×

NMB BANK
NIC ASIA

शेयर बजारमा उल्लेख्य सुधार, कारोबार नै ३८ करोडले बढ्यो

बैशाख ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ बैशाख- यो वर्षको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उल्लेख्य सुधार आएको छ ।  मंगलबार कारोबार मापक नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार पनि उल्लेख्य बृद्धि भएको छ । लघुवित्त र बीमा समूहको नेप्से बढ्दा समग्र नेप्से सूचक नै उकालो लागेको हो ।   

Muktinath Bank

मंगलबार १६६ कम्पनीका १८ लाख ९५ हजार कित्ता शेयर ९५ करोड ४० लाख रुपैयाँमा खरिद बिक्री भयो । यो सोमबारको तुलनामा ३८ करोड रुपैयाँ बढी हो । सोमबार ५७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ३३ दशमलव ६१ अंकले बढेर १३३१ दशमलव १८ अंकमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.३२ अंकले बढेर २८२.५८ अंकमा पुगेको छ ।


Advertisment
Nabil box
Kumari

मंगलबार बिमा समूह ५ दशमलव ५१ प्रतिशत बढ्दै ६ हजार आठ सय ९८ अंकमा उक्लिएको छ । यसै गरी लघुवित्त समुहमा ७ दशमलव ६९ प्रतिशतले बृद्धि भएको छ ।  मंगलबार लघुवित्त समूह १२० दशमलव ११ अंकले बढेर १६८१ दशमलव ८० अंकमा उक्लिएको छ। बैंक समुहमा १२ दशमलव २, होटल ८६ दशमलव ०१, विकास बैंक ३५ दशमलव ५१, जलबिद्युत ४० दशमलव ८२, फाइनान्स ८ दशमलव ९४, उत्पादनमुलक ५४ दशमलव ९९ र अन्य २१ दशमलव ९९ अंकले बढेका छन्, ट्रेडिङ समूह भने ५ दशमलव ५७ अंकले घटेको छ।

Vianet communication
Laxmi Bank


मंगलबारको कारोबारमा बीमा र लघुवित्त समुहले अग्रता लिएका छन् । बीमा समुहको मात्रै मंगलबार ३८ करोड रुपैयाँको शेयर किनबेच भयो । लघुबित्त समूहको २० करोडको कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी सुर्य लाईफ इन्स्योरेन्स कम्पनीको करिब ६ करोड रुपैयाँको कारोबार भयो ।


मंगलबार कारोबारमा आएका १५३ कम्पनीको शेयर मूल्य बढ्यो भने १३ कम्पनीको मात्रै मूल्य घटेको छ । सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्सको १० प्रतिशत मूल्य बढेको छ। सहयोगी विकास बैंकका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए ।          
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x