×

NMB BANK
NIC ASIA

मुख्य समाचार : सरकारले माग्यो कर्मचारीको विवरण, ३७ वर्ष कैद सजाय पाएका तामाङलाई रिहा गर्न आदेश

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

तीन दिनभित्र कर्मचारीको विवरण पठाउन निर्देशन– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

Muktinath Bank

स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय तहलाई निजामती कर्मचारी र साविक स्थानीय निकायका कर्मचारीको रिक्त कर्मचारी र पदपूर्ति विवरण उपलब्ध गराउन निर्देशन दिँदै बिहीबार पत्र पठाएको मन्त्रालय, कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाका शाखा अधिकृत रुद्रलाल भुसालले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले मन्त्रिपरिषद्को गत चैत १४ गतेको बैठकले स्थानीय तहको आन्तरिक संगठन संरचना तथा कर्मचारीको दरबन्दी स्वीकृत गरेपछि कर्मचारी पठाउन तयारी गरेको हो । सरकारले करीब ५७ हजार ३३४ कर्मचारीको दरबन्दी स्थानीय तहका लागि स्वीकृत गरेको छ । 


Advertisment
Nabil box
Kumari

दीपक मनाङे पक्राउ– ज्यान मार्ने उद्योगमा ५ वर्षको सजाय पाएर फरार रहेका दीपक मनाङे (राजीव गुरुङ) बिहीवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मनाङेलाई काठमाडौं स्वयम्भूको तीनधाराबाट पक्राउ गरेको हो । 

Vianet communication
Laxmi Bank

मनाङे आफ्नी श्रीमतीको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्दथे । माघदेखि निस्क्रिय रहेको उक्त नम्बर वैशाख १ गते सक्रिय भएपछि प्रहरीले मोबाइल ट्र्याकिङ गर्न शुरु गरेको थियो । विगत तीन दिनदेखि मोबाइल ट्र्याकिङ गरिरहेको काठमाडौं प्रहरीले अन्नतः बिहीवार दिउँसो मनाङे बस्ने घर पत्ता लगाइ छाड्यो । र बिहीवार साँझ गएर पक्राउ गरेको हो । 

सर्वाेच्च अदालतले गत माघमा ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार भएका हुन् । 

ओली र प्रचण्डबीच वार्ता– पार्टी एकताको अन्तिम तयारीमा रहेका नेकपा एमाले र माओवादी केन्द्रले छलफललाई तीव्रता दिएका छन् । यसैक्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार वान टु वान वार्ता भएको छ । 

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा पार्टी एकताका सम्बन्धमा देखिएको विवाद समाधानका विषयमा छलफल भएको बताइएको छ । दुई दलबीच जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र पदीय बाँडफाँटका विषयमा समान धारणा बनिसकेको छैन । 

यता, रिपोटर्स क्लव नेपालले गरेको साक्षात्कारमा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले एमाले–माओवादी एकता बैशाख ९ गतेलाई टरे पनि सकेसम्म यही बैशाखभित्रै नभए जेठ १ गते (मे दिवस) को दिन एकता घोषणा हुने बताए । मिल्न बाँकी विषयमा छलफल भइरहेकाले एकताका विषयमा एक दुई दिनभित्रै ब्रेक–थ्रु हुने उनको भनाइ छ ।

लिखत प्रमाणिकरण विधेयक पारित– प्रदेशसभा १ को सार्वजनिक लिखत प्रमाणिकरण विधेयक २०७४ बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले पारित गरेको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि लागू हुनेछ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सदन समक्ष टेवल गरेको सार्वजनिक लिखत प्रमाणिकरण विधेयक छलफलपछि सर्वसम्मतले पारित भएको हो । 
यसैबीच, प्रदेश १ को नामाकरण र स्थायी राजधानीका विषयमा पनि छलफल शुरु भएको छ । मुख्यमन्त्री शेरधन राईले संसदीय दलका नेताहरुलाई बोलाएर प्रदेशको नामाकरण, स्थायी राजधानी लगायतका विषयमा छलफल गरेका हुन् । 

सिन्डिकेट खारेजी स्वागतयोग्य– नेपाल उद्योग वाणिज्य महासंघले यातायातको सिन्डिकेट तोड्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै सिन्डिकेट अन्त्य गर्ने सरकारको निर्णयलाई समर्थन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

सबै प्रकारको सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग आफूल विगतदेखि नै राख्दै आएको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

सर्वोच्चको फैसला– चेलीबेटी बेचबिखन मुद्दामा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष कैद सजाय ठहर भएका वडा अध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको संयुक्त इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेश गरेको हो । 

नुवाकोटका सुन्तली तामाङ र सानुमैया तामाङलाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय गरेको थियो । अर्को मुद्दामा गाउँका करिब २ सय महिलालाई बेचेको, वेश्यालय चलाएको लगायत सबै अभियोगमा जिल्ला अदालत नुवाकोटले गत चैत ९ गते सुनबहादुरलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । 

क्यानको संशोधित विधान पारित– नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार बसेको विशेष साधारणसभाले संशोधित विधान पारित गरेको छ । साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निर्देशनानुसार संशोधित विधान जस्ताकोत्यस्तै पारित गरेको हो ।

आइसिसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई पारित गरेपछि अब क्यानको निलम्वन फुकुवा हुने सम्भावना बढेको बताइएको छ । संशोधित विधानमा पुरानो कार्यसमितिका १७ र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सात जनाले मताधिकार र उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x