गाउँसभा र नगरसभा सञ्चालन गर्न संसद्मा विधेयक पेश

बैशाख ७, २०७५

विराटनगर, ७ वैशाख - प्रदेश नं १ को प्रदेशसभामा गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि (विधेयक) २०७४ आज पेश भएको छ । 

वैठकमा प्रदेश सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गाउँसभा र नगरसभा सञ्चालनका लागि बनेको कार्यविधि विधेयक संसद्मा पेश गर्नुभयो । 

संसद्मा पेश भएको उक्त विधेयकमाथि सामान्य छलफल भएको थियो । यस विधेयकमा संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइएको छ ।

बैशाख ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस