाँ रहका रूखहरू हटाइसकेको छ । ४ वर्ष अगाडि चार लेनमा  निर्माण भए पनि बुटवल बजार क्षेत्रको सडक ६ लेनको बनाउने दुई वर्ष अनुमति पाएको थियो । यहाँका ४२ जना घरधनीले आफूहरूका घर ‘नभत्काई पाऊँ’ भन्दै सर्वोच्च अदालत र उच्च अदालत बुटवलमा मुद्दा दर्ता गरेका थिए । 

जसले गर्दा करिब १ वर्ष काम रोकिए पनि हालै सर्वोच्च अदालतले मुद्दाउपर अन्तरिम आदेश दिनु नपर्ने फैसला दिएपछि आयोजनाले ठेकेदार कम्पनीलाई काम शुरू गर्न आग्रह गरेको हो । तर,यहाँका सडक संरचनाभित्र घर बनाएका घरधनीहरू आफूहरूलाई उचित व्यवस्थापनको माग गर्दै बुटवलका आन्दोलन गर्न थालेका छन् ।

सडक विस्तारको जिम्मा ‘द’ कञ्चनजङ्घा बिरूवा जेभी कन्ट्रक्सन प्रालि, काठमाडौँले लिएको छ । गत वर्ष चैत ३० गते ३० महिनाभित्र चार लेनको सडकलाई ६ लेनमा विस्तार गर्ने गरी ४१ करोड २३ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको हो । ठेकेदार कम्पनीले हालसम्म ४ करोड रूपैयाँ भुक्तानी लिइसकेको छ । यो सडक विस्तार आउँदो २०७६ असोजसम्म सक्नुपर्ने सम्झौता छ । आयोजनाका प्रमुख जीवेन्द्र मिश्रले सडक विस्तार थाल्नुको विकल्प नभएको बताए । ‘अब हामी रोकिँदैनौँ । काम अगाडि बढ्यो ।

छिट्टो काम सकेर हस्तान्तरण गर्नुको विकल्प छैन’ मिश्रले भने । अहिले कायम रहेको सडकको दायाँबायाँ सर्भिस लेन थप गरिने योजना छ । त्यस्तै अहिलेको सडकमा १० सेन्टिमिटर कंक्रिट थपिने छ भने हाल रहेको नाली थप विस्तार हुनेछ । ६ मिटरको सर्भिसलेन र २ मिटरको फुटपाथ बन्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x