फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
काठमाडौँ, ५ वैशाख - फौजदारी कसुरमा दोषी ठहर भएर दश वर्षभन्दा कम कैद सजाय पाएका व्यक्तिले जमानतमै बसेर मुद्दा दोहो-याउन तथा पुनरावलोकन निवेदनको सुनुवाइमा सहभागी हुन पाउने भएका छन् । मुलुकी ऐन अदालती बन्दोबस्त (अ.बं.) १९४ को व्याख्या गर्दै सर्वोच्च अदालतले पुनरावेदनसँगै दोहो-याई पाऊँ तथा पुनरावलोकनमा धरौटी तथा जमानतको सुविधा दिने व्याख्या गरेको हो । तर, यस्तो अधिकार निरपेक्ष भने नरहेको सर्वोच्चको बृहत् पूर्ण इजलासले व्याख्या गरेको छ ।
अवैध काठ कटान गरेको मुद्दामा जिल्ला र पुनरावेदन तहबाट दोषी ठहर भएका शशीकान्त तिवारीले अदालती बन्दोबस्त १९४ अनुसार साधारण तारेखमा रहेर मुद्दा दोहो¥याई पाउन दायर गरेको मुद्दामा बृहत् पूर्ण इजलासले यस्तो व्याख्या गरेको हो । गत साउनमै मुद्दाको फैसला भए पनि पूर्ण पाठ भने हालै सार्वजनिक भएको हो ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरेको सात सदस्यीय बृहत् पूर्ण इजलासले यस्तो व्याख्या गरेको छ ।
व्याख्याअनुसार फौजदारी मुद्दामा बढीमा दश वर्षभन्दा कम कैद सजाय पाएका व्यक्तिले मुद्दा पुनरावेदन, दोहो¥याई पाउने अनुमति र पुनरावलोकन निस्सा पाएमा धरौटीमा बसेर मुद्दाको कारबाहीमा सहभागी हुन पाउनेछन् । तर, फौजदारी मुद्दामध्ये भ्रष्टाचार निवारण ऐनअन्तर्गतका मुद्दा, नोट, विदेशी विनिमय, निकासी पैठारीसम्बन्धी कसुर, सरकारी बिगो र कागजात, सरकार तथा सरकार मातहतका संस्थाको धनमाल चोरी लगायत मुद्दामा भने जमानत अस्वीकार हुन सक्नेछ ।
सर्वोच्चको बृहत् पूर्ण इजलासको व्याख्यामा भनिएको छ, ‘तल्लो अदालत वा निकाय वा पदाधिकारीले कैद सजाय हुने ठहर गरेको फैसलाउपर यस अदालतमा परेको पुनरावेदन, मुद्दा दोहो¥याई हेरी पाऊँ भन्ने निवेदन, पुनरावलोकन गर्ने निस्सा प्राप्त गरेका मुद्दा वा पुनरावेदनको अनुमतिको निवेदनसाथ अ.बं. १९४ को सुविधा माग भएको अवस्थामा उक्त नम्बरले निषेध गरेको अवस्था र मुद्दा बाहेकका अवस्थामा कानुनबमोजिम अ.बं. १९४ को सुविधा प्रदान गर्नू । ’
सर्वोच्चले आधुनिक फौजदारी विधिशास्त्रअनुसार उपचारको बाटोमा हिँडेको व्यक्तिलाई उपचारको प्रक्रियाले पूर्णता नपाउँदै उपचारविहीन बनाउनु उपयुक्त नहुने व्याख्यामा उल्लेख छ । फैसलामा भनिएको छ, ‘उपचारको बाटोमा हिँडेको व्यक्तिलाई उपचारको प्रक्रियाले पूर्णता नपाउँदै उपचारविहीन बनाउनु उपयुक्त हुँदैन । मुद्दाको कारणबाट सबै मुद्दामा परेका निवेदनलाई पनि मुद्दाकै रूपमा लिनुपर्ने हुन्छ । अ.बं. १९४ नम्बरको पुनरावेदन भन्ने प्राविधिक शब्दावलीको आधारमा न्यायको उपचारको मार्ग बन्द गर्न एवम् न्यायबाट वञ्चित गर्न मिल्दैन । ’
अदालती बन्दोबस्त १९३ ले फैसलामा कैद सजाय पाउने ठहरेको सम्बन्धमा १९४ ले निषेध गरेको अवस्था बाहेकमा पुनरावेदन वा सो सरहको निवेदनले पनि धरौटी वा जमानीमा छाड्न सक्ने व्यवस्था छ ।
अ.बं. १९४ नम्बरमा फौजदारी मुद्दामा फैसला गर्ने अदालतले ३ वर्षसम्म कैद सजाय भएको मुद्दामा पुनरावेदन गर्ने म्यादसम्मलाई र पुनरावेदन सुन्ने अदालतले भए १० वर्षसम्म कैद सजाय भएकोमा पुनरावेदन गर्ने म्यादसम्मलाई र पुनरावेदन दर्ता भएकोमा किनारा नभएसम्म जमानतमा राख्न सक्ने व्यवस्था छ, गोरखापत्रमा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...