×

NMB BANK
NIC ASIA

यी हुन् देशभरका शक्तिशाली ५ यातायात समिति र संघ

बैशाख ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ५ बैशाख- सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता भएका यातायात समिति दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

Muktinath Bank

देशभरका शक्तिशाली ५ यातायात समिति र संघ
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ देशभरका ३०७ वटा यातायात समितिहरूको छाता संगठन हो । यो सबैभन्दा शक्तिशाली र सिन्डिकेटको संरक्षक संस्था हो । सवारी साधनको विविधता र संख्यामा नारायणी यातायात व्यवसायी समिति सबैभन्दा शक्तिशाली समितिमा पर्छ । त्यसपछि पश्चिम नेपाल बस व्यवसायी संघ, बुटवल हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१. नारायणी यातायात व्यवसायी समिति, हेटौडा
सबै प्रकारका सवारी साधन सञ्चालन गर्ने देशकै सबैभन्दा ठूलो यातायात समिति हो । यस समितिसँग ४ हजार २ सय यातायात व्यवसायी आवद्ध छन् । २०३६ सालमा स्थापना भएको यस समितिले माइक्रो बस, मिनी बस लगायत अन्य यात्रुबाहक सवारी साधन र अधिकांश मालवाहक सवारी साधन गरेर ९ हजार सवारी साधन दर्ता छन् । यसको पहुँच देशभर रहेको छ । समितिले वार्षिक २० करोड रुपैयाँ उपचार र अन्य शीर्षकमा खर्च गर्ने गरिरहेको छ । समितिमा आवद्ध नभइकन व्यवसायीले मालवाहक वा यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सक्दैनन् । यस समितिमा आवद्ध हुनलाई न्यूनतम २० हजारदेखि अधिकतम १ लाख रुपैयाँ रहेको समितिले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

२. पश्चिम नेपाल बस व्यवसायी संघ, बुटवल
सबैभन्दा धेरै बस सञ्चालन गर्ने र शक्तिशाली समितिमा पश्चिमाञ्चलन यातायात व्यवसायी समिति पर्छ । यसले २ हजार ४ सय सवारी साधन सञ्चालन गरिरहेको छ । २०२६ सालमा स्थापना भएको यस संघ अन्तर्गत २ हजार २ सय व्यवसायी छन् । संघले बस, मिनीबस, हायस, माइक्रोबस सञ्चालन गरिरहेको छ । सरकारले हचुवाको भरमा संस्था दर्ता र नविकरण गर्ने निर्णय गरेको समितिको भनाइ छ । सिण्डिकेटको अन्त्य गर्ने विषयमा संघ सकारात्मक रहेको अध्यक्ष दविराम खरेलले जानकारी दिए । तर, विमा शुल्क र उपचार खर्च सरकारले व्यहोर्ने हो भने मात्र कम्पनीमा दर्ता गर्न सकिने संघका अध्यक्षको भनाइ छ । संघले वार्षिक विमामा मात्र १५ करोड र उपचारमा ८ करोड रुपैयाँ खर्च हुने गरको बताएको छ ।

Vianet communication
Laxmi Bank

३. पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा
यो देशभरको बस सञ्चालन गर्ने समितिमध्ये दोस्रो ठूलो समिति हो । समितिले १ हजार ३७५ वटा सवारी साधन सञ्चालन गरिरहेको छ । समितिले वार्षिक रुपमा भलाई कोषाट ३ करोड रुपैयाँ खर्च गर्छ । विमाको लागि ५ करोड रुपैयाँ वार्षिक खर्च गर्ने गरेको छ । समितिमा ४ सय कर्मचारी रहेका छन भने ७ सय ड्राइभर छन् ।

४. अरनिको यातायात सेवा समिति, काठमाडौं
२०२९ सालमा स्थापना भएको यो समिति शक्तिशालीमध्येको एक हो । यस समितिसँग ६५० वटा सवारी साधन रहेका छन् । यसले मूख्यगरी ४ वटा जिल्ला रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीमा बस सञ्चालन गरिरहेको छ । त्यसबाहेक सोलुखुम्बु, खोटाङलगायतका जिल्लामा पनि यातायात सञ्चालन गरिरहेको छ । समितिको वार्षिक खर्च ४ करोड रुपैयाँ रहेको अरनिको यातायात सेवा समितिका अध्यक्ष श्याम लामाले जानकारी दिए । आलोपालो गरेर एक पटकमा २ सय बस तथा माइक्रो सञ्चालन गरिरहेको छ । समितिमा एकल र साझेदारीमा गरी ६ सय ५० भन्दा बढी व्यवसायी रहेका छन् । समितिले उपचार खर्च नै साढे २ करोड खर्च हुने गरेको छ । ‘समितिलाई खारेज गरेर कम्पनीमा दर्ता गर्ने विषय सम्भव छैन’ उनले भने ।

५. राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समिति
दाङमा केन्द्रिय कार्यालय रहेको राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिको स्थापना २०४१ सालमा भएको हो । देशैभर यातायात सेवा सञ्चालन गदै आएको समितिले भारतको देहरादुन र दिल्लीमा समेत आफना गाडी सञ्चालन गर्छ । हाल साना ठूला गरि ६ सय ५० गाडी समितिमा आबद्ध रहेको अध्यक्ष सुरेश हमालले जानकारी दिए । गाडीहरूलाई बिमा उपल्बध गराईराख्नु पर्ने हुँदा समितिका बारेमा रहेको कोष ठयाक्कै भन्न नसकिने बताए । करिब ५० लाख रुपैयाँको चल्ती कोष समितिको मातहतमा छ । समितिले दुर्घटना पछि मृत्यू भएका यात्रुलाई वार्षिक रुपमा करोड रुपैया खर्चेर उपचार गरिरहेको छ । समितिले लामो दुरीका ठुला गाडीका लागि १ लाख ५० हजार र छोटो दुरीका सवारी साधनका लागि १० हजारदेखि १ लाख रुपैयासम्मको समितिमा प्रवेश शुल्क लिदै आएको छ । समितिले यात्रु वर्गलाई दिईएको सहज र विश्वसनिय सुविधा, गाडी मालिकलाई सवारी झिक्दा र चलाँउदा प्रदान गरिने सुविधा प्रदान गर्दै आएको दाबी छ । -नयाँ पत्रिकाबाट 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x