×

NMB BANK
NIC ASIA

जनताको काममा ढिलासुस्ती नगर्न मुख्यमन्त्री शाहीको निर्देशन

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ८ वैशाख–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतालाई संघीयता आफ्नै शासन भएको अनुभुति हुने गरि काम गर्न कालिकोटका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । 

Muktinath Bank

विहीबार गृहजिल्ला कालिकोट पुगेका मुख्यमन्त्री शाहीले सदरमुकाम मान्मामा सरकारी कार्यालयका प्रमुखहरुसँगको भेटघाटमा जनताको काममा ढीलासुस्ती नगर्न र खटाईएको कार्यक्षेत्रमा पुगेर काम गर्न निर्देशन दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्थानीय निकायको निर्वाचन संगै कर्मचारी र जनप्रतिनिधि बिच तालमेलको अभाव देखिएको छ ’ मुख्यमन्त्री शाहीले भने ‘कर्मचारीसंग रहेको दक्षता र जनप्रतिनिधिसंग रहेको योजनाको समायोजन गरेर मात्रै मुलुक विकासको दिशामा लम्कन्छ ।’ उनले कर्मचारी भेटघाटमा कार्यालय प्रमुखहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कर्मचारी समायोजन, कर्मचारी र जनप्रतिनिधिबीच देखिएको असमझदारी लगाएतका समस्याको समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

‘विकास र समृद्धिको जनअपेक्षा पुरा गर्न प्रदेश सरकार तिव्र गतिमा अगाडि वढेको छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘सरकारको स्प्रीटमा कर्मचारी प्रशासन दौड्नु पर्ने आवश्यकता छ, त्यसकालागि सबैले सहकार्य गर्न जरुरी छ ।’ उनले कानुनको अभावमा देखिएका समस्या सामाधानका लागि कानुन निर्माणको कामलाई पनि सरकारले तीव्रता दिइरहेको बताए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा जिल्लाको शान्तिसुरक्षाको अवस्थाका बिषयमा जानकारी दिदै प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालिकोट जिल्ला बिकट र कतिपय गाउँमा प्रहरी युनिट समेत नरहेको अबस्थामा शान्ति सुरक्षा कायम गर्न चुनौतीपुर्ण रहेको जानकारी दिए । यस्तो अबस्थामा पनि सरकारी कर्मचारीले गाउँगाँउमा पुगेर सेवा दिईरहेको वताउदै प्रमुख जिल्ला अधिकारी गौतमले कर्मचारीको दुखपीडा वुझेर दण्ड र पुरस्कारको व्यवस्था गर्न माग गरे ।

यसैबीच, मुख्यमन्त्री शाहीको उपस्थितीमा बिहीबार नै जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक पनि बसेको छ । वैठकमा गएको चैत २३ गतेको असिना पानीले कृषकहरुको अन्नबाली र फलफुलमा पुर्याएको क्षेतीको अवस्थाका विषयमा समिक्षा भएको छ । संघीय संसदका सदस्य दुर्गबहादुर रावतको समेत सहभागिता रहेको बैठकमा जिल्लामा असिना पानीले कृषकहरुको ९० प्रतिशत अन्नबाली, फलफुल र तरकारी खेतिमा क्षेति पुगेको प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जानकारी गराए । क्षतिको अवस्था हेर्दा आगामी असारमै भोकमरी शुरु हुन सक्ने तर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ रहेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x