×

NMB BANK
NIC ASIA

धनगढीका मुक्तकमैयाले १७ वर्ष पछि छाडे विमानस्थलको जग्गा

बैशाख ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ४ वैशाख– धनगढी उप–महानगरपालिका–१ स्थित पुरानो विमानस्थल (एयरपोर्ट)को अतिक्रमित जग्गा १७ वर्ष पछि खाली भएको छ ।

Muktinath Bank

सरकारले २०५७ सालमा मुक्त घोषणा गरे पनि व्यवस्थापन गर्न नसक्दा मुक्तकमैयाहरुले सो जग्गा अतिक्रमण गरी बसेका थिए । तर हालै उनीहरुलाई जग्गासहित अरु ठाउँमा व्यवस्थापन गरिए पछि सो जग्गा खाली भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगर विकास समितिको स्वामित्वमा रहेको सो जग्गा अतिक्रमणपूर्व विमानस्थलको रुपमा प्रयोग गरिँदै आइएको थियो । तर मानव बस्तीको बीचमा एयरपोर्ट उपयुक्त नभएपछि धनगढीको गेटामा नयाँ विमानस्थल बनाइए पछि सो जग्गा खाली भएको थियो ।


Advertisment
Nabil box
Kumari

नगर विकास समिति धनगढीका अध्यक्ष छत्र शाहीका अनुसार करिब पौने २ विघा क्षेत्रफलको सो जग्गासंगै रहेको ११ कठ्ठा जग्गामा मुक्तकमैयाहरुलाई व्यवस्थापन गरिएको छ । हालै ५३ परिवार रहेको सो बस्तीका मुक्तकमैयाहरुलाई ५/५ धुरको दरले लालपूर्जासहित जग्गा दिने सहमतिपछि अतिक्रमित जग्गा खाली भएको अध्यक्ष शाहीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

यसभन्दा पहिले पटक–पटक अतिक्रमित जग्गा खाली गराउने प्रयास गरिएको थियो । तर मुक्तकमैयाले आफूहरुलाई व्यवस्थापन नगरेसम्म जग्गा नछोड्ने अडान लिएपछि सो जग्गा खाली हुन सकेको थिएन । 

अतिक्रमित जग्गा खाली भए पछि नगर विकास समितिले नगरको आवश्यकताको आधारमा जग्गाको व्यवस्थापनमा जुटेको छ । खाली जग्गामा खुला मञ्च, प्रर्दशनी स्थल र हाटबजार बनाउने तयारी भैरहेको जनाइएको छ ।
धनगढी उप–महानगरापलिकाका मेयर नृपबहादुर वडले जग्गाको व्यवस्थापन गरी सबै भन्दा बढी आवश्कता भएको खुल्ला मञ्चलाई पहिलो प्राथमिकता राखी काम सुरु गर्ने बताए ।

धनगढीमा रहेको खुल्ला मञ्चमा खेलकुद विकास समितिले रङ्गशाला निर्माण गरे पछि यहाँ लामो समयदेखि विभिन्न मेला–महोत्सव, राजनीतिक दलका सभा र अन्य धार्मिक कार्यक्रम गर्न समस्या हुँदै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x