×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : यस्तो ‘अदृश्य विवाद’ बन्यो एकतामा भाँजो, यातायात सिन्डिकेटको बिदाइ

बैशाख ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ चैत–  चार दिनपछि अर्थात बैशाख ९ गते हुने भनिएको एमाले–माओवादी एकता तत्कालका लागि टरेका छ ।  एमाले उपाध्यक्ष वामदेव गौतमले एकताका विषयमा देखिएका केहि विषयलाई टुंगो लगाउने जिम्मा  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको भन्दै यही महिनाभित्र एकता गरिसक्ने बताए । 
एकतासम्बन्धी छलफल गर्न दुई पार्टीको मंगलबार बैठक बसेको थियो । तर सो बैठकमा दुई पार्टीबीच कुरा नमिलेपनि विवादित विषय मिलाउने जिम्मा दुई अध्यक्षलाई दिइएको हो । 
दुई पार्टीबीच मुख्यगरी एकीकृत पार्टीमा कुन पक्षको कति हिस्सेदारी रहने, दुबै अध्यक्षको भूमिका के हुने तथा महाधिवेशनपछि कसको नेतृत्व रहने विषयमा विवाद देखिएको छ । यस्तै जनयुद्धको विषय एकीकृत पार्टीको विधानमा राख्ने या नराख्ने तथा पार्टीको झण्डा के रहने भन्ने विवादका साथै सरकार सञ्चालनको कार्यशैलीलाई लिएर समेत विवाद देखिएको छ  । 
यसमा पनि महाधिवेशनमा कसको नेतृत्व हुने, प्रधानमन्त्रीको कार्यकाल कति–कति बाँड्ने र तत्काल दुई अध्यक्ष हुँदा कसको कार्यादेश के हुने भन्ने ‘अदृश्य विवाद’ एकतामा भाँजो बनेको बताइएको छ । 

Muktinath Bank

सिन्डिकेटको बिदाइ
सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता भएका यातायात समिति दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ‘अहिलेसम्म दर्ता भएका यातायात समिति नवीकरण हुने छैनन् भने नयाँ दर्ता गरिनेछैन,’ सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले भने । यससँगै देशमा अर्थव्यवस्थाले सिन्डिकेट अन्त्य गरेको २७ वर्ष र यातायात सिन्डिकेट कानुनी रूपमा अन्त्य भएको २५ वर्षपछि यथार्थमा सरकारले कानुनको कार्यान्वयन थालेको छ  । सरकारको निर्णयले देशभरका ३ सय ७ वटा शक्तिशाली यातायात समितिको सिन्डिकेट तोडिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद्को थप निर्णय, १२ मन्त्रालयका छ विभाग खारेज
सरकारलेसंघमा रहने मन्त्रालयको विभाग र कर्मचारी दरबन्दी घटाउने सन्दर्भमा हालसम्म १२ वटा मन्त्रालय मातहातका ४० विभाग रहेकामा त्यसलाई घटाएर ३४ कायम गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटाले जानकारी दिएका छन् । 


Advertisment
Nabil box
Kumari

यसरी विभागको संख्या घट्दा २६ दशमलव ७६ प्रतिशत अर्थात ९४६ कर्मचारीको दरबन्दी कटौती हुने छ । अरु २१ वटा विभागको बारेमा छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको उनले बताए ।  

Vianet communication
Laxmi Bank

यस्तै सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार दरमा शतप्रतिशत वृद्धि गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय गरेको बाँस्कोटाले जानकारी दिए । 

चिनीको हाल भन्सार दर १५ प्रतिशत कायम रहेको छ ।
 यस्तै सरकारले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण गर्ने सतुङ्गल क्षेत्रको ६ दशमलव ६ किमी क्षेत्रको जग्गा एकीकरण योजना सञ्चालन गर्न उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको छ। 
विमानस्थल २१ घण्टा सञ्चालन हुने
मुलुकको एक मात्र त्रिभुवन अन्तररराष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरे । 

