मंसिर ४, २०८०
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
बैशाख ७, २०७५
डा. गणेशराज जोशीद्वारा लिखित यो पुस्तक दिगो अनुसन्धान तथा विकास केन्द्रबाट प्रकाशन भएको छ । यो पुस्तकको २०७५ वैशाख ८ गते शनिवार सम्माननीय सभामुख कृष्णबहादुर महराज्यूबाट विमोचन हुँदैछ । यसपूर्व प्रकाशित लेखहरूको समीक्षा, प्रकाशित तथा अप्रकाशित तथ्यांङ्क एवं जानकारीको विश्लेषण र लेखकको आफ्नै अध्ययन र अनुभवमा आधारित भएर यो पुस्तक लेखिएको छ । कृषिमा आधारित नेपालको अर्थतन्त्रका सबैजसो अव्यवहरू समेटिएको यो पुस्तकलाई परिचयसहित १४ खण्डमा विभाजन गरिएको छ ।
पहिलो खण्डमा नेपाल र नेपालको अर्थतन्त्र एवं कृषि क्षेत्रको परिचयात्मक प्रस्तुति छ । दोस्रो खण्डमा विभिन्न आवधिक योजनाहरू – प्रथम पञ्चवर्षीय योजनादेखि चौधौं योजना (प्रथम वर्ष)मा कृषि क्षेत्रका विकासका लागि अवलम्बन गरिएका नीति तथा रणनीतिहरू र तिनीहरूको कार्यान्वयनको अवस्था, आर्थिक वृद्धिदर एवं सम्बन्धित कार्यक्रमहरूको लक्ष्य तथा उपलब्धि र कार्यान्वयनमा देखा परेका अवरोधहरूको लेखाजोखा एवं चर्चा गरिएको छ । खण्ड ३ मा विभिन्न समयावधिमा नेपालको आर्थिक एवं कृषि क्षेत्रका उपक्षेत्रहरूको वृद्धिदर प्रस्तुत गरिएको छ भने नेपालको मुख्य बालीहरूको उत्पादकत्व र उत्पादन साधनको प्रयोगस्तर दक्षिण एसियाली राष्ट्रहरू र चीनसंग तुलना गरिएको छ ।
यसै खण्डमा विगत ४० वर्षभन्दा बढी अवधिमा कृषिका विभिन्न उपक्षेत्रहरूजस्तै वन, सिंचाई, कृषि र भूमिसुधारमा सरकारी स्रोत एवं वैदेशिक सहायता विनियोजनको वृद्धि तथा परिवर्तनको अवस्था, नेपालको अर्थतन्त्रमा आएको परिवर्तन एवं कृषि क्षेत्रको रुपान्तरण सम्बन्धी जानकारी, र नेपालको कृषि क्षेत्रको ग्राहस्थ उत्पादनमा प्रविधिहरूको योगदानको विश्लेषण गरिएको छ । चौथो खण्डमा प्रतिस्पर्धाका अवधारणा तथा नेपालको व्यापारको आधारभूत जानकारी प्रस्तुत गरिनुका साथै वाणिज्य नीति र नेपालको द्विपक्षीय र बहुपक्षीय व्यापार खासगरी कृषि व्यापारको चर्चा गरिएको छ ।
यही खण्डमा नेपालको-भारत लगायत सार्क मुलुक तथा तेस्रो मुलुकहरूमा हुने निर्यात व्यापारको लेखाजोखा गरी सम्भाव्य क्षेत्रहरूमा निर्यात बढाउन अपनाउनुपर्ने विभिन्न उपायहरूको सिफारिस समेत गरिएको छ । साना र मझौला उध्यमहरूको अवस्था, कृषि उद्योग र कृषि व्यवसायको विकासमा सघाउ पुर्याउने नीतिहरू र कानूनी संरचना एवं उपलब्ध वैदेशिक लगानीसम्बन्धी प्रस्तुति खण्ड ५ मा गरिएको छ ।
