×

NMB BANK
NIC ASIA

शिक्षामन्त्रीको गृहजिल्लामा १० हजारभन्दा बढी बालबालिका विद्यालयबाहिर

बैशाख ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, ४ वैशाख– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको गृह जिल्लामा नै दश हजारभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेको पाइएको छ । गृहजिल्ला महोत्तरीलाई साक्षर जिल्लाको रूपमा घोषणा गराउन हतार गरिरहेका शिक्षामन्त्री पोखरेलका लागि विद्यालयबाहिर यतिका संख्यामा बालबालिका रहनु ठूलो चुनौती बनेको छ ।

Muktinath Bank

शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालाहरूमा आमूल परिवर्तन ल्याउन क्रान्तिकै आवश्यकता रहेको र विभिन्न नीति तथा कार्यक्रम र सुधारका विभिन्न रोडम्याप सार्वजनिक गरिरहँदा उनकै गृह जिल्लाको शिक्षाको अवस्था अत्यन्तै दयनीय रहेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले देशैभरि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको अवस्थामा शिक्षामन्त्रीकै गृह जिल्लामा यतिको ठूलो संख्यामा बालबालिकाहरू विद्यालयबाहिर छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय जनगणना २०६८ अनुसार महोत्तरी जिलामा ३२ हजार ५६ जना बालबालिका विद्यालयबाहिर थिए । आर्थिक वर्ष २०७३/०७४ मा युनिसेफ र अनौपचारिक शिक्षा केन्द्रको सहयोगमा गरिएको सर्वेक्षणका आधारमा १० हजार ५ सय ५० जना बालबालिका अझै विद्यालयभन्दा बाहिर छन् ।

Vianet communication
Laxmi Bank

महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार गत वर्ष युनिसेफको सहयोगमा विद्यालयबाहिर रहेका बालबालिकाका लागि १३ गाविसमा किशोरी शिक्षा कार्यक्रम विभिन्न ८० वटा केन्द्रहरूमा सञ्चालन गरिएको थियो । जसबाट १ हजार ६ सय जना बालिका विद्यालय शिक्षामा प्रवेश गरेका थिए ।

अहिले महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा मात्रै ९ सय ९९ जना, मटिहानी नगरपालिकामा ५ सय ६१ जना पिपरा गाउँपालिकामा ५ सय ५२ जना, महोत्तरी गाउँपालिकामा ५ सय ६२ जना भंगहा नगरपालिकामा १ हजार ४ सय ७७ जना लोहारपट्टी नगरपालिकामा १ हजार २ सय ६३ जना, बलबा नगरपालिकामा ६ सय ३१ जना,सोनामा गाउँपालिकामा ७ सय ३९ जना, एकडारा गाउँ पालिकामा ४ सय ३ जना, मनरा शिसवा नगरपालिकामा ७ सय ३६ जना, सम्सी गाउँपालिकामा १ हजार ३ सय ८६ जना, रामगोपालपुर नगरपालिकामा ५ सय ६९ जना, औरही नगरपालिकामा ५ सय ९४ जना, गौशाला नगरपालिकामा १ हजार १ सय ६३ जना, बर्दिबास नगरपालिकामा ६ सय १५ जना बालबालिकाहरू विद्यालयबाहिर रहेका छन् ।

सबैभन्दा बढी भंगहा नगरपालिकामा बाहिर रहेको देखिएको छ । भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह भन्छन्, ‘मेरो नगरपालिकामा सबैभन्दा बढी दलित समुदायको बसोबास छ, त्यसकारण धेरै बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । यस शैक्षिक सत्रमा ती सबै विद्यार्थीलाई विद्यालयमा भर्ना गराउन विशेष अभियान चलाउने छु ।’ दलित समुदायका विद्यार्थीहरूका लागि निजी खर्चबाट टिफिन बक्स किनेर दिने तयारि गरेको मेयर साहले लोकान्तरसँग बताए ।

महोत्तरी जिल्लामा कुल ३९ माविमा उच्च माध्यमिक विद्यालय तह सञ्चालनमा रहेकामध्ये २६ जना दरबन्दीमा र ५१ जना राहतमा गरी कुल ७७ जना शिक्षकहरूको दरबन्दी रहेको छ । त्यसैगरी कुल ८४ वटा माध्यमिक विद्यालयहरू सञ्चालनमा रहेको छ, जसमध्ये २ सय ७ जना दरबन्दीमा र ६२ जना राहतमा गरी कुल २ सय ६९ जना शिक्षकहरूको दरबन्दी रहेको छ । त्यसैगरी ४६ वटा निम्न माध्यमिक विद्यालय सञ्चालनमा रहेकोमा २ सय २१ जना दरबन्दी र ७० जना राहत शिक्षक गरी कुल २ सय ९१ जना शिक्षक छन् ।

त्यसैगरी प्राथमिक विद्यालयतर्फ १ सय ८६ वटा प्रावि सञ्चालनमा रहेकोमा १ हजार ५८ दरबन्दी र ४ सय ७ जना राहत शिक्षक गरी कुल १ हजार ४ सय ६५ शिक्षकको दरबन्दी छ । आधारभूततर्फ २ सय ३२ विद्यालय सञ्चालनमा रहेकोमा १ हजार २ सय ७९ दरबन्दीमा र ४ सय ७७ राहतमा गरी कुल १ हजार ७ सय ५६ जना शिक्षकको दरबन्दी छ ।

यसका अतिरिक्त जिल्लामा ५ सय ४६ वटा बालविकास केन्द्र, ९० वटा धार्मिक विद्यालयहरू (मदरसा) स्वीकृत रहेकोमा ५६ वटा मदरसाहरू मात्र सञ्चालनमा रहेका छन् । प्राविधिकतर्फ कुल ८ वटा विद्यालयहरू सञ्चालनमा छन् भने, जलेश्वरको लचमु मावि खुला विद्यालयका रूपमा सञ्चालित छन् । विशेष शिक्षा कार्यक्रमअन्तर्गत ३ वटा दृष्टिविहीन, २ वटा बहिरा र १ सुस्त मनस्थिति गरी कुल ६ वटा विद्यालय सञ्चालित छन्, जसमा कुल ५१ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीका प्रमुख ठूलोबाबु दाहालले जानकारी दिए ।

विद्यार्थी  विवरण

जिल्लाका ३ सय १४ प्राविमा गणनाको आधारमा ४९ हजार ९ सय ३६ विद्यार्थीहरूमा कुल १ हजार ४ सय ६५ जना शिक्षकहरू मात्र रहेका छन्, प्रति ३४ विद्यार्थी १ शिक्षक पर्न आउँछ । निमावितर्फ कुल १ सय ३० विद्यालय रहेकोमा २५ हजार २३ विद्यार्थी र २ सय ९१ जना शिक्षक छन् । यहाँ प्रति ८६ विद्यार्थी एक शिक्षक रहेको देखिन्छ ।

कुल ८४ माविमा १२ हजार ९ सय ३९ विद्यार्थीहरू रहेकोमा २ सय ६९ जना मात्र शिक्षक छन् । प्रति ४८ विद्यार्थी एक शिक्षक रहेको देखिएको छ । त्यसैगरी ३९ वटा उच्च माध्यमिक विद्यालयतर्फ कुल २ हजार ३ सय ७८ विद्यार्थी रहेकोमा प्रति ३० विद्यार्थी एक शिक्षक छन् । औसतमा ४२ विद्यार्थी बराबर १ शिक्षक रहेको देख्न सकिन्छ ।

कतै धेरै त कतै थोरै शिक्षक

महोत्तरी जिल्लामा कतिपय यस्ता विद्यालयहरू पनि छन् जहाँ एक शिक्षकले मात्रै प्राथमिक विद्यालय सञ्चालन गरिरहेका छन्, भने कतिपय माध्यमिक विद्यालयहरू पनि प्रावि र निमावि तहका शिक्षक प्रधानाध्यापक भएर चलाइरहेका छन् । शिक्षकहरूको विषयगत र तहगत दरबन्दी मिलान नभएकाले पनि सामुदायिक विद्यालयहरूमा समस्या देखिएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहका अनुसार विगतमा विद्यालय व्यस्थापन समिति र प्रअको मिलेमतोमा आर्थिक चलखेल गरेर अयोग्य शिक्षकहरूलाई राहत र पीसीएफ कोटामा दरबन्दी गरिएको छ । राहत र पीसीएफ कोटा नै हटाउनु पर्ने मेयर साह बताउँछन् ।

एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला यादव भन्छन्, ‘मेरो गाउँपालिकामा कक्षा १ देखि नै अंग्रेजी माध्यममा पठन–पाठन गराउने तयारी गरेको छु, तर विद्यालयमा त्यसका लागि शिक्षक नै योग्य छैनन् ।’ मटिहानी नगरपालिकाका मेयर हरि मण्डल भन्छन्, ‘विद्यालयमा शिक्षकहरूको जबसम्म दरबन्दी मिलान गरिँदैन तबसम्म सामुदायिक विद्यालयमा पठन–पाठन व्यवस्थित गर्न सकिन्न ।’

प्रायःजसो नगरपालिका र गाउँपालिकामा मेयर तथा अध्यक्षहरूले शिक्षकहरूलाई स्पष्टिकरण सोधेका छन्, तर पनि सामुदायिक विद्यालाहरूमा सुधार आउन सकेको छैन । एकातर्फ हजारौं बालबालिकाहरू विद्यालयभन्दा बाहिर छन्, भर्ना हुने विद्यार्थीहरू पनि बीचमै पढाइ छाडेर जाने, शिक्षकहरू समयमा नआउने, आए पनि टिफिनसम्म मात्र विद्यालयमा बस्ने, भएकै शिक्षकहरूमध्ये कतिपय पढाउन असमर्थ भएकाले शिक्षामन्त्री पोखरेलले गृह जिल्लाको शिक्षा सुधारका लागि विशेष ध्यान दिनुपर्ने लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x