×

NMB BANK
NIC ASIA

'अब युवा अरबमा भेडा चराउन जानु पर्दैन' : श्रममन्त्री विष्ट

बैशाख ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गुल्मी, ६ वैशाख- श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताउनुभएको छ । 

बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले कृषि, शिक्षा स्वास्थ्य, रोजगारीलगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवा गर्न चाहेको बताउनुभएको छ । 

विष्टले कुनै पनि व्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बदलिन नसक्ने बताउँदै जीवन बदल्न नया ढंगले काम गर्नुपर्ने बताउनुभयो । “एक व्यक्ति मन्त्री हुँदैमा जनताको जीवन बदलिँदैन” उहाँले भन्नुभयो, “जीवन बदल्न नयाँ ढंगले जीवन बदल्ने अभियान चलाउनु जरुरी छ ।” उहाँले खान नपाएर भोकै बसिरहेका गरीब, दलित तथा पिछडिएका परिवारको विकासका निम्ति अब आधार तयार गर्ने बताउनुभयो । 

विश्व मानचित्रमा गौरवशाली, सबल र समृद्ध नेपाल बनाउने ऐतिहासिक दायित्व यो सरकारमा आएको भन्दै उहाँले सो दायित्व पूरा गर्न सरकार कुनै पनि कदम चाल्न पछि नपर्ने बताउनुभयो । 

“हामीले पुरानो मानसिकता र मनोवृत्तिलाई सच्याएर पूर्वाधार निर्माण गर्दै गरिबी तथा बेरोजगारीलाई समाधान गर्न नयाँ ढंगले अगाडि बढ्नेछौँ” मन्त्री विष्टले भन्नुभयो, “जनताका तमाम समस्या समाधानका निम्ति निश्चित नयाँ नीति र कार्यक्रमका साथ अगाडि बढ्नेछौँ ।” सरकारले केही समयमै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो । 

उहाँले देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने बताउनुभएको छ । “अब युवा अरबमा भेडा चराउन जानु पर्दैन” उहाँले भन्नुभयो, “गाउँमै हजाराैं रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ ।” 

मन्त्री विष्टले गुल्मीका दर्जनाैं सडकको स्तरोन्नति गर्दै, प्रत्येक जनताको घरमा केन्द्रीय विद्युत्, हरेकको घरमा खानेपानीका धारा, खरका छाना हटाई सुरक्षित आवास दिन र किसानका खेतमा सिँचाइलगायतका व्यवस्था गर्न नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको बताउनुभयो । 

मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने बताउनुभयो । “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उहाँले भन्नुभयो, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।” 

“हामी राजनीतिक रुपमा फरक हुन सकौँला त्यो ठूलो कुरा होइन” उहाँले भन्नुभयो, “ठूलो कुरा त गाउँका जनताको जीवन माथि उठाउनु हो ।” जनताले दिएको विश्वास डगमगाउन नपाउने गरी काम गर्नेमा उहाँले विश्वस्त पार्नुभयो । 

मन्त्री विष्टले पाँच वर्षपछि पनि जनताको मनमा रहने गरी काम गर्न गुल्मेली जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । जनताका आशा र समस्या काँधमा बोकेका जनप्रतिनिधिको कामले गति नलिएकोप्रति गुनासो गर्दै विष्टले पार्टीलाई भन्दा जनताका कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । “स्थानीय तहको भाग्य र भविष्य कर्मचारी र जनप्रतिनिधिको काँधमा छ” उहाँले भन्नुभयो, दुवै पक्षको समन्वय र सामूहिक प्रयत्नमा काम अगाडि बढाउनुस् ।” 

विष्टले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने दुनियाँका सीमित संविधानमध्ये नेपाली संविधान पनि पर्ने बताउनुभयो । 

नेकपा (एमाले) केन्द्रीय सचिवसमेत रहनुभएका मन्त्री विष्टले दुई ठूला वाम पार्टीबीच छिट्टै नै पार्टी एकता हुने बताउनुभयो । “पार्टी एकताको विषयमा कुनै आशंका र निराशा व्यक्त गर्नुपर्ने आवश्यकता छैन” मन्त्री विष्टले भन्नुभयो, “जुनसुकै हालतमा पनि पार्टी एकता हुन्छ, केही काम बाँकी रहेका कारणले केही ढिला मात्र भएको हो ।” 

मन्त्री विष्टले बुधबार नै मुसिकोट नपा–७ वामीटक्सारमा लुम्बिनी वामी हस्पिटलको पनि उद्घाटन गर्नुभएको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x