दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्फा भुसाल [भिडियो अन्तर्वार्ता]

काठमाडौं, ७ वैशाख–नेकपा (माओवादी केन्द्र)की प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्रीको कार्यशैली र केही मनोवैज्ञानिक कारणले एमालेसँगको एकतामा ढिलाइ भएको बताएकी छन् ।

सरकार सञ्चालनका कतिपय विषयमा माओवादीको असहमति रहेको समेत उनले बताइन् ।

‘लोकान्तर शो’मा कुरागर्दै प्रवक्ता भुसालले पार्टी एकता बराबरीको हैसियतमा हुनुपर्ने धारणा राखिन् । ‘पार्टी एकता भनेको माओवादीको एमालेमा प्रवेश या बिलय हुने कुरा होइन्,’ उनले भनिन्, ‘एकता सम्मानजनक र बराबरी हैसियतमा हुनुपर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको यही कार्यकालमा प्रधानमन्त्री बन्ने सुनिश्चितता खोजेका कारण एकतामा ढिलाई भएको भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा भुसालले भनिन्, ‘प्रचण्डलाई प्रधानमन्त्री बन्न कुनै आइतबार कुर्नुपर्दैन, एउटा पार्टीमा दुईवटा अध्यक्ष हुने भएपछि आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ?’

प्रचण्डले प्रधानमन्त्रीमा सुनिश्चितता खोजेका हुन् त ? भन्ने प्रश्नमा भुसालको जवाफ यस्तो छ :

 हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

बैशाख ७, २०७५ मा प्रकाशित

सुशील पन्त

लोकान्तरका समाचार संयोजक सुशील पन्त समसामयिक राजनीति र  संसदीय मामिलामा कलम चलाउँछन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस