×

NMB BANK
NIC ASIA

कालीगण्डकी करिडोरको निर्माण तीव्र

बैशाख ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पर्वत, ८ वैशाख-  झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ । 

राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको काम तीव्रगतिमा अघि बढेको छ ।

Muktinath Bank

करिडोरअन्तर्गत रानीपानी–फलेवास सडकखण्डको स्तरवृद्धि गर्न चालु आर्थिक वर्षमा रु ३९ करोड बजेट विनियोजन भएपछि निर्माण अघि बढेको छ । उक्त सडकखण्डको काम एक वर्षभित्र नै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । अहिले मार्ग खुलाउने, पहिले खनिएको सडक चक्ल्याउने, तारजाली हाल्ने, नालीसेतु बनाउने, नाली काट्नेलगायत काम भइरहेको आयोजनाले जनाएको छ । 

करिडोरकै अर्को खण्ड छिमेकी जिल्ला बागलुङ हुँदै खनिएपछि ओझेलमा परेको पर्वत खण्डले चालु आवमा आएर पूर्णता पाउने भएको प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो लामो समयको प्रयासपछि उक्त बजेट विनियोजन गर्न सफल भएको बताउँदै उहाँले अब यसलाई सम्पन्न गराएरै छाड्ने दृढता व्यक्त गर्नुभयो । 

यही महिनादेखि निर्माण दु्रतगतिमा भइरहेको गैँडाकोट–राम्दी–मालढुंगा आयोजना आयोजना कार्यालय पाल्पाले जनाएको छ । उक्त करिडोर १० मिटर फराकिलो बनाइनाका साथै घुम्ती तथा ग्रेड सुधार र ह्युम पाइप, नालीसेतु निर्माणजस्ता काम चालु आवभित्रै सक्नेगरी काम भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

सडकको निर्माण गर्ने जिम्मा पाएको महालक्ष्मी सिंह एण्ड ब्रदर्श कम्पनीले जतिसक्दो छिटो सम्झौताबमोजिम काम गर्नेगरी जनशक्ति परिचालन गरिएको जनाएको छ । 

उक्त सडकको हालै प्रदेशमन्त्री लम्सालले शुभारम्भ गर्दै भारतबाट चीनको कोरला नाका जोडिएकाले सो सडक यस क्षेत्रको विकासका लागि मेरुदण्ड भएको बताउनुभयो । करिडोर निर्माणपछि यस क्षेत्रको ग्रामीण भेगका आर्थिकरूपले पछाडि परेका नागरिकको दैनिकीमा थप सुधार हुनाका साथै गरीबी निवारणमा सहयोग पुग्ने मन्त्री लम्सालको भनाइ छ । 

“यो करिडोरले हिन्दूहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ धाम र बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनीलाई पनि सीधा जोड्छ”, मन्त्री लम्सालले भन्नुभयोे, “यसले गर्दा पर्यटक हिँड्ने बाटो भनेको यहीँ हुनेछ ।” स्याङ्जाको मिर्मीदेखि पर्वतको अर्मादीसम्मको कूल ५४ किमी सडकखण्डमध्ये अब झण्डै सात किमी मात्रै खुल्न बाँकी छ ।

Vianet communication
Laxmi Bank

पर्वत खण्ड बागलुङ खण्डभन्दा झण्डै ३० किमी छोटो हुने भएकाले यस क्षेत्रबाट सवारी आवतजावत बढी हुने स्थानीयवासीको विश्वास छ । 

त्यस्तै कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादन, उद्योग स्थापनामा समेत यो करिडोरले टेवा पुर्याउने देखिन्छ । कालीगण्डकी करिडोरको पर्वत खण्डबाट जिल्लाको कुश्मा र फलेवास नगरपालिका तथा बिहादी गाउँपालिकाका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् ।

अलपत्र करिडोरको काम सञ्चालन भएपछि दक्षिण पर्वतको बिहादी गाउँपालिकाका बासिन्दा अझै बढी हर्षित बनेका छन् । बाटो बनेपछि उनीहरु सहजरुपमा सदरमुकाम आवतजावत गर्न सक्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x