×

NMB BANK
NIC ASIA

स्थानीय तहका योजना, जनयुद्धका घाइतेलाई भत्तादेखि फुसको छाना विस्थापित गर्नेसम्म

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रोल्पा, ७ वैशाख- नयाँ काम देखाएर लोकप्रिय हुने प्रतिस्पर्धामा देखिएका यहाँका स्थानीय तहहरुले माओवादी जनयुद्धका घाइतेलाई भत्ता दिनेदेखि गाउँपालिकाका सबै फुसको छाना विस्थापित गर्नेसम्मको योजना सुनाएका छन् । 

माओवादी जनयुद्धमा घाइते भई अपांग जीवन बिताइरहेकालाई सम्मान स्वरुप मासिक रु ५०० भत्ता दिने निर्णय गरेका छौँ, सुकिदह गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले भन्नुभयो । यसैगरी, सुनिल स्मृति गाउँपालिकाले सुरक्षित आवास, सुरक्षित छाना कार्यक्रम सञ्चालन गरी फुसको छाना विस्थापित गर्ने भएको छ । 

अधिकांश आगलागीका घटना फुसको छाना भएका घरमै घटेको देखिएकाले सुरक्षित आवासका लागि यस्तो निर्णय गरेका हौँ, गाउँपालिका अध्यक्ष गुनेन्द्र घर्तीले भन्नुभयो । फुसको छाना विस्थापनका लागि हाल रु एक करोड विनियोजन गरेका छाँै, अध्यक्ष घर्तीले भन्नुभयो । 

पर्यटन जिल्लाका १० वटै स्थानीय तहको प्राथमिकतामा परेको छ । उनीहरुले जिल्लाको युद्ध पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, पर्यापर्यटनको विकासका लागि तत्परता देखाएका छन् । 

दश वर्ष लामो माओवादी जनयुद्धको शंखघोष हुँदा आक्रमण गरिएको होलेरी प्रहरी चौकी, जनयुद्धका क्रममा देशमै सबभन्दा धेरै नागरिक मारिएको जेल्वाङ, ऐतिहासिक गाउँ थवाङ, तत्कालीन संसद्वादी र माओवादीबीच १२ बुँदे सहमतिको सूरुवात भएको स्थान, धार्मिक पर्यटकीय क्षेत्र जलजला, रुन्टी गढी लेक, शिव पार्वती गुफा, शिव गुफा, लामो झरना सुनछहरीलगायतका पर्यटकीय क्षेत्र यसै जिल्लामा परेका कारण पर्यटन सबैको प्राथमिकतामा परेको बताइन्छ । 

विकासको मन्थन गरिरहेका स्थानीय सरकारका प्रमुखलाई विगतजस्तै द्वन्द्व निम्तिने हो की भन्ने चिन्ताले छोएको छ । कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले सभामुख कृष्णबहादुर महरा र मन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराउँदै पुनः विगतको द्वन्द्व पुनरावृत्ति हुने हो की भन्ने चिन्ता देखिन थालेको बताउनुभयो । 

जनप्रतिनिधिलाई तत्काल राजीनामा दिन भन्दै धम्कीयुक्त पत्र आएको छ, ओलीले भन्नुभयो । विगतलाई सिको गर्दै भएका यस्ता गतिविधि राजनीतिक वा अन्य कुन ढंगले समाधान गरिने हो यथाशीघ्र समाधान होस् ओलीले सभामुखको ध्यानाकर्षण गराउँदै भन्नुभयो । 

सभामुख कृष्णबहादुर महराले अबको केही वर्ष जिल्लाको विकासका लागि सहकार्य गरेर अघि बढ्न जिल्लावासीलाई आग्रह गर्नुभएको छ । स्थानीय सरकारले सम्पादन गरेका कार्यक्रमको समीक्षा तथा आवधिक योजना निर्माणसम्बन्धी बिहीबार लिवाङमा सम्पन्न जिल्लास्तरीय अन्तक्रिया कार्यक्रममा सभामुख महराले सो आग्रह गर्नुभएको हो । 

अबको दशक समृद्धिको दशक हुने बताउँदै जिल्लावासीसँगै विकासमा सहकार्य गर्न आफू तयार रहेको सभामुख महराको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका सभामुख महराले व्यवस्थित विकासका लागि जिल्लाको रणनीतिक योजना जरुरी रहेकाले त्यसतर्फ लाग्न स्थानीय सरकारलाई सुझाव दिनुभयो । 

अबको केही वर्ष जिल्ला सबै राजनीतिक दल र स्थानीय सरकार हातमा हात मिलाएर सहकार्य गर्नुपर्ने जरुरी रहेको महराले बताउनुभयो । संविधानले काठमाडौँ केन्द्रित स्रोत, साधन र अधिकार गाउँगाउँ पु¥याएको औँल्याउँदै यसको अधिकारको ठीक ढंगले कार्यान्वयन गर्नुपर्ने महराको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकासका लागि जिल्लामा आवश्यक स्रोत साधन रहेको औँल्याउँदै त्यसको सदुपयोग गरी विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथिसमेत रहनुभएका मन्त्री पुनले तीन तहको निर्वाचनपश्चात् तहगत संरचनाको तयारीका लागि धेरै समय लागेको बताउँदै अब संघीयताको संस्थागत विकासमा लाग्नुपर्ने बताउनुभयो । 

प्रतिनिधिसभाका लागि रोल्पा जिल्लाबाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री पुनले आगामी पाँच वर्षभित्र रोल्पाका सबै घरमा विद्युतीकरण गर्ने बताउनुभयो । 

कार्यक्रममा पूर्व सभामुख तथा प्रतिनिधिसभाका सदस्य ओनसरी घर्तीमगर, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, राष्ट्रियसभा सदस्य राजकुमार कँवर, प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनलगायतको उपस्थिति रहेको थियो । 

जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले हालसम्म सम्पादन गरेका कार्यक्रमको प्रस्तुति गरेका थिए । स्थानीय तहको वार्षिक तथा आवधिक योजना तयार गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको सो अन्तक्र्रिया कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षको सहभागिता रहेको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x