×

NMB BANK
NIC ASIA

बुटवलको सडक क्षेत्रभित्र पर्ने घरहरूमा चल्यो डोजर, ३ सय ११ घर भत्काइँदै

बैशाख ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ४ वैशाख–लामो समयदेखि रोकिएको बुटवल बजार क्षेत्रको सडक विस्तार कार्य अगाडि बढेको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले आज(मंगलबार)देखि सडकभित्र पर्ने भौतिक संरचनाहरूमा डोजर चलाएर भत्काउन शुरु गरेको छ ।

Muktinath Bank

त्यसको तयारी स्वरुप सोमबार बुटवल मिलनचोकस्थित हेभी इक्प्युमेन्ट रहेको कार्यालयको पर्खाल भत्काइएको थियो । आयोजनाका इञ्जिनियर गोविन्द श्रेष्ठले मंगलबार बिहान १० बजेदेखि बुटवल राजमार्ग चौराहाबाट ८२ फूटभित्र परेका संरचनाहरू हटाउन शुरू गरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

लोकान्तरसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘विभागीय मेसिनको प्रयोग गरिन घरहरू हटाउन शुरू गरेका छौँ । अवरोध गर्न खोजे सुरक्षाकर्मीहरू पनि तत्कालै आउनेछन् ।’

Vianet communication
Laxmi Bank

बुटवलको मुख्य बजार क्षेत्र राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.७ किलोमिटर सडकमा ३ सय ११ घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् । त्यसका लागि आयोजनाले १५ दिने सूचना जारी गरिसकेको थियो । सूचनाको मिति सोमबार सकिएको छ । यहाँ व्यवसायिक सटरहरू र अस्पतालहरू पनि सडक संरचनाभित्र परेका छन् ।  

घरधनीहरूलाई बढी क्षति नहोस् भनेर सम्यमता अपनाउँदा पनि घरधनीले अटेर गरे डोजर चलाएर हटाउनुको विकल्प नभएको श्रेष्ठको भनाइ छ । 

विगत ३ वर्षदेखि सात/आठ पटक ८२ फुटभित्र परेका संरचनाहरू हटाउन सूचना जारी गरिएको थियो  ।

आयोजनाले अहिले सडकका दायाँबायाँ रहका रूखहरू हटाइसकेको छ । ४ वर्ष अगाडि चार लेनमा  निर्माण भए पनि बुटवल बजार क्षेत्रको सडक ६ लेनको बनाउने दुई वर्ष अनुमति पाएको थियो । यहाँका ४२ जना घरधनीले आफूहरूका घर ‘नभत्काई पाऊँ’ भन्दै सर्वोच्च अदालत र उच्च अदालत बुटवलमा मुद्दा दर्ता गरेका थिए । 

जसले गर्दा करिब १ वर्ष काम रोकिए पनि हालै सर्वोच्च अदालतले मुद्दाउपर अन्तरिम आदेश दिनु नपर्ने फैसला दिएपछि आयोजनाले ठेकेदार कम्पनीलाई काम शुरू गर्न आग्रह गरेको हो । तर,यहाँका सडक संरचनाभित्र घर बनाएका घरधनीहरू आफूहरूलाई उचित व्यवस्थापनको माग गर्दै बुटवलका आन्दोलन गर्न थालेका छन् ।

सडक विस्तारको जिम्मा ‘द’ कञ्चनजङ्घा बिरूवा जेभी कन्ट्रक्सन प्रालि, काठमाडौँले लिएको छ । गत वर्ष चैत ३० गते ३० महिनाभित्र चार लेनको सडकलाई ६ लेनमा विस्तार गर्ने गरी ४१ करोड २३ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको हो । ठेकेदार कम्पनीले हालसम्म ४ करोड रूपैयाँ भुक्तानी लिइसकेको छ । यो सडक विस्तार आउँदो २०७६ असोजसम्म सक्नुपर्ने सम्झौता छ । आयोजनाका प्रमुख जीवेन्द्र मिश्रले सडक विस्तार थाल्नुको विकल्प नभएको बताए । ‘अब हामी रोकिँदैनौँ । काम अगाडि बढ्यो ।

छिट्टो काम सकेर हस्तान्तरण गर्नुको विकल्प छैन’ मिश्रले भने । अहिले कायम रहेको सडकको दायाँबायाँ सर्भिस लेन थप गरिने योजना छ । त्यस्तै अहिलेको सडकमा १० सेन्टिमिटर कंक्रिट थपिने छ भने हाल रहेको नाली थप विस्तार हुनेछ । ६ मिटरको सर्भिसलेन र २ मिटरको फुटपाथ बन्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x