×

NMB BANK
NIC ASIA

मनोज पुनका सहयोगीको सम्पत्ति छानबिन गर्ने तयारीमा प्रहरी, अझै ७ जनालाई पक्राउ गरिने

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ७ वैशाख– प्रहरीले इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको अपराधमा संलग्नहरूको सम्पत्ति छानबिन गर्ने तयारी थालेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रमुख श्याम ज्ञवालीले मनोज पुनसँग संगठित अपराधमा जोडिएर पक्राउ परेका सबैको सम्पत्ति र बैंक खाताको छानबिन गरिने बताएका छन् । 

Muktinath Bank

शुक्रवार बिहान मनोज पुनको विशेष सहयोगी रहेको आरोपमा पक्राउ परेको युवा संघका केन्द्रीय सदस्य सुजु मल्ललाई सार्वजनिक गर्दै ज्ञवालीले मल्ल सहित हालसम्म पक्राउ परेको सबैंका धानमाल र बैंक खाताको छानबिन थालिने जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उद्योगीलाई धम्काउने, फिरौती माग्ने र मनोजलाई पठाउने मध्ये सुजु मल्ल सुरूदेखि नैं लागेको रहेछ,’ ज्ञवालीले भने, ‘यसको कुन–कुन बैंकमा खाता छ । सम्पत्ति कति छ । कति कुन–कुन व्यक्तिको नाममा पठाएको रहेछ । सबै खोज्दै छौं ।’  उनले थपे, ‘पक्राउ परेकाहरू फिरौती अशुल गर्ने, कमिशन खाने र बाँकी पैसा मनोजलाई पठाउने गरेको खुलेको छ । अब सबैको सम्पत्ति छानबिन हुन्छ ।’ 


Advertisment
Nabil box
Kumari

को–को परे पक्राउ ?

Vianet communication
Laxmi Bank

प्रहरीले बुटवल–७ शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुलसी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, देवदह–६ का रोशन खड्का र स्याङ्जा पुतलीबजार–४ घर भई हाल बुटवल–४ बस्ने हरिप्रसाद श्रेष्ठलाई पनि पक्राउ गरिसकेको छ । लेखनाथ न्यौपाने माओवादीका केन्द्रीय नेता हुन् भने आचार्य युवा संघका पूर्व जिल्ला नेता हुन् । 

युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न श्यामबहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जना जेल चलान भइसकेका छन् ।

मनोज र उनका विशेष सहयोगी सोम आलेको प्रहरी इन्काउन्टरमा फागुन ९ गते मृत्यु भएको थियो । मनोज मारिएसँगै उनका सहयोगीहरूलाई प्रहरीले धामधम पक्राउ गरी उनीहरुको सम्पत्ति छानबिन गर्ने थालेको छ ।

पुनको डायरीमा ४ सय उद्योगीको नाम

इन्टकाउन्टरमा मारिएका पुनको डायरीमा ४०० जना उद्योगी व्यावसायीको नाम भेटिएको प्रहरीले जनाएको छ । इन्काउन्टरमा मृत्यु भएपछि प्रहरीले उनको डायरी, ल्यापटप र मोबाइल बरामद गरेको थियो । 

प्रहरी प्रमुख ज्ञवालीले पुनको साथबाट भेटिएको डायरीमा चार सय उद्योगहरूको ठेगाना, नाम, उद्योग र नम्बर उल्लेख गरिएको बताए । 

‘पूर्वदेखि पश्चिम सम्मका उद्योगी व्यसायीको नाम डायरीमा उल्लेख छ,’ ज्ञवालीले भने । उनीहरुमध्ये कतिसँग मागेको थियो भन्ने खुलेको छैन । मनोजको अपराधले धेरै व्यक्ति पीडित थिए भन्ने पुष्टि पनि भएको छ । 

पुनका विशेष सहयोगी युवा संघका नेता मल्ल सार्वजनिक

मनोज पुनलाई अपराधमा सघाएको अभियोगमा काठमाडौंमा पक्राउ परेका सुजु मल्ललाई प्रहरीले शुक्रबार बुटवलमा सार्वजनिक गरेको छ । मल्ल युवा संघका अध्यक्ष दुर्गा तिवारी र व्यवसायी बलु पौडेलको घटनाको सम्पूर्ण विवरण मनोजलाई पुर्याउने गरेको अनुसन्धानबाट खुलेको ज्ञवालीले जानकारी दिए । 

दिउँसो आन्दोलनमा उत्रिएर चर्काे भाषण गर्ने उनी आन्दोलन टुंग्याउनका लागि दल र प्रहरी प्रशासनसँग हुने बैठकहरुमा पनि सहभागी हुने र त्यहाँका सूचना मनोजलाई जानकारी गराउने गरेको प्रमाण फेला परेको प्रहरी प्रमुख ज्ञवालीले बताए । 

पुनको अपराधिक यात्रामा एक भारतीय नागरिक जोगेन्द्र सिंह, बिट्टु भनिने केही व्यक्तिहरु अझै फरार रहेको र उनीहरुको खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।

७ जना अझै अनुसन्धानको घेरामा

प्रहरीले अझै सात जना अनुसन्धानको घेरामा रहेको बताएको छ । एसपी ज्ञवालीले अझै सात जना छिट्टै पक्राउ पर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x