×

NMB BANK
NIC ASIA

एकतालाई अन्तिम रूप दिन जुटे ओली-प्रचण्ड

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ७  वैशाख -नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच हुने एकतालाई अन्तिम रूप दिन दुई दलका अध्यक्ष गृहकार्यमा लागेका छन्  । त्यस क्रममा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार पनि भेटवार्ता भयो । 

Muktinath Bank

एकताको तयारीका लागि गठित दुई कार्यदलले चैत २० गते बुझाएको प्रतिवेदनमाथि वैशाख ४ गते एकता संयोजन समितिमा छलफल भएको थियो । छलफलपछि असहमति मिलाउने जिम्मेवारी प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई दिइएको थियो । 
यही विषयमा बिहीबार पनि दुई अध्यक्षबीच छलफल भएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रतिवेदनमा रहेका असहमतिका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पार्टीको विधान र राजनीतिक दस्तावेजको विषयमा दुई अध्यक्षबीच छलफल भएको जानकारी दिए  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यदलले प्रतिवेदन बुझाउँदा एकीकृत पार्टीको चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र एकीकृत पार्टीमा सम्मानजनक सहभागिता विषयमा कुरा मिल्न बाँकी थियो । एमालेले सूर्य चुनाव चिह्न हुनुपर्ने दाबी गरेको छ । जसलाई माओवादी केन्द्रले स्वीकार गरेको छैन । 
माओवादी केन्द्रले जनयुद्ध शब्द व्याख्यासहित विधानको प्रास्तावनामा नै राख्नुपर्ने अडान लिएको छ । त्यसैगरी, पार्टीको कार्यसमितिमा आधा–आधा भाग लगाउनु पर्ने पनि दाबी माओवादी केन्द्रले गरेको छ । यिनै विषयमा छलफल गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको हो । 


Advertisment
Nabil box
Kumari

सकेसम्म बराबरी र सम्मानजनक रूपमा एकतामा जानेबारे छलफल भएको अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै उनको  निजी सचिवालयले जनाएको छ । 
वैशाख ९ गते कम्युनिष्ट दिवस पारेर पार्टीको एकता घोषणा गर्ने मिति तय भएको थियो तर तयारी नपुगेको कारण तोकिएको समयमा एकता घोषणा हुन नसक्ने देखिएको छ । एकता घोषणाको मिति तोक्ने जिम्मेवारी पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई दिइएको छ, गोरखापत्रमा खबर छ  ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x