×

NMB BANK
NIC ASIA

२४ घण्टा पनि टिकेन सहमति ! प्रचण्ड भन्छन्– ‘त्यस्तो सहमति भएकै छैन’

बैशाख ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ वैशाख–नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि सूर्य चुनाव  चिह्न राख्ने सहमति भएको भन्ने एमालेका एक प्रभावशाली नेताको भनाइको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खण्डन गरेका छन् ।

Muktinath Bank

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी एकता संयोजन समितिको बैठकमा चुनाव चिह्न सूर्य राख्नेमा सहमति भएको रक्षामन्त्री एवं एमाले महासचिव इश्वर पोखरेलले बताएका थिए । सूर्य चिह्नमा सहमति भएको भन्ने पोखरेलको भनाई उदृद्ध गर्दै राष्ट्रिय समाचार समिति (रासस)ले समाचार लेखेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रक्षामन्त्री समेत रहेका एमाले महासचिव पोखरेलको भनाइको माओवादी अध्यक्ष प्रचण्डले बुधवार खण्डन गरेका छन् । गृह जिल्ला चितवनमा बुधवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले चुनाव चिह्नको विषयमा सहमति भइनसकेको दाबी गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

नेकपा एमालेका अर्का एक प्रभावशाली नेताले पनि सूर्य चिह्न छाड्न नसकिने बताए । ‘पार्टीको नाम फेर्न सकिएला चुनाव चिह्न फेर्न सकिँदैन,’ ती नेताले भने, ‘सूर्य चिह्न र एमाले एकअर्काका परिपूरक भइसकेका छन् ।’
नेकपा माओवादीले उठाउँदै आएको ‘जनयुद्ध’लाई स्वीकार्ने शर्तमा माओवादीले सूर्य चिह्नमा सहमति जनाएको एमाले स्रोतको दाबी छ । प्रचण्डले भने यस विषयमा छलफल जारी रहेको बताएका छन् ।

Vianet communication
Laxmi Bank

‘चुनाव चिह्न त प्राविधिक विषय हो, मिल्न बाँकी धेरै विषय छन्,’ माओवादीका एक नेताले लोकान्तरसँग भने, ‘मुख्य कुरा एकता सम्मानजनक हुने कि नहुने भन्ने नै हो ।’ माओवादीले संगठनमा ५० प्रतिशतको हिस्सा दाबी गरेको छ भने एमालेले गत निर्वाचनमा पाएको मत प्रतिसतलाई आधार बनाउनु पर्ने अडान राखेको छ ।

मंगलवार बसेको एमाले माओवादी कार्यदलको बैठकले सहमति जुट्न नसकेका विषयमा छलफल गर्ने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिएको थियो । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति जुटन नसकेको विषयमा एक्लाएक्लै छलफल भएपछि मात्र संयोजन समितिको बैठक बस्ने तयारी छ ।

गृहकार्य प्रर्याप्त नभएकोले ९ वैशाखमा पार्टी एकता गर्ने तयारी भने तत्कालका लागि टरेको छ । बाहिर केही प्राविधिक विषयमा सहमति जुट्न नसकेको बताइए पनि केही शीर्ष नेताले आफ्नो भविष्यको सुनिश्चितता खोजेका कारण एकतामा ढिलाइ भएको दुवै पार्टीनिकट स्रोतहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x