×

NMB BANK
NIC ASIA

मुख्य समाचार : यातायात सिन्डिकेटविरुद्ध सरकारको कडा कदम–समिति खारेजदेखि बैंक खाता रोक्कासम्म

बैशाख ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ वैशाख– यातायात व्यवसायीले सिन्डिकेटका पक्षमा आन्दोलन घोषणा गरेपछि सरकारले पनि कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन गरी सडक अवरोधलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । 

Muktinath Bank

अत्यावश्यक सेवामा बन्देज लगाउने जुनसुकै व्यवसायीलाई कानुनको दायरामा ल्याइने गृह प्रवक्ता रामकृष्ण सुवेदीले बताए । आन्दोलनका कार्यक्रम घोषणा गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले त्यसविरुद्ध राज्यका सुरक्षा अंग परिचालन हुने चेतावनी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिन्डिकेट खारेज गरेको विरोधमा बुधबार महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 


Advertisment
Nabil box
Kumari

३०५ यातायात समिति नरहने– सरकारले संघ संस्था दर्ता ऐनअनुसार सामाजिक संस्थाका रुपमा दर्ता भई एकाधिकारको व्यापार गरिरहेका ३०५ यातायात समिति नवीकरण नगर्ने निर्णय गरेको छ । कम्पनी ऐन अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण हुनुपर्ने यातायात समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सामाजिक संस्थाका रुपमा एकाधिकारको व्यापार लाद्दै आएका थिए । यस्ता संस्था साउनदेखि नवीकरण नगर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । 

Vianet communication
Laxmi Bank

बैंक खाता रोक्का– सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । 

सरकारले यातायात समितिहरुको कारोबार रोक्का गर्ने तयारी थालेको छ । यसका लागि प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याएको सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मा दिइने स्रोतले बताएको छ । 

देशभर जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता भएर व्यवसायिक रुपमा कारोबार गर्ने झण्डै साढे ३ सय यातायात समितिको विवरण यातायात व्यवस्था विभागले प्रधानमन्त्री कार्यालयमा बुझाएको छ । विभागले समितिहरुको बैंक खाता र आर्थिक कारोबार रोक्का गरी उनीहरुको सम्पत्तिमाथि छानविन गर्ने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।

सर्वोच्चको निर्देशन– सर्वोच्च अदालतले न्यायालयको फैसला नक्कली बनाउने काम तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले बुधबार पत्रकार सम्मेलन गरी अदालतजस्तो संवेदनशील निकायको फैसला र कागजातहरु नक्कली बनाउने काम तत्काल रोकी त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएको हो ।

न्यायाधीशको नाम, हस्ताक्षर, थुनाका व्यक्ति छुटाउने पत्र पनि नक्कली नै बनाएको विषय निकै गम्भीर भएको भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन पनि सर्वोच्चले सरोकारवालाहरुलाई आग्रह गरेको छ । यस्ता विषय न्यायपालिकाका लागि गम्भीर र अक्षम्य अपराध भएकोसमेत सर्वोच्चले जनाएको छ ।

विद्युत्का कर्मचारी घुससहित पक्राउ– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन् । थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग रु ३० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले महोत्तरीको जलेश्वर–२ स्थित मीनाबजारबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको आयोगका शाखा अधिकृत प्रकाश थापाले जानकारी दिए । 


२६ कानून राजपत्रमा प्रकाशित– बुटवल उपमहानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यविधि र निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमाणीकरण भएका २६ वटा कानून राजपत्रमा प्रकाशन गरी बुधबार सार्वजनिक गरे । 

कार्य सम्पादन नियमावली–२०७४, नगरसभा सञ्चालन कार्यविधि–२०७४, निर्माण व्यवसाय ऐन–२०७४, न्यायिक कार्यविधि–२०७४, फोहोरमैला व्यवस्थापन ऐन–२०७४ लगायत छन् । 

नीति तथा कार्यक्रम पारित– प्रदेश नं ४ को बुधबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।     सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा प्रस्तुत गरेका थिए । 

नीति तथा कार्यक्रम विशेषगरी आगामी तीन महिनाका लागि लक्षित रहेको छ । 


विनियोजन विधेयक पारित– प्रदेश नं १ को ‘विनियोजन विधेयक २०७४’ सर्वसम्मतले  पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको हो । 

विधेयक पारित भएसँगै प्रदेश सरकारलाई सञ्चित कोषबाट चालु आवका लागि विभिन्न निकाय, मन्त्रालय तथा सचिवालयले गर्ने सेवा र कार्यको खर्च गर्ने अधिकार प्राप्त भएको छ । 

काँग्रेस सचेतकमा भुसाल– नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनित भएकी छन् । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई बुधबार सचेतकमा मनोनयन गरेका हुन् । 

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो । 

वायु प्रदुषण एसियाकै उच्च– दक्षिण एसियामा वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदुषण पनि उच्च छ । हेल्थ इफेक्ट्स इन्ष्टिच्युट र इन्ष्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियासँग मिलेर विश्वमा हावाको अवस्थासम्वन्धी रिपोर्ट २०१८ सार्वजनिक गरेको छ ।

जसअनुसार नेपालमा प्रति एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुने गरेको छ । यो दक्षिण एसियाकै उच्च हो । 


नेप्सेमा ३२ अंकको वृद्धि– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार ३१.८३ वृद्धि भई कारोबारमा व्यापकता आएको छ । दोहोरो अंकको वृद्धिसहित रु एक अर्ब १२ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

नेप्सेकाअनुसार १० वटै उपसमूहमा कारोबार रकम अधिकरुपमा बढेको छ । बुधबार १६५ कम्पनीमध्ये १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

नेपालमा समूह ‘ए’मा– आगामी सेप्टेम्बरमा हुने साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपाल आयोजक बंगलादेशसहित समूह ‘ए’मा परेको छ । बंगलादेशको ढाकामा बुधबार सार्वजनिक गरिएको ‘ड्र’अनुसार समूह ‘ए’मा नेपाल र आयोजक बंगलादेशसहित पाकिस्तान र भुटान रहेका छन् । यस्तै, समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x