नेपाल पर्यटन पूर्वाधार विकास परिषद्ले मंगलबार मन्त्रालयमा आयोजना गरेको ‘पर्यटन नीति र पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा मन्त्री अधिकारीले विमानस्थलको विद्यमान हवाई चाप (एयर ट्राफिक) व्यवस्थापन गर्न विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागिएको बताए । 
घुस रकमसहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौँका निमित्त निर्देशक डा रामदेव यादवललाई घुस रकमसहित पक्राउ गरेको छ । 

निमित्त निर्देशक यादवलाई आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई तीनमहिने प्रशिक्षण गराउने प्रयोजनका लागि रु ३७ हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको जनाएको छ । 

आयोगले सेवाग्राहीसँग घुस रकम लिने सिरहा कल्याणपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुख वासुदेवकुमार यादव र लेखापाल जयराम चौधरीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । 

राष्ट्रपतिको शपथ विवादसम्बन्धी रिट खारेज
राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । 

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको रिट निवेदन खारेज गरेको हो । 

अवकाश प्राप्त प्रधानन्यायाधीशले राष्ट्रपति भण्डारीलाई शपथ ग्रहण गराउनु असंवैधानिक भएको उल्लेख गर्दै अधिवक्ताद्वय नारायण खरेल र हेममणि सुवेदीले गत चैत १४ गते रिट निवेदन दायर गरेका थिए । 

रिट निवेदनमा न्याय परिषद्मा भएको तत्कालीन प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रअनुसार गत साउन २१ गते नै उमेर हदले ६५ वर्ष पुगेको हुँदा उनले खुवाएको शपथग्रहण गैरकानूनी भएको उल्लेख गरिएको थियो । 
चिनियाँ विमान निगमलाई हस्तान्तरण
चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान मंगलबार औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ । 

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गरे । 

विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो । जम्मा १७ सिट क्षमताका यी दुईसहित छ वटा चिनियाँ विमान नेपाल आइसकेका छन् । छ विमानमध्ये दुई विमान वाई १२ र एमए ६० (५६ सिट क्षमताका) विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ । 

विसं २०६९ मा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौताबमोजिम कूल ६ वटा जहाज नेपाल वायुसेवा निगमले ल्याउने र त्यसमा दुई अनुदान र चार वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो । निगमका पुराना तीनसहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्रा्ष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । 

हाल निगमले देशका विभिन्न २३ गन्तव्यमा आन्तरिक तथा अन्तर्रा्ष्ट्रियतर्फ विभिन्न मुलुकका आठ वटा गन्तव्यमा नियमित उडान भर्दै आएको छ ।

आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान
नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । 

नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग चितवन, मेट्रो काठमाडौँ ग्यास धादिङ, एनएल ग्यास उद्योग बारा, जानकी ग्यास उद्योग नवलपरासी र मारुती ग्यास सुनसरी रहेका छन् ।

अखिलका एक सदस्यले एक विद्यार्थी भर्ना गराउने
नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पु¥याउन यही वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए । 

अभियान सञ्चालन गर्नका लागि अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालको संयोजकत्वमा आठ सदस्यीय एक समिति गठन गरिएको छ ।

दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन
दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको छ । 

दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो । 

उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उनलाई अपहरण गरिएको थियो । 

यसरी अपहरण गरी उनलाई बलजफ्ती रुपमा एक चलचित्रमा अभिनय पनि गर्न लगाइएको थियो । 

दशकौँसम्म दक्षिण कोरियामा प्रख्यात र लोकप्रीय रहेका कलाकार चोइलाई सन् १९७८ मा हङ्कङ्कमा रहेका बेला अपहरण गरिएको थियो । 

अपहरण गरेर उत्तर कोरिया पु¥याइएका कलाकार चोइले आठ दिनसम्म विरोधस्वरुप केही नखाई बसेको पनि जनाइएको थियो । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x