×

NMB BANK
NIC ASIA

देशकै उत्कृष्ट बन्ने सपना बोकेका मेयर, जसले आफ्नै *सासूलाई कारबाही गरे !

बैशाख ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, ५ वैशाख– सुशासन कायम गर्न भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले कार्यालयमा अनुपस्थित हुने आफ्नै सासूलाई कारबाही गरेका छन् ।

Muktinath Bank

छड्के अनुगमनका क्रममा भंगाहा– ५ सीतापुरस्थित स्वास्थ्यचौकीमा कार्यरत सासू उषादेवी साह दुईदिन कार्यालयमा उपस्थित नभएको पाइएपछि उनले हाजिरीमा रातो मसीले गयल गराएर कारबाही गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘घरमा आएपछि विवाद त भयो, तर कि तपाईं समयमा कार्यालय जानुपर्‍यो, होइन भने हामी दुईमध्ये एकले त राजीनामा दिनैपर्छ भनेर सम्झाएँ,’ साहले लोकान्तरसँग भने, ‘यदि मैले आफ्नै सासूलाई कारबाही नगरेको भए अन्य कर्मचारीलाई चित्त बुझाउन सकिन्नथ्यो ।’


Advertisment
Nabil box
Kumari

साहले आफ्नै कार्यालयका निमित्त प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखापाल रामपरीक्षण पण्डित र नायब सुब्बा रामतेज भण्डारीलाई स्पष्टिकरण सोधेका छन् ।

Vianet communication
Laxmi Bank

‘२५ चैत २०७४ का दिन १० बजे कार्यालयमा हाजिर भई कार्यालय सञ्चालन गर्नुपर्नेमा १ घण्टा ४५ मिनेट ढिला गरी कार्यालयमा हाजिर भएको हुँदा तपाईंलाई स्पष्टिकरण सोधिएको छ,’ उनले कर्मचारीहरूलाई थमाएको स्पष्टिकरण पत्रमा भनिएको छ, ‘विगतमा पनि समयमा हाजिर नभएकाले पटक–पटक मौखिक संकेत गराउँदा समेत अटेरी गर्नुको कारण के हो ? तपाईंलाई निजामति नियमावलीबमोजिम कारबाही किन नगर्ने ?’

विद्यालय र स्वास्थ्यचौकीमा छड्के

मेयर साहले आफ्नो नगरपालिका भित्रका विभिन्न विद्यालय र स्वास्थ्यचौकीमा छड्के अनुगमन गरी कार्यालय समयमा अनुपस्थित हुनेलाई स्पष्टिकरण सोधेका छन् ।

अनुगमनका क्रममा विभिन्न विद्यालयमा प्रधानाध्यापक नै उपस्थित नहुने, समयअगावै कार्यालय छाडेर जाने, नियमित अध्यापन नहुने लगायतको अवस्था देखिएको थियो । यसरी बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने शिक्षकहरूलाई स्पष्टिकरण सोधेको उनले बताए ।

अनुगमनका क्रममा उनले कतै एकदमै न्यून दरबन्दी र केहीमा त एक जना शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेको पाए ।

‘कतै प्रावि शिक्षकको भरमा मावि सञ्चालन भइरहेको छ, कतै एकजना शिक्षकले विद्यालय चलाएका छन्,’ उनले भने, ‘शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत भेटेर शिक्षक समायोजन र विषयगत दरबन्दी मिलान गरिदिन भनेको छु, हेरौं उहाँले कतिसम्म सहयोग गर्नुहुन्छ ।’ आफ्नो नगरपालिका शिक्षामन्त्रीकै निर्वाचन क्षेत्रमा पर्ने भएकाले सहयोग पाउने उनको आशा छ ।

उनले स्वास्थ्यचौकीहरूमा पनि यसैगरी छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा स्वास्थ्यकर्मीहरूसमेत समयमा उपस्थित नहुने गरेको, जुनसुकै बेला आए वा नआए पनि समयमै उपस्थित भएको भनेर हाजिरी गर्ने गरेको पाइएको उनले बताए । यस्तो अवस्थामा भेटिएकाहरूलाई स्पष्टिकरण सोधर एकपटकका लागि नसियत दिएर छाडेको उनको भनाइ छ ।

‘अनुगमनपछि बिद्यालय र स्वास्थ्यचौकीमा केही सुधार भए पनि पूर्ण सुधार हुन सकेको छैन’, मेयर साहले लोकान्तरसँग भने ।

मदिरा निषेधित क्षेत्र

मदिराको जथाभावी सेवन तथा बिक्री वितरणका कारण झैझगडा र घरेलु हिंसा बढेपछि उनले नगरपालिकालाई खुला मदिरा निषेधित क्षेत्र घोषण गरेका छन् ।

नगर कार्यपालिकाको बैठकबाट  नगरपालिका क्षेत्रभरी अवैधरूपमा मदिरा उत्पादन, बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । मदिरा बिक्री वितरण गर्नेलाई ५ हजार र सेवन गर्नेलाई ५ सय जरिवाना तोकिएको छ । यस्तो निर्णयपछि पनि मदिरा बिक्री गर्ने ५ जनालाई कारबाही गरी ३० हजार राजश्व संकलन गरेको उनले बताए । उनकै अग्रसरतामा नगर क्षेत्रभित्र अनुगमन गरी अवैध मदिरा नष्ट समेत गरिएको छ ।

भाडाको गाडी सुविधा नलिने घोषणा

भंगाहा नगरपालिकासँग आफ्नै गाडी छैन । आफ्नै गाडी नभएपछि उनी भाडामा गाडी लिएर चढ्दै आएका थिए । भाडा, इन्धन र मर्मतका लागि ३ महिनाको अवधिमै करीब ५ लाख खर्च भयो । त्यसपछि उनले नगरपालिकालाई अतिरिक्त भार पर्न नदिन भाडाको गाडी नचढ्ने घोषणा गरेका छन् ।

मेयर साहले उक्त घोषणा सर्वसाधारणले उनको प्रशंसा गरे, अन्य नगरका मेयरहरूले भने असन्तुष्टि जनाएको उनले सुनाए । ‘त्यो घोषणा गरेपछि कतिपय मेयरसाबहरूले त्यसो नगर्दा नै ठीक हुन्थ्यो पनि भन्नुभयो, तर जनताबाट राम्रै प्रशंसा पाएको छु,’ उनले भने ।

गत मंसिरमै नगरको बजेट र नीति तथा कार्यक्रम पारित गरेर विकासको कार्यक्रम अघि बढाएका साह देशकै उत्कृष्ट मेयर बन्ने सपना रहेको बताउँछन् । ‘देशकै उत्कृष्ट मेयरको रूपमा चिनिने लक्ष्य छ,’ उनले भने, ‘त्यति नभए पनि कम्तिमा प्रदेश २ को उत्कृष्ट मेयर बन्ने मेरो लक्ष्य हो ।’

*सच्याइएकाे 

यसअघि समाचार सासू उषादेवी साह हुनुपर्नेमा अन्यथा लेखिएकाले सच्याइएकाे छ– सम्पादक

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x