×

NMB BANK
NIC ASIA

डीजीएम टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रहरीको विजयी शुरुवात

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, ७ वैशाख– विभागीय टोली नेपाल प्रहरीले जनकपुरमा शुक्रवारबाट शुरु भएको दीपक गुप्ता मेमोरियल (डीजीएम) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । जनकपुरको रंगभूमि मैदान बाह्र विगाहामा शुक्रबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक जनकपुरलाई ७५ रनले पराजित गर्‍यो ।

Muktinath Bank

१ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली विपक्षीको आक्रामक बलिङसामु निरीह बन्दै १८ ओभर २ बलमा ८८ रनमा समेटियो । म्यान अफ द म्याच प्रदर्शन गरेका ललितसिंह भण्डारी एक्लैले ५ विकेट लिए । जनकपुरका लागि विशाल सुशलिङले सर्वाधिक ३६ र संसाद शेखले २० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका लागि भण्डारीका अलावा रामनरेश गिरी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा ललितनरायाण राजवंशीले १ विकेट लिए ।


Advertisment
Nabil box
Kumari

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रहरीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६३ रन जोड्यो । उसका लागि आरिफ शेखले सर्वाधिक ४८ रन जोडे । ४४ बलमा उनले १ चौका र ४ छक्का प्रहार गरे । उनका अलावा दीपेन्द्रसिंह ऐरीले ३१, मञ्जित श्रेष्ठले २५, सिद्धान्त लोहनीले १३ र सुनिल धमलाले १० रनको योगदान गरे ।

Vianet communication
Laxmi Bank

जनकपुरका लागि हरिशंकर साह र विशाल सुशलिङले समान २ तथा दिव्यान्सु मल्लिकले १ विकेट हात पारे । 

प्रहरीको शुरुवात राम्रो नभए पनि आरिफ र दीपेन्द्रले सम्हालेका थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेको प्रतियोगितामा नेपाल र भारतका गरी ८ टीमको सहभागिता छ । समूह एमा जनकपुर क्रिकेट टीम, वीरगञ्ज युनाइटेड, नेपाल प्रहरी र भारत आसामको फोनिक्स क्रिकेट टीम छन्, यस्तै बीमा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, विराटनगर क्रिकेट सोसाइटी र भारत उत्तर प्रदेशको कानपुरका सोनेट क्रिकेट क्लब सहभागी छन् ।

शनिबार २ खेल हुँदैछन् । पहिलो खेलमा नेपाली प्रहरी र वीरगञ्ज तथा दोस्रो खेलमा जनकपुर र आसाम भिड्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x