×

NMB BANK
NIC ASIA

छोरी पढाउन माधव नेपालले दिएको पैसा चोरिएपछि पीडामा रहिशा

बैशाख ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बर्दिवास, ८ वैशाख- ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको ६ हजार आफू सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफूलाई सम्हाल्न गाह्रो पार्दै भनिन्, “मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ।” 

Sagarmatha Cement
Muktinath Bank

महोत्तरी, औरही नगरपालिका–१ की बासिन्दा खातुनका पति हमिद दर्जीको मृत्युलगत्तै सौतेनी छोराले घरबाट निकालिदिएपछि खातुन बर्दिवास–१ को साझा संस्था भवन अगाडिको फुटपाथमा दुई छोरा र एक छोरीसहित बस्दै आएकी छन् । त्यही फुटपाथमा हिँडिरहने केटाहरूले नेता नेपालले दिएको रकम चोरी दिएपछि रहिशाले सो पीडा भुल्न सकेकी छैनन् । बस्ने सुत्ने कोठा नहुँदा बरण्डामा बस्दै आएको सो परिवारकी अभिभावक रहिशाले फरियाको फेरोमा बाँधेर राखेको पैसा चोरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“नेता नेपालले काखमा राखेर छोरी धेरै पढेर असल मान्छे बन्नू भनेपछि ऊ (शवनम) निकै फूर्तिली बन्दै आएकी थिई”, रहिशाले आज बिहान बस्दै आएको साझा संस्था भवन अगाडिको आँपको रुखमा अडेस लगाएर भनिन्, “उहाँ (माधवकुमार नेपाल)ले दुःखकष्ट खेपेर पनि नानीहरूलाई पढ्न नछुटाउनू भन्नुभयो, “सानो छोरा सद्दाम त धेरै सानो छ, शवनम र जाविर (ठूलो छोरा) चाहिँ नियमित स्कूल गइरहेका छन् ।” 


Advertisment
Nabil box
Kumari

“नेता नेपालले मेरो हातमा दिनुभएको पैसा त शवनम र जाविरले देखिरहेका थिए”, रहिशाले भनिन्, “अहिले आमा, एउटा बिस्कुट ल्याइदिनुस् भन्छन्, मलाई मरेको जुनीझैँ भएको छ ।” त्यति मोटो रकम जिन्दगीमा पहिलो पटक समातेको भए पनि त्यो भोग्न आफ्नो भाग्यमै नरहेको रहिशाको बिलौना छ । रहिशाको सो पीडाबाट बेखबर शवनम भने आज बिदा भएकाले आइतबार स्कूल जाने लुगा धुनुपर्ने भन्दै आमासँग झगडा गर्दै थिइन् । 

Vianet communication
Laxmi Bank

“नाम लेखाएको दिनयता उनलाई स्कूल जान तयार होऊ भन्नु पर्दैनथ्यो”, आफ्नी सात वर्षीया छोरी शवनमको आनिबानीमा आएको परिवर्तनबाट पाएको खुशी तीन दिन नबित्दै खोसिएको बताउँदै रहिशाले भनिन्, “उहाँले दिनुभएको पैसा त चोरेका छन्, उहाँ(नेपाल)ले दिनुभएको माया त मेरो हृदयमै छ, त्यही मायाको बलले नानीहरू पढाउँछु ।” 

गत बुधबार एमाले नेता नेपालले शवनम र बर्दिवास–१४ कै अति विपन्न चमार (सार्की) जातिका चार वर्षीय कृष्ण महरालाई बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा क्रमशः कक्षा १ र बालकक्षामा नामांकन गराउँदै अभिभावकत्व लिएका थिए । नेता नेपालले नामांकनपछि दुवै बालबालिकालाई काखमा राखेर “तिमीहरू पढेर ठूलो र असल मान्छे बन्नुपर्छ”, भनेको कुराले शवनममा पढाइबारे निकै जाँगर पलाएको आमा रहिशा बताउँछिन् । 

“उहाँ (नेता नेपाल)ले तीन वटै नानीहरूलाई पढ्न नछुटाउनू, केही अप्ठ्यारो परे मलाई भन्नू भन्दै फोन नम्बर दिनुभएको छ”, रहिशाले भनिन्, “यसपालि अब माङचाङ गरेर पनि धान्छु, आघौँ नाम लेखाउने बेलामा उहाँलाई सम्झौँला ।” 

मुसलमान समुदायमा लुगा सिउने पेशा अँगाल्ने दर्जी जातकी रहिशा गरीबी र अभावबीच पनि इच्छाशक्ति भने दह्रो भएकी महिला भएकी उनका छोराछोरी पढ्ने राष्ट्रिय आधारभूत विद्यालय बर्दिवास–१४ का प्रअ शिवविक्रम थापाको भनाइ छ । “नेता नेपालले अभिभावकत्व लिँदै म हेर्छु भन्नुभएको छ, थोरतिन विद्यालयबाट हुन सक्ने सहयोग र रेखदेख हामी गर्छौं”, प्रधानाध्यापक थापाले भने, “यिनी (रहिशा) पढाउँछु भन्नेमा दृढ छन्, यिनका नानी पढ्छन् ।” 

नेता नेपालले नै अभिभावकत्व लिएका बर्दिवास–१४ कै रामबाबु र विना महराका छोरा कृष्ण पनि सानै उमेरमा जिज्ञासु देखिएकाले उनको पढाइ पनि राम्रो हुने प्रअ थापाको मूल्यांकन छ । नेता नेपालले गत बुधबार शवनम र कृष्णको पठनपाठन र स्थानीय अभिभावकत्व लिइदिन प्रअ थापालाई आग्रह गर्दै दुवैको पढाइलाई निरन्तरता दिनका लागि अर्थ अभाव हुन आफूले नदिने बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x