साथै यस खण्डमा कृषि उद्योग र कृषि व्यवसायले भोगेका समस्या तथा चुनौतीहरूको चर्चा गर्दै यसको वृद्धिको लागि दृष्टिगत गर्नुपर्ने बुँदाहरू उल्लेखित छन् । नेपालको खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी नीति, खाद्य सुरक्षा तथा पोषणको स्थिति, र खाद्य सुरक्षाका चार स्तम्भ- उपलब्धता, पहुँच, उपयोग र स्थायित्व को विश्लेषण छैठौं खण्डमा गरिएको छ । यसै खण्डमा विश्लेषणात्मक उदाहरण (case study) सहित नेपालको खाद्य सुरक्षा र पोषणको अवस्था सुदृढिकरण गर्ने सन्दर्भमा केही सिफारिसहरू समेत उल्लेख छन् ।
कृषि क्षेत्रको सुधार (Agrarian reform) को ऐतिहासिक पृष्ठभूमि र यसको आवश्यकताबारे खण्ड ७ मा उल्लेख गर्दै नेपालमा सन् १९६१ देखि सन् २०१० सम्मका भूमिको वितरणसम्बन्धी तथ्याङ्कहरू प्रस्तुत गरिएको छ । साथै भूमिको वितरणस्तरको कारणले जीविकोपार्जन र खाद्य सुरक्षामा पर्नसक्ने असरहरू समेत उल्लेख गरिएको छ । कृषि र पर्यटनलाई एकीकृत गर्ने सम्भावनाका बारेमा खण्ड ८ मा उल्लेख छ । साथै यसखण्डमा नेपालमा पर्यटनको वर्तमान अवस्था, विगत ५० वर्षहरूमा पर्यटकहरूको आगमन स्थिति, पर्यटनको प्रवर्द्धनका लागि अवलम्बन गरिएका विभिन्न नीति तथा रणनीतिहरू, कृषि पर्यटनको कार्यक्षेत्र, पर्यटन क्षेत्रले भोग्नुपरेका समस्या तथा चुनौतीहरूको चर्चा तथा विश्लेषण गर्दै भविष्यमा कृषि पर्यटनको प्रवर्द्धन तथा विकासको कार्यदिशा समेत उल्लेख गरिएको छ ।
खण्ड ९ मा कृषि-वनको विकास, नेपालमा यसको अवस्था तथा महत्व उल्लेख हुनुका साथै कृषि र वनसंग सम्बन्धित केही नीति तथा रणनीतिहरूको सबल (strengths) र दुर्बल (weaknesses) पक्ष, अवसर (opportunities) र चुनौती/खतरा (threats) हरूको समेत विश्लेषण गर्दै यी दुई उपक्षेत्रको एकीकृत विकासका लागि सुधार गर्नुपर्ने पक्षहरूको पहिचान गरिएको छ । साथै पूर्वीनेपालको अलैंचीमा आधारित कृषि-वनको विश्लेषणात्मक अध्ययनलाई उदाहरण (case study) को रूपमा प्रस्तुत गरिएको छ ।
नेपालमा जलवायु परिवर्तनबाट कृषिक्षेत्रमा पर्न सक्ने असरहरूको बारेमा खण्ड १० मा चर्चा गरिएको छ । यस खण्डमा नेपालको कृषि क्षेत्रबाट हरितगृह ग्यांसको निष्कासन, जलवायु परिवर्तनबाट उत्पादन तथा उत्पादकत्व, खाद्य सुरक्षा र अर्थतन्त्रमा पर्ने प्रभावहरूको विश्लेषण गर्दै नेपालले जलवायु परिवर्तनका प्रभाव न्युन गर्न तर्जुमा गरेका नीति तथा रणनीतिहरू, एवं योजना र कार्यक्रमहरू प्रस्तुत गर्दै भविष्यमा नेपालले अनुकुलन र न्युनिकरणमा गर्नुपर्ने कार्यहरू/पक्षहरू सुझावको रूपमा प्रस्तुत गरिएको छ ।
नेपालको कृषि अनुसन्धानको वर्तमान अवस्था, यसले भोगेका समस्या तथा चुनौतीहरू र प्राप्त हुन सक्ने अवसरहरूको विश्लेषणात्मक प्रस्तुति खण्ड ११ मा गरिएको छ । यसअन्तर्गत कृषि अनुसन्धानको लागि विगत १५ वर्षमा विनियोजित बजेट, कृषि अनुसन्धानका कारण नेपालको कृषि उत्पादन र उत्पादकत्वमा परेको प्रभाव र थप सम्भावनाहरूबारे उल्लेख छ । साथै नेपालको कृषि अनुसन्धान प्रणालीसँग सम्बन्धित मुद्दाहरू (issues) को उल्लेख गर्दै तिनिहरूको सम्बोधन गर्ने उपायहरूबारे समेत चर्चा गरिएको छ ।
कृषि वित्तको महत्त्व, नेपालमा वित्तीय संस्थाहरूको विकास तथा तिनीहरूबाट कृषि क्षेत्रमा प्रवाहित ऋणको अवस्थाबारे खण्ड १२ मा उल्लेख छ । नेपालको विगत कृषि गणनाबाट प्राप्त तथ्यांक जस्तै भूमिको आकार र ऋण उपलब्धता, तिनका स्रोतहरू एवं कृषकहरूको विभिन्न कार्यका लागि ऋण आवश्यकताको विश्लेषण गरिनुका साथै कृषि ऋणका सम्बन्धमा विभिन्न आर्थिक वर्षहरूमा उल्लेखित मौद्रिक नीतिका व्यवस्थाहरूको कार्यान्वयन समीक्षा गरी कृषक एवं उध्यमीहरूको वित्तीय आवश्यकता पूरा गर्ने सबन्धमा केही सुझावहरू समेत प्रस्तुत गरिएको छ ।
खण्ड १३ मा नेपालमा कृषिक्षेत्रसंग सम्बन्धित संस्थागत विकास एवं कृषि प्रसार तथा सेवा प्रवाहका लागि अवलम्बन गरिएका पद्दतिहरू उल्लेख छन् । साथै अनियमितता, भ्रष्टाचार, सुशासन तथा सेवा प्रवाहसँग सम्बन्धित उपलब्ध जानकारी तथा तथ्यांकको समीक्षा, संघीयताअन्तर्गत संघ, प्रदेश र स्थानीय तहका कृषि, वन, भूमिसुधार र सिँचाई उपक्षेत्रका अधिकारहरूको विभाजनमा हुनसक्ने द्विविधा एवं सोबाट सेवा प्रवाहमा पर्न सक्ने प्रभावको समीक्षा गर्दै त्यस्ता द्विविधा हटाउनेतर्फ चाल्नु पर्ने कदमहरू सुझावको रूपमा प्रस्तुत गरिएको छ ।
अन्तिम १४ खण्डमा कृषि क्षेत्रको विकासका चुनौतीहरू, आर्थिक वृद्धि, रोजगारी तथा गरिबी निवारण र खाद्य सुरक्षा प्रवर्द्धनसँग सम्बन्धित अवसरहरू र चुनौतीहरूको सामना एवं सम्बोधन गर्दै उपलब्ध अवसरहरूको पूर्णरूपमा उपयोग गर्न अवलम्बन गर्नुपर्ने नीति तथा रणनीतिहरू एवं कार्यान्वयन गर्नु पर्ने कार्यक्रमहरूका सम्बन्धमा चर्चा गरिएको छ ।
केही सीमित क्षेत्र छुटेको र थोरै ठाउँको तथ्यांक अध्यावधिक नभएको भएता पनि समग्रमा यो पुस्तकले नेपालको कृषिमा आधारित अर्थतन्त्र र सोसँग सम्बन्धित क्षेत्रहरूको जानकारी तथा तथ्यांकहरूको विश्लेषणात्मक प्रस्तुति गरेको छ । यो पुस्तक नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी, सम्बन्धित पेशाका विज्ञहरू, विद्वत वर्ग एवं नेपालको अर्थतन्त्र तथा कृषि क्षेत्रको अध्ययनमा रुचि राख्ने सबैलाई उपयोगी हुने देखिएको छ ।
(अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीद्वारा लिखित यो पुस्तक शनिवार राजधानीमा सार्वजनिक हुँदैछ ।)
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...