इराकका पूर्व तानाशाह सद्दाम हुसेनको शव चिहानबाट गायब !

बैशाख ४, २०७५

इराकका पूर्व तानाशाह सद्दाम हुसेनको शव उनको सामाधिस्थलबाट हराएको छ । 

२००६ मा हुसेनलाई फाँसी दिइएको थियो । 

उनको शव गाडिएको समाधिस्थल तोडफोड भएको अवस्थामा खाली फेला परेको छ । 

सद्दाम हुसेनलाई ३० डिसेम्बर २००६ मा फाँसी दिइएको थियो । फाँसीपछि उनको शव अमेरिकी सैन्य हेलिकप्टरमा राखेर लगिएको थियो । 

सद्दामको शव इराकको अल अवजामा अन्तेष्टि गरिएको थियो । पछि यो स्थान मुस्लिमको तिर्थस्थलको रुपमा चर्चित भएको थियो । 

सद्दामका एक वंशज शेख मनफ अली अल निदाका अनुसार कसैले उनको शव निकालेर जलाएको छ । 

तर त्यहाँ खटिएका सुरक्षाअधिकारीहरुले भने आइएसको हमलाका कारण सद्दामको समाधिस्थल बर्बाद भएको हो । 
 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस