×

NMB BANK
NIC ASIA

निजी विद्यालयको मनोमानी- १ सयको झोलालाई एक हजार !

बैशाख ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंँ, ६ वैशाख– नयाँ शैक्षिक सत्र शुरु भएदेखि अभिभावक चर्को शुल्कको तनावमा हुन्छन् । त्यति मात्र होइन विद्यार्थी सङ्गठन, अभिभावक सङ्घ सङ्गठनले पनि चर्को शुल्कको विरोधमा विभिन्न कार्यक्रम पनि शुरु गर्छन् । तर विस्तारै यी मुद्दा त्यसै सेलाउँछन् । 

Muktinath Bank

राष्ट्रिय जनता पार्टी नेपालका पूर्वसांसद बीपी यादवले आफ्नो छोरालाई विद्यालयले दिएको झोला देखाउँदै भन्नुहुन्छ, ‘ल यो हेर्नुस् बजारमा तीनसय रुपियाँमा पाइने झोला एक हजारमा स्कुलले किन्न बाध्य पारेको छ ।’
निजी विद्यालयले चर्को शुल्क लिन्छन् नै ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसबाहेक कपाल काट्नेदेखि लिएर जुत्ता, मोजासम्म । सातदोबाटोस्थित एक इन्टरनेसनल स्कुलमा आफ्ना बच्चालाई कक्षा १ मा भर्ना गराउँद ५० हजार रुपियाँ तिर्नुभएका वीरेन्द्र अधिकारीले भन्नुभयो, एकजना बच्चा पढाउन एकजनाको कमाइले नपुग्ने भयो । बच्चा भर्ना गर्न ऋण गर्नुपर्यो ।’ 


Advertisment
Nabil box
Kumari

यस्तो पीडा शहर बजारका अधिकांश अभिभावकको रहेको छ । तर, सरकारी स्तरबाट त्यसको समाधान गर्ने उपायमा निकालेको देखिदैन । कहिले काहीँ अनुगमन गरे पनि औपचारिकता मात्र पूरा गरेको हुन्छ । 

Vianet communication
Laxmi Bank

आइतबार एक कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले सबै निजी विद्यालय गलत छैनन, जसले चर्को शुल्क लिएका छन्, तिनीहरुमाथि अनुगमन गरी कारवाही गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘कानुन अटेर गरी चर्को शुल्क लिने विद्यालयहरुलाई कारबाही गर्न मन्त्रालयले तयारी गरिरहेको छ ।’

प्याब्सनका अध्यक्ष विजय सम्वाहाम्फे शिक्षाको मापदण्ड बनाउनुपर्छ भन्नुहुन्छ । उहाँले सरकारी तथा निजी दुवै विद्यालयको पढाइको मापदण्ड एकै किसिमको बनाउनुपर्ने बताउनुभयो । 

राजनीतिक दलका विद्यार्थी सङ्गठनले शुल्क वृद्धिको विरुद्धमा चर्को नारा लगाउँछन् तर अधिकाँश नेताका छोरा छोरीहरु ती महँगा स्कुलमा निःशुल्कमा पढिरहेका हुन्छन् । एक अभिभावकले भन्नुभयो, ‘विद्यालयहरुले निःशुल्कमा मात्र पढाउँदैन बेला बेलामा चन्दा सहयोग दिएर नेताहरुको मुख पनि बन्द गराइरहेका हुन्छन् ।’

आइतबार संयुक्त विद्यार्थी सङ्गठनले राजधानीमा ‘निजी विद्यालयको चर्को शुल्कवृद्धि र शुल्क मापदण्ड निर्देशकाका कार्यान्वयनको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । त्यसमा विद्यार्थी नेताहरुले निजी विद्यालयहरुले चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । 

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयका सञ्चालकहरुले विद्यालय घाटामा चलेको दावी गर्नु नाटकको संज्ञा दिनुभयो । त्यसैगरी अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले देशमा लोकतन्त्र आए पनि शिक्षामा लोकतन्त्र नआएको टिप्पणी गर्नुभयो ।, गोरखापत्रमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x