×

NMB BANK
NIC ASIA

यी दुई विकल्पमा ओली–प्रचण्ड

बैशाख ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं, ८ बैशाख- वाम एकताको विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई विकल्पमा परामर्श थालेका छन्, राजधानी दैनिकमा खबर छ  ।

Sagarmatha Cement
Muktinath Bank

नेतृत्व व्यवस्थापन र एकतापछि पार्टी तथा संगठनमा दुईतर्फका कतिकति संख्या रहने भन्ने विषयको मिलनबिन्दु पहिल्याउनै कठिन भए पनि विकल्पमा छलफल चलिरहेको छ । शुक्रबार ओली–दाहाल परामर्शको प्रस्थान बिन्दु पनि दुई विकल्प रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सैद्धान्तिक तथा वैचारिक विषय, पार्टीको लक्ष्य र उद्देश्य जस्ता मुख्य विषयमा सहमत भइसकेका दुई दलले मूल नेतृत्वको व्यवस्थापन र पार्टी तथा संगठनमा एकताको अनुपातमा सहमति जुटाउने कार्य जारी राखेका छन् ।


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार पाँच वर्ष ओली सरकारमा, दाहाल पार्टी नेतृत्वमा वा सरकार र पार्टी नेतृत्व आधाआधा समय गर्ने भन्ने विकल्पमा पनि परामर्श भएको छ । शनिबार परामर्श जारी राखिने दाहालले जनाएका छन् । परामर्श सकारात्मक रहेको दाहालको सचिवालयले जनाएको छ ।

Vianet communication
Laxmi Bank

माओवादी केन्द्रले एकता ५०/५० को अनुपातमा हुनुपर्ने अडानबाट पछि हट्न तयार देखिए पनि महाधिवेशनपछि दुवै दलको मूल नेतृत्व टुंग्याएर अघि बढ्न खोजेको छ । एमाले नेताहरू भने महाधिवेशनबाट नेतृत्वको हल हुने गरी जान खोजेका छन् ।

माओवादीले ओलीलाई पाँच वर्ष नै सरकारको नेतृत्व गर्न र महाधिवेशनबाट माओवादी अध्यक्ष दाहाललाई अध्यक्षको सुनिश्चितता हुने ग्यारेन्टी गर्न भनेको छ । छलफलमा दाहालले यही लाइनबाट ओलीसामु प्रस्ताव राखेको स्रोतले बतायो । दाहालले दुवै अध्यक्षको अहिले नै महाधिवेशनपश्चात् भूमिका के हुने भन्ने स्पष्ट भएमा ५०÷५० को अनुपात हुने गरी एकता गर्नुपर्ने अडानमा पुनर्विचार हुनेसमेत जनाएका छन् । एमालेका तर्फबाट भने अहिलेलाई दुवै नेता सहअध्यक्षको भूमिकामा जाने र महाधिवेशनबाट टुंगो लगाउने प्रस्ताव छ ।

माओवादीले महाधिवेशनपछि एउटा संगठनको नेतृत्वमा सरकार भए स्वतः अर्को संगठनको नेतृत्वमा पार्टी नेतृत्व हुुनुपर्ने प्रस्ताव गरेको छ । एमाले अध्यक्ष ओलीले यस विषयमा आफू सकारात्मक रहेको तर आफूले मात्रै निर्णय दिन नसकिने जनाएको माओवादी स्रोतले जनायो । ओली र दाहालबीच शुक्रबारको छलफलमा ठोस सहमति हुन नसकेपछि पुनः शनिबार छलफल गर्ने भन्दै प्रधानमन्त्री निवास बालुवाटारबाट छुट्टिएका थिए  ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x