×

NMB BANK
NIC ASIA

नेविसंघलाई दिए सभापति देउवाले यस्तो निर्देशन

बैशाख ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ६ वैशाख- नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले संगठन बलियो बनाई अघि बढ्न नेपाल विद्यार्थी संघलाई निर्देशन दिनुभएको छ । 

Muktinath Bank

नेविसंघ केन्द्रीय समितिद्वारा ४९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा सभापति देउवाले अहिले मेहनत गरे भोलिको भविष्य सुन्दर हुने भन्दै नेविसंघलाई विद्यार्थीको प्रतिनिधि संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँले भन्नुभयो, “लोकतन्त्रमाथि खतरा आउन शुरु भइसकेको छ, मुलुकमा समस्या देखिन थालेको छ, यसको प्रतिकारको जिम्मा नेविसंघको काँधमा छ ।” 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले नेविसंंघमा लागेपछि विद्यार्थीको पहिलो कर्तव्य पठनपाठन नै भएको भन्दै त्यसपछि मात्र आफ्नो पार्टी आस्था र आदर्श हुनुुपर्ने धारणा व्यक्त गर्नुभयो । 

Vianet communication
Laxmi Bank

नेपालको जनसंख्याको ६० प्रतिशत ४० वर्षमुनिका जनता आगामी निर्वाचनमा मतदाता हुने भएकाले नेविसंघले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै उहाँले आफू गुट÷उपगुटको विरोधी भएकाले नेविसंघले पनि यस्तो प्रथाको अन्त्य गरी काँगे्रसलाई हाँक्न दबाब दिनुपर्नेमा जोड दिनुभयो । 

काँगेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले विधिविधानलाई अवलम्बन गरी अघि बढ्न नेविसंघलाई आग्रह गर्दै देशको अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने बताउनुभयो । 

काँगे्रसले निर्वाचनका समयमा भन्दै आएको अधिनायकवादको खतरा अहिले देखिन थालेको छ, उहाँले भन्नुभयो, “सबै अभिशिष्ट अधिकार प्रधानमन्त्री कार्यालयमा सार्न थालिएको छ, न्यायालय, महालेखालगायत सबै क्षेत्रमा हस्तक्षेप हुन थालेको छ, पे्रसमाथि पनि नियन्त्रण हुने दिन टाढा छैन ।” 

नेविसंघका संस्थापक अध्यक्ष विपीन कोइरालाले काँगे्रसको सभापतिदेखि सबै तहमा नेविसंघद्वारा उत्पादित नेताहरु रहेको हुँदा पनि नेविसंघको दुर्दशा हुनु दुःखद् भएको बताउनुभयो । 

काँग्रेस नेता एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठ, डा प्रकाशरण महत, शंकर भण्डारी, एनपी साउदलगायतले निर्वाचनमा कमजोर देखिएको काँगे्रसलाई बलियो बनाउने जिम्मा नेविसंघको काँधमा आएको बताउनुभयो । 

पार्टीभित्रको गुटबन्दी खारेज नभएसम्म नेविसंघलगायतका अन्य भातृ संगठनमा पनि असर परिरहने भएकाले पार्टीलाई मजबुत बनाउनेमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा उहाँहरुले जोड दिनुभयो । 

नेविसंघका अध्यक्ष नैनसिंह महरले पार्टीका नेताहरुले नेविसंघलाई बेवास्ता गरेको गुनासो गर्नुभयